कपिलबस्तुमा थप १० सहित प्रदेश ५मा कोरोना संक्रमितको संख्या ४०पुग्यो

स्वास्थ्यसमाचार/ नेपालमा थप १० जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्यि जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार १० जनामध्ये ९ जना १८ देखि ३४ वर्षीय पुरुषहरु छन् भने एक जनाको भनेर उमेर खुलेको छैन। संक्रमित दशै जना पुरुषहरु कपिलवस्तुको यशोधरा गाउँपालिका र बुद्धभूमी नगरपालिकाका हुन् । संक्रमित भएकाहरुमा एक जनाको उमेर खुलेको छैन भने बाँकी संक्रमितहरु क्रमशः १८, १९, २० वर्षका २ जना, २४, ३०, ३१ र दुई जना ३४ वर्ष…

अस्पताललाई ओपिडी सेवा सञ्चालन गर्न मन्त्रालयको निर्देशन

स्वास्थ्यसमाचार / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई ओपिडी सेवा सञ्चालन गर्नको लागि निर्देशन दिएको छ । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सबै अस्पतालले ओपिडी सेवा सञ्चालन गर्नेको लागि आग्रह गरे । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण ओपिडी सेवा अवरुद्द भएको छ । धेरै लामो समयदेखि सर्वसाधारणले आवश्यक सेवा बाट बञ्चित भइरहेको भन्दै डा। देवकोटाले संक्रमण रोग नियन्त्रणका सावधानी र सुरक्षा अपनाएर अस्तालहरुमा ओपिडी सेवा सूचारु गर्ने आग्रह गरे । ‘नन कोभिडका बिरामीलाई जनस्वास्थ्यका हिसाबले पाउनु पर्ने सबै सेवाहरु पाउनु पर्ने हुन्छ,‘ डा देवकोटाले भने,‘ संक्रमण रोग…

कोरोना कोषमा व्यवसायी शाक्यद्धारा १० लाख रुपैयाँ जम्मा

स्वास्थ्यसमाचार /व्यवसायी कृष्ण शाक्यले कोरोना रोकथाम तथा उपचार कोषमा १० लाख रुपैंया जम्मा गरेका छ। उनले मुख्यमन्त्री शंकर पोखरेललाई १० लाख रुपैंयाको चेक हस्तान्तरण गरे । भैरहवास्थित तेजभक्त इन्टरनेशनलका सञ्चालक शाक्यले कोरोना महामारीविरुद्ध सबै मिलेर अघि बढ्दा मात्रै सफल हुन सकिने भएकाले आफूले सहयोग गरेको बताए । प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा उपचार कोषमा १४ करोड रुपैंया जम्मा भएको छ । कोषमा प्रदेश सरकारले १० करोड रुपैंया जम्मा गरेको थियो । यो कोषको रकम कोरोना उपचारमा खर्च भइरहेको छ । प्रदेश सरकारले चार वटा कोरोना अस्पताल बनाएर कोरोना…

प्रदेश प्रयोगशाला भैरहवामा किट आए संगै पिसिआर परीक्षण सुरु

स्वास्थ्यसमाचार /प्रादेशीक जनस्वास्थ्य प्रयोशाला भैरहवामा कोरोना परीक्षण गर्नका लागि एक हजार ‘आरएनए एक्स्ट्रयाक्सन’ किट आएको छ । किटको अभाव भएपछि प्रदेश प्रयोगशालामा बैशाख २३ देखि कोरोनाको पिसिआर परीक्षण रोकिएको थियो । सकिएको १ सातापछि एक हजार किट आएको छ । आइतबार देखि परीक्षण सुचारु हुन्छ प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डाक्टर राजेन्द्र गिरी भने ।किट आए संगै पिसिआर परीक्षणको लागि १ सय ९१ जनाको स्वाव संकलन गरिएको छ । रुपन्देहीका ६ पालिकाका क्वारेन्टीनमा रहेकाहरुको शनिबार स्वाव संकलन गरिएको छ । सम्मरीमाईबाट ३१, मर्चवारीबाट ४०, लुम्विनी सास्कृतिकबाट ६२ , कोटहीमाईबाट २६,…

परिक्षणको दायरा बृद्दि गर्नुको अर्को बिकल्प छैन

सरकारले  लकडाउन खुकुलो बनाए संगै बिभिन्न उद्धोग तथा कलकारखानाहरु संचालनमा आउने छन , दैनिक आवश्सक बस्तु हरु ढुवानीमा बृद्दी हुनेछ। निर्माणका सामाग्रीहरु बिना पास ढुवानी गर्न पाउने ब्यबस्था गरे पश्चात माल वाहक सवारी साधनमा उल्लेखनिय रुपमा बृद्दी हुने नै भयो। तर बिभिन्न उद्धोग तथा कलकारखाना हरुमा काम गर्ने मजदुरहरुको आवतजावतमा पुग्ने असर र त्यसको समाधानको बारेमा यथष्ठ कुनै किसिमको प्रावधान भएको पाइएको छैन। हाल लकडाउन अवधिमा पनि सहर बजार सुन्य छैन ,औषधी पसलहरु खुल्ने नै भए, तरकारी पसल , फलफुल पसल ,किराना पसल, एग्रोभेट, बैक तथा बित्तिय संस्थाहरु खुला नै…

