मर्चवारमा क्वारेन्टीन व्यबस्थित गर्न माग गर्दै स्थानीयद्धारा प्रर्दशन

स्वास्थ्यसमाचार/रुपन्देहीको मर्चवार क्षेत्रमा क्वारेन्टीन व्यबस्थित गर्न माग गर्दै स्थानीय बासिन्दाले प्रर्दशन गरेका छन् । कोटहिमाई गाउँपालिका वडा नम्बर ६ बोगडीमा रहेको माध्यमिक बिद्यालयमामा रहेको क्वारेन्टीन व्यबस्थित नभएको भन्दै स्थानीयले बिरोध प्रर्दशन गरेका हुन ।

क्वारेन्टीनको व्यबस्थापनमा खटिएका कर्मचारीको लापरबाहीका कारण जोखिम बढेकाले बिरोध प्रर्दशन गर्नुपरेको स्थानीयले बताएका छन । उनीहरुले पाँच दिन अघि स्थापना गरिएको क्वारेन्टीनलाई व्यबस्थित बनाउन र कर्मचारीको लापरबाही रोक्न गाउपालिका अध्यक्ष चन्द्रभुषण यादबलाई आग्रह गर्दा पनि बेवास्ता गरेको बताएका छन ।

प्रर्दशनमा सहभागीहरुले गाउपालिका अध्यक्ष बिरुद्ध पनि नाराबाजी गरेका थिए । क्वारेन्टीनमा बसेकाहरु साँझपरेपछि घुम्न निस्कने र कर्मचारीहरुले क्वारेन्टीनमा खाना खाएर बाँकी खाना घर लैजाने गरेका कारण जोखिम बढेको स्थानीय सन्दीप त्रिपाटीको भनाई छ ।

क्वारेन्टीनको व्यबस्थापन गर्नको लागि आग्रह गर्दै स्थानीय मझगावा प्रहरि चौकीमा निबेदन दिएपनि सुनुवाई नभएको स्थानीयको आरोप छ ।

सम्बन्धित शिर्षक :