स्वास्थ्यसमाचार/ स्वास्थ्य बीमा योजनाअन्तर्गत अब रुपन्देहीका चार स्वास्थ्य संस्थाबाट सिधैँ सेवा लिन सकिने भएको छ। स्वास्थ्य बीमा बोर्डले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्र, बसन्तपुर प्राथमिक स्वास्थ्य केन्द्र र लुम्बिनी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रथम सेवा विन्दुका रूपमा सूचीकृत गरेको हो।
बोर्डका अनुसार साउन १ गतेदेखि यी संस्थाहरूमा स्वास्थ्य बीमा सेवा उपलब्ध हुनेछ। यस निर्णयसँगै अब बीमितहरूले पहिले जस्तै सिफारिस झन्झटमा नफसी, सिधैँ नजिकको स्वास्थ्य संस्थामा गएर उपचार सेवा लिन सक्ने स्वास्थ्य बीमा बोर्डले जनाएको छ।
प्रतिकया दिनुहोस्