तीजको महत्व र स्वास्थ्य सँगको सम्बन्ध

नेपाली साँस्कृतिक पर्ब हरुको महत्वपुर्ण पर्बका रुपमा हरितालिका तीज नेपाली महिलाहरुको महान पर्बको रुपमा मानिने चाड हो । हिन्दु धर्मग्रन्थका अनुसार सत्य युगमा हिमालय पर्बत र मेनकाकी पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने बरदान पाएकी थिइन ।

पिता हिमालयले पार्बतिको ईच्छा बिपरित बिष्णु संग बिबाह गरिदिन खोजेपछि उनले आप्mनो समस्यालाई संगीहरु संग सुनाई आफुले शिब बाहेक अरुसँग बिबाह नगर्ने अठोट गरेको बिस्तार पछि पार्वतीका साथीहरुले उनलाई हरण गरेर कसैले नदेख्ने ठाँउमा लुकाएर राखिदिए । लुकेर बसेकै ठाउँबाट पार्वतीले निराहार ब्रत बसी महादेवलाई प्राप्त गरेको कुरा बिभिन्न धर्म ग्रन्थ तथा पुराणहरुमा उल्लेख गरेको पाईन्छ ।

पार्वती साथीहरु संग हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको ब्रत लिने प्रचलन शुरु भएको मान्यता छ । हरितालिका तीजको मौलिकता र बास्तबिकता लाई नियालेर हेर्ने हो भने भाद्र शुक्ल द्धितियका दिन दर खाएपछि औपचारीक रुपमा तीज शुरु हुने र भाद्र शुक्ल पञ्चमीको दिन सम्म मनाइन्छ ।

तृतीयाका दिन हरितालिका बर्त चौथीका दिन गणेशको पुजा र पञ्चमीको दिन स्ननागरी दत्तीवल खाई अरुण्धती सहित सप्‍तर्षिको पुजागरी तीज समापन हुने प्रचलन र बास्तबिकता मानिन्थ्यो । माइतीले चेलिबेटी लाई बोलाएर द्धितियाका दिन दर खुवाउने परम्परा मा बास्तबिकता थियो ।

तीजको बर्त स्वास्थ्यको ख्याल गर्दै निराहार बस्ने प्रचलन ले बर्तालुले मिठा मिठा र आडिला परिकार दरका रुपमा खाने र बिशेष गरी माइती घर वा माओलिघर का आफन्त हरुले आफना चेलिबेटी हरुलाई बोलाएर दर खुवाउने परम्परा को बास्तबिकता थियो र यसमा तीजको मौलिकता पाईन्थ्यो ।

महिलाले बर्ष दिन सम्म आफुलाई परेका दुःख पिर र मर्का घरायसी पिडा ब्यक्तिगत पिडा लाई तीजको गीतको लयमा बेदना पोख्ने , तीजका अबसरमा गीतका माध्यम बाट पिर मर्कालाई सार्बजनिक गर्ने जन्मघर बाट कर्मघर गई बस्दा पाएका दुःख पिर मर्का लाई गीतको लयमा बताउने बास्तविक प्रचलन थियो ।

तीजका गीतमा नेपाली लोक साँस्कृतिक झल्काउने संस्कृति जोगाउने र संस्कृतिको जगेर्ना गर्ने भाका गाइन्थ्यो । र यहि बास्तबिकतामा हरितालिका तीजको मौलिकता पाईन्थ्यो । स्वास्थ्यको दृष्टिकोणले पनि एक दिन उपबास बस्नु लाई राम्रै मानिन्छ । किनकी दैनिकी व्यायाम गर्ने ,कहिलेकाँही उपबास बस्ने र सन्तुलित आहार खाने कम्तिमा ६ घन्टा सुत्ने बानीले ब्यक्ति स्वस्थ वा निरोगी बन्छ भन्ने मान्यता छ । बास्तबिकता पनि त्याहीनै रहेको छ ।

तर अहिले पछिल्लो समयमा आएर तीज मनाउने तरिकाले फरक मोड लिएको पाईएको छ । पछिल्ला बर्षहरुमा तीजका नाममा उश्रृन्खलता र तडकभडक बड्दै गएको देखिन्छ । साउने संक्रान्ति देखिनै तीजको दरखाने अभियान सुुरु गर्ने । गरगहना एवंम पोशाक प्रदर्शन गर्ने जस्ता गतिबिधीले तीजको संस्कृतिलाई विकृतिको रुपमा नलैजाला भन्न सकिन्न ।