बुटवल उपमहानगरमा कोरोनासंगै डेंगू विरुद्धको अभियान सुरु

स्वास्थ्यसमाचार /बुटवलमा कोरोना भाइरस (कोभिड–१९) को महामारीसंगै अब डेंगू रोगका विरुद्ध पनि अभियान सुरु भएको छ ।बुटवल उपमहानगरपालिकाले नगरका १९ वटै वडाहरुमा स्वास्थ्यकर्मी तथा स्वयमसेवकहरुलाई डेंगू रोगको महामारीका विरुद्ध सावधानी र पूर्वतयारीमा केन्द्रित हुन निर्देशन दिएको छ । कोराना महामारीसंगै डेंगूको महामारीको जोखिम समेत बढेको भन्दै समुदाय स्तरमा सुरक्षित तरिकाले सचेतनाका कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको हो । महामारीका बेलामा टोलटोलमा गरिएका राहत वितरण र सचेतनाका अभियानमा खटिएकाहरुलाई नै अब डेंगू रोगका बारेमा पनि सचेत गराउन लगाउने छ । उपमहानगरले स्थानीय विपद् व्यवस्थापन समिति र त्यसमातहका समुदाय स्तरका संयन्त्रलाई महामारीबाट…

तिलोत्तमाले बनायो १० बेडको सुबिधा सम्पन्न आइसोलेसन सेन्टर

स्वास्थ्यसमाचार /मुलुकमा कोरोना संक्रमितको संख्या बढिरहँदा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नै सक्रियतामा आइसोलेसन सेन्टर निर्माण गरेको छ । कोरोना संक्रमणको पूर्वतयारी अन्तर्गत् तिलोत्तमाले शँकरनगर स्वास्थ्य चौकीमा आइसोलेसन सेन्टर निर्माण गरेको हो ।स्वास्थ्य चौकीबाट नियमित प्रवाह हुँदै आएको सेवालाई वडा नं २ को कार्यालयमा स्थान्तरण गरी स्वास्थ्य चौकीलाई आइसोलेसन सेन्टरको रुपमा तयार गरिएको नगर प्रमुख बासुदेव घिमिरेले वताए । आइसोलेसन सेन्टरको लागि एक जना चिकित्सक र एक जना नर्स नियुक्त गरिएको छ ।बुटवल कोरोना अस्पतालका चिकित्सक तथा प्राविधिकको निगरानी र परामर्शको आधारमा आइसोलेसन सेन्टर निर्माण गरिएको स्वास्थ्य चौकी ईञ्चार्ज केशव भट्टराईले वताए…

चोरबाटोबाट नेपाल फर्केका थिए कपिलबस्तुका ५ संक्रमित

स्वास्थ्यसमाचार/ प्रदेश ५मा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । प्रदेश ५ स्वास्थ्य निर्देशनालयका अनुसार वाके २४ रुपन्देही १ र कपिलबस्तुमा ५ गरि कोरोना संक्रमितको संख्या ३० पुगेको जनाएको छ । स्वास्थ्य निर्देशक डा बिनोद कुमार गिरीका अनुसार आज कपिलबस्तुमा थप ३ जनामा संक्रमित भेटीएको बताए ।मायादेवी गाउँपालिकाको छत्रपाली तिर्थादेवी उच्च मा.वि. पकडी स्थित क्वारेण्टाइनमा रहेका ६५ जनाको स्वाव परिक्षणकालागि पठाइएकोमा सबैको रिपोर्ट आउदा ५ जना कोरोना संक्रमित भेटीएको बताए । मायादेवी गाउँपालिका वडा नं. २ का २ जना १६ र २२ बर्षे युवाहरुमा २५ गते विहिवार पोजिटिभ देखिएको थियो…

कोरोना संक्रमितका लागि आयुर्वेदिक औषधिको प्रभाबकारी बन्दै

विराटनगर, वैसाख २६/कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रका कोरोना संक्रमितका लागि आयुर्वेदिक औषधिको प्रयोग बढाइएको छ । आयुर्वेदिक औषधि च्यवनप्रास, अश्वगन्धा र गुर्जो ९गिलाइ० संक्रमितलाई सेवन गराएर रोग प्रतिरोधात्मक क्षमता बृद्धि गराउँने गरिएको हो । आयुर्वेदिक विभागले प्रदेश सरकारलाई उपलब्ध गराएको औषधिहरुलाई कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएका संक्रमितहरुका लागि प्रयोग गरिएको छ । सुरुमा हामीले उहाँहरुको खानपान र स्याहरसँगै आवश्यक पर्दा न्यूनतम एलोपैथ औषधि चलाएका थियौं, कोशी अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डासंगिता मिश्राले भन्नुभयो–पछिल्लो केहि दिनदेखि तीन प्रकारको आयुवेर्दि औषधि समय मिलाएर सेवन गराईरहेका छौं । रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता…

लायन्स क्लव सनसाईनद्धारा लुम्बिनीअस्पताललाई स्वास्थ्य सामाग्री

स्वास्थ्यसमाचार/ लायन्स क्लव अफ बुटबल सनसाईन सहित पाचबटा लायन्स कल्वले लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान गरेका छन। क्लवले आज लुम्बिनी प्रादेशीक अस्पतालका मेसु डा राजेन्द्र खनाललाई स्वास्थ्य सामाग्री हस्तान्तण गरेका छन । लायन्स क्लव अफ बुटबल सनसाईनका कार्यक्रम कोडिनेटर लक्ष्मी ज्ञाबली खनालको नेतृत्वमा आएको टोलीले अस्पताललाई ३ हजार पिस ग्लवस एन ९५ मास्क ३० पिस सेनेटाईजर १५ लिटर र १सय पिस र्सजीकल माक्स हस्तान्तण गरेका हुन । सामाग्री हस्तान्तण कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशीक अस्पतालका मेसु डा राजेन्द्र खनालले कोरोनामहामारीको बेला सबैको सहयोग आबश्य रहेको वताए । आफनो ज्यान जोखीम…