लकडाउन जेठ ३२ सम्म ,सरकार द्धारा सेना परिचालन गर्ने निर्णय

स्वास्थ्यसमाचार / सरकारले कोरोना भाइरस रोग संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । साथै हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ सम्म बन्द हुनेछ ।मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठक अगाडि सुरक्षा परिषद् बैठक बसेको थियो । त्यसको सिफारिस अनुसार मन्त्रिपरिषदले निर्णय गरेको हो ।

कोरोना संक्रमणबाट दैलेखमा एक जनाको मृत्यु

स्वास्थ्यसमाचार/ नेपालमा कोरोना भाइरसको कारण थप १ जनाको मृत्यु भएको छ। दैलेख दुल्लु नगरपालिकका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो। दैलेख दुल्लु नगरपालिका ७ स्थित नेपाल विद्युत प्राधिकरणको भवनमा रहेको क्वारेन्टाइनमा रहेका उनको शनिबार मृत्यु भएको हो कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले साँझ जारी गरेको प्रेस विज्ञप्ति अनुसार उनको स्वाब परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो। ‘कोभिड १९ सँग सम्बन्धित लक्षणहरु नभएको तथा आज बिहान ७ बजे एक्कासी ढल्नुभएको र केही समयमा उनको मृत्यु भएको साथै प्रयोगशाला परीक्षणमा नतिजा पोजिटिभ आएको,’ मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख…

कपिलवस्तुमा सात महिने बालकसहित ५२ मा कोरोना संक्रमण

शेरिफ के.सी जीतपुर,१६जेठ(रासस): कपिलवस्तुमा आज नाबालकसहित ५२ नयाँ सङ्क्रमित थपिएका छन् । थपिएकामध्ये ३६ यशोधरा गाउँपालिकाका भएको र बाँकी चार पालिकाको रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोनो फोकल पर्सन कुमार थापाले जानकारी दिनुभयो । सङ्क्रमितमध्ये सातमहिने नाबालक वडा नम्बर ५ को अनिरुथ माविको क्वारेन्टिनमा बसेका थिए । अन्य २२ जना वडा ६ को वासुदेव जनता माविको क्वारेन्टिनमा, चार जना वडा नम्बर ३ को तीर्थधार्मिक माविमा र सात जना वडा नम्बर ७ मा रहेको जनता माविमा रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक ज्योतिप्रकाश दुबेले जानकारी दिनुभयो । जिल्लाको कृष्णनगर नगरपालिकामा आज ११ जनामा…

नर्स तथा स्वास्थ्यकर्मीको सुविधा कटौती नगरियोस : नर्सिङ संघ

स्वास्थ्यसमाचार / नेपाल नर्सिङ संघले निजि तथा सार्वजनिक स्वास्थ्य तथा शैक्षिक संस्थाहरुमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीहरुको तलव कटौती नगर्न माग गरेको छ । संघले विज्ञप्ती निकालेर कोरोना भाइरस रोगको महामारीको रोकथाम र नियन्त्रणका लागि नर्स लगायत स्वास्थ्यकर्मीहरु अहोरात्र खटिरहेको अवस्थामा विभिन्न निजि तथा सार्वजनिक स्वास्थ्य तथा शैक्षिक संस्थाहरुमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीहरुको तलव तथा सेवा सुविधा कटौती गरीरहेको भन्ने खवरप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । निजी तथा सार्वजनिक स्वास्थ्य संस्थाहरुको यस्तो कार्यको घोर भत्सर्ना गर्दै सरकारले तोके बमोजिमको सेवा सुविधा उपलब्ध गराउन संघले माग गरेको छ । सरकारले…

महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता दोब्बर

स्वास्थ्यसमाचार /सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता दोब्बर गरेको छ।अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक २०७७/७८ वर्षको बजेट सार्वजनिक गर्दै सो मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च दोब्बर गरेको जानकारी दिए। सरकार महिला स्वास्थ्य स्वयंसेविकालाई ३ हजार रुपैयाँ यातायात भत्ता दिँदै आएको छ। सरकारले उनीहरुहरुलाई स्वास्थ्य बिमा समेत गराई दिएको छ ।

स्वास्थ्य मन्त्रालयलाई ९० अर्ब ६९ करोड बजेट

स्वास्थ्यसमाचार/आगामी वर्षको बजेट सार्वजनिक भएको छ । यसपटक स्वास्थ्य क्षेत्रको बजेटमा उल्लेख्य वृद्दि गरेको अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणमा उल्लेख गरे। । आर्थिक वर्ष २०७७/७८ का लागि स्वास्थ्यमा ९० अर्ब ६९ करोड विनियोजन गरिएको छ । कोरोना भाइरस रोग रोकथामका लागि ६ अर्ब रकम बिनियोजन गरिएको छ । रोगको उपचार र नियनत्रणमा विशेष प्राथमिकता दिदै स्वास्थ्यमा बजेट ल्याइएको छ । यस्तै नयाँ अस्पताल निर्माणका लागि १४ अर्ब २७ छुट्याइएको छ । चिकित्सक र स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ । काठमाडौंमा ३ सय सैयाको सरुवा रोग अस्पताल निर्माण हुनेछ ।…