पछिल्लो समयको फेसन देखाउने खालको तीजको दरखाने र गरगहना प्रदर्शन ,पोशाक प्रदर्शन गर्ने र आफ्नो औकात नहेरी छर छिमेकीको देखासिकी गरी तीज मनाउन लाग्दा एकातिर साँस्कृतिक पर्बको मौकिता हराउने र अर्को तर्फ अबस्था कमजोर भएका हरुलाई रहरको र देखासिकी को दरले पारिवारिक जिबनमा समस्या निम्त्याउने कुरामा कुनै दुईमत छैन । अर्काको लहलहैमा उसले गर्यो म किन नगर्ने भन्ने सोचाइले र तीजको मौलिकता र बास्तबिकता लाई बिर्सीनाले तीजको दरखाने चलन र तीज मनाउने चलन अहिले निकै फरक र मौलिकता बिपरित देखिन थालेको छ ।

बिभिन्न समाचारका माध्यम हरुले ल्याएका समाचार र प्रदर्शन गरेका फोटो फिचरहरु देख्दा तीजमा लगाउने रातो सारी नेपाली मौलिकता झल्किने पोशाक हिन्दु नारीहरूको श्रीमान हरुको दीर्घायुको कामनाको प्रतिक को रुपमा मानिने नारीहरूले प्रयोग गर्ने सिन्दुर ,टिका ,पोते लाई ओझेल पार्दै अलि उत्ताउला खालका पश्चिमेली सांस्कृति झल्काउने पोशाक लगाउने , पुरै शरिर नछोप्ने खालका फरक रंगका पोशाक र महङ्गा खालका गरगहना लगाउने र फरक खालका डिस्को गीत हरुमा नाच्ने र घरायसी उत्पादित खाना र तीजको मौलिकता झल्कने खाना खानुको सट्टा बजारीया होटलका प्याकीङ्ग गरेर ल्याइएका खाध्य परिकारको प्रयोगले एकातर्फ तीजको मौलिकता हराएको आभाष गराएको छ ।

भने अर्को तर्फ यि खानाले स्वास्थ्यमा नकरात्मक प्रभाव पार्ने , साथै पारीबारीक आर्थिक र सामाजिक रुपमै समस्या र नकरात्मकता नआउला भन्न सकिन्न ।त्यसैले हरेक साँस्कृतिक पर्बलाई साँस्कृतिक पर्बको मौलिकता झल्कने र पर्बको बास्तविक अर्थ बुझेर पर्ब मनाऔं । घाँटी हेरेर हाड निलो , एक सालको पर्बमनाईले परिबारका सदस्यको टाउकोमा आर्थिक भार नथुपराऔं ।

छिमेकीको देखासिकी होईन आफ्नोऔकात अनुसार पर्ब मनाऔं । छिमेकीले के भन्ला भनेर वा उसले गर्यो म किन नगर्ने भनेर आफ्नो अबस्था नहेरी कुनैपनि पर्ब नमनाऔँ । साँस्कृतिक पर्ब मनाउँदा बास्तबिकता के हो बुझी पर्बको मौलिकता झल्कने गरी मनाऔं । र ब्रत बस्दा निराहार बस्ने भनेर स्वास्थ्यको ख्याल नगरी नबसौँ ।

आफ्नो शरीर को अबस्था हेरेर स्वास्थ्यलाई मध्यनजर गरेर र साँस्कृतिक पर्बको मौलिकता झल्कने गरेर ब्रत बसौं । प्रतिसप्रदामा हैन स्वतह स्फुर्तरुपमा आफुले र आफ्नो औकात ले धान्न सक्ने गरी र स्वास्थ्यले सहन सक्ने गरी साँस्कृतिक पर्वहरु मनाऔं ।

पर्बलाई मनाउने निहुँमा बिकृति नभित्राऔं , साँस्कृतिक पर्बको बिशाल मौलिकता लाई कोठामा सिमित नगरौं । पर्बलाई केबल फेसबुक र टिकटकमा देखाउन का लागी मात्र पर्ब नमनाऔँ । साँस्कृतिक पर्बले दि नखोजेको बास्तविक अर्थ र पर्बको बास्तविक मौलिकता र यर्थातता लाई नभुलौँ । पाश्चात्य साँस्कृतिको देखासिकी नगरौं ।

आफना पर्बमनाउँदा स्वतह रुपमा आत्मीयता उजागर गर्ने र स्वतह स्फुर्तरुपमा भावुकता आउने गरी पर्ब मनाऔं । र खानपानमा अत्यन्तै ध्यान दिऔं । हरितालिका तीज २०८२ को हार्दिक मंगलमय शुभकामना ।(लेखक पोख्रेल स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी हुन्)

सम्बन्धित शिर्षक :