अस्पताललाई ओपिडी सेवा सञ्चालन गर्न मन्त्रालयको निर्देशन

सुरक्षा र सावधानीअपनाएर अस्पतालहरुमा ओपिडी सेवा सञ्चालन गर्नु

स्वास्थ्यसमाचार / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई ओपिडी सेवा सञ्चालन गर्नको लागि निर्देशन दिएको छ । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सबै अस्पतालले ओपिडी सेवा सञ्चालन गर्नेको लागि आग्रह गरे ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण ओपिडी सेवा अवरुद्द भएको छ । धेरै लामो समयदेखि सर्वसाधारणले आवश्यक सेवा बाट बञ्चित भइरहेको भन्दै डा। देवकोटाले संक्रमण रोग नियन्त्रणका सावधानी र सुरक्षा अपनाएर अस्तालहरुमा ओपिडी सेवा सूचारु गर्ने आग्रह गरे ।

‘नन कोभिडका बिरामीलाई जनस्वास्थ्यका हिसाबले पाउनु पर्ने सबै सेवाहरु पाउनु पर्ने हुन्छ,‘ डा देवकोटाले भने,‘ संक्रमण रोग नियन्त्रणका सावधानी र सुरक्षा अपनाएर अस्पतालहरुमा ओपिडी सेवा सञ्चालन गर्नु ।’

अन्य जनस्वास्थ्यका कार्यक्रम पोषण,मातृत्व परिवार नियोजन लगायतका सेवा सूचारु गर्दै सबै स्वास्थ्य सेवा नियमित मन्त्रालयले सबै अस्पताललाई निर्देशन दिएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमित संख्या १ सय १० पुगेको छ भने ३१ जना निको भएर घर फर्किएका छन् । ७९ जना अस्पतालमा उपचारत रहेका मन्त्रालयले जनाएको छ । जसअन्तर्गत विरगञ्जमा २७, विराटनगरमा ३१, रुपन्देहीमा ६, नेपालगञ्जमा २४ र भरतपुरमा १ जना गरी ७९ जना उपचारमा रहेका छन् ।

सम्बन्धित शिर्षक :