राष्ट्रिय चिकित्सकसंघ द्धारा कोभिडका बिरामीलाई पौस्टिक आहार

स्वास्थ्यसमाचार /नेपाल राष्ट्रिय चिकित्सक संघ लुम्बिनी शाखाले कोरोना विशेष अस्पतालमा उपचाररत बिरामीका लागि स्वास्थ्यबर्धक पौस्टिक खाद्यान्न हस्तान्तरण गरेको छ।

कार्यक्रममा नेपाल राष्ट्रिय चिकित्सक संघ शाखाका अध्यक्ष डा. समीर आचार्य, उपाध्यक्ष डा. प्रकाश बस्नेत, महासचिव डा. सागर न्यौपाने, केन्द्रिय सदस्य डा. प्रशान्त आचार्य र डा. सम्राट पराजुली, लुम्बिनी शाखा केन्द्रिय सदस्य डा. रुद्ध भण्डारीले संयुक्त रुपमा लुम्बिनी प्रादेशिक अस्पताल विकास समिति अध्यक्षसुर्य बहादुर भट्टराई अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाल र स्टोर प्रमुख बबीत बजीमय लाई हस्तान्तरण गरे ।

स्वास्थबर्धक पौस्टिक खाद्यान्न च्यावनप्राश, हर्लिक्स, पौस्टिक झोल आदि हाल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत बिरामीको शिघ्र स्वास्थ्य लाभको कामना सहित नेपाल चिकित्सक संघ लुम्बिनी शाखा कमिटीले प्रदान गरेको हो।

सहायता सामाग्री हर्लिक्स यसोदा फुड प्रोडक्सका प्रबन्धक निर्देशक समाजसेवी नरिश्वर पौडेल ले लुम्बिनी शाखालाई प्रदान गरेका थिए ।स्वास्थ्यबर्धक पौस्टिक खाद्यान्न सामाग्री हस्तान्तरणको संयोजन डा. सम्राट पराजुलीले गरे ।

सम्बन्धित शिर्षक :