नेपालमा कोरोनाका कारण मृत्यु हुने संख्या ५ पुग्यो

स्वास्थ्यसमाचार/ नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ ।ललितपुरको किस्ट हस्पिटलमा ३ दिनअघि बिरामी भएर एक जना बिरामी भर्ना भएका थिए । उनको बुधवार दिउँसो उपचारको क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा सुरज बज्राचार्यले बताए । उनले जेठ ११ गते अस्पताल भर्ना भएका ललितपुरका ५७ वर्षीय पुरुषको लिभरमा समस्या भएपछि उनको दुई दिनअघि स्वाब संकलन गरेर पठाइएकोमा कोरोना पुष्टि भएको बताए । शवलाई शवगृहमा राखिएको र कसरी संस्कार गर्ने भन्ने विषयमा छलफल भइरहेको पनि उनले बताए । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ…

क्वारेन्टाईनलाई व्यवस्थित र मानविय व्यवहार गर्ने ठाउँ बनाउ : प्रदेश सभाषद

स्वास्थ्यसमाचार/ प्रदेश५का प्रदेश सदस्यहरुले प्रदेशमा वनाईएका क्वारेन्टाईनलाई व्यवस्थित र मानविय व्यवहार गर्ने गरि सुव्यवस्थित वनाउन माग गरेका छन। प्रदेश ५ सरकारले प्रदेश सभामा प्रस्तुत गरेको ७७ /७८को नीति तथा कार्यक्रम माथिको छलफल कार्यक्रममा वोल्दै प्रदेश सदस्यहरुले प्रदेशमा वनाईएका क्वारेन्टाईन मानिस मार्ने स्थल हुन नहुनेमा कुरामा जोड दिएका थिए । रोग भोक जितौ मान्छे मार्नवाट रोकौ भन्ने नारालाई नीति तथा कार्यक्रममा समावेश गर्न सभामा बोल्ने माननियहरुले जोड दिएका थिए ।प्रदेश सदस्यहरुले क्वारेन्टाईन जन्ती राख्ने घर सरह भएको गुनासो गर्दे नीति तथा कार्यक्रममा नेचर ,कल्चर र एग्रिकल्चरलाई प्राथमिकता दिन माग गरे । क्वारेन्टाईनलाई…

मैले कोरोनालाई अवसरको रुपमा लिएको छु :अध्यक्ष पोखरेल

स्वास्थ्यसमाचार/ गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्षलाई कोरोना संक्रमण कसरी भयो आफै अन्योल भएको बताएका छन। आफु गाउँपालिकाको कायक्र्रममा जादा सामाजीक दुरी कायम गरेर जाने गरेको बताए । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीमा यस अघि आरडिटी विधिबाट कोरोना परिक्षण गर्दा एकजनामा पोजेटिभ देखिएपछि पीसीआर परिक्षण गरिएको थियो । गाउँपालिका अध्यक्ष भुपाल पोखरेललाई कोरोना संक्रमण पुष्टि भएपछि अध्यक्ष पोख्रेलले बिज्ञप्ति जारी गर्दै नआत्तिन र सतर्कता अपनाउन आग्रह गरेका छन् । आफ्नो सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङको काम भईरहेको भन्दै आफु भने क्वारेन्टाइनमा बस्ने उनले बताएका छन्। मआफै कसरी संक्रमित भए मलाई थाहछैन अध्यक्ष पोखरेलभने सामाजीक…

प्रदेश ५का १२ जिल्ला मध्ये ८ जिल्लामा कोरोना संक्रमण फैलियो

स्वास्थ्यसमाचार /प्रदेश नम्बर ५ को पहाडी जिल्ला अर्घाखाँचीमा पनि कोरोना भाइरसको संक्रमण फैलिएको छ ।जिल्लाको पाणिनी गाउँपालिका –८, पालिको कमला माविको क्वारेन्टाइनमा बसेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको अर्घाखाँची अस्पतालका डाः कपिल गौतमले बताए । संक्रमितहरु केहिदिन अघि भारतबाट आएका थिए । यस अघि प्रदेश ५ को पहाडी जिल्ला गुल्मीमा पहिलो र दोश्रो पटक संक्रमित भेटिएका छन । प्रदेश ५ को ८ जिल्ला बाँके, बर्दिया, दांग, रुपन्देही, कपिलवस्तु, गुल्मी, नवलपरासी पश्चिम जिल्लामा कोरोना संक्रमण फैलिएको छ । अर्घाखाँचीमा २ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ४…