एमबीबीएस अध्ययनरत सुगम खनाल १३ दिनदेखि सम्पर्कविहीन

स्वास्थ्यसमाचार/वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत कपिलवस्तुका २२ वर्षीय सुगम खनाल १३ दिनदेखि सम्पर्कविहीन भएका छन्।

खनाल असार २० गते धरानस्थित होस्टलबाट बाहिर निस्किएको र त्यसयता परिवार वा साथीसँग सम्पर्कमा नआएको बताइएको छ। उनी बेपत्ता भएपछि परिवारका सदस्य र विद्यार्थी कल्याण समाजले खोजी कार्यमा सक्रियता जनाएका छन्।

विद्यार्थी कल्याण समाजले सार्वजनिक अपिल जारी गर्दै खनाललाई देखेमा तत्काल जानकारी दिन सबैमा अनुरोध गरेको छ। उनी सम्बन्धी कुनै जानकारी भएमा निम्न फोन नम्बरहरूमा वा नजिकको प्रहरी चौकीमा सम्पर्क गर्न आग्रह गरिएको छ।
९८४७०६३२२८
९८४७२९५५१४
९८४४४२०५३५

सम्बन्धित शिर्षक :