चोरबाटोबाट नेपाल फर्केका थिए कपिलबस्तुका ५ संक्रमित

कपिलबस्तुका संक्रमित बुटबलको कोरोना अस्पतालमा ल्याईने

स्वास्थ्यसमाचार/ प्रदेश ५मा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । प्रदेश ५ स्वास्थ्य निर्देशनालयका अनुसार वाके २४ रुपन्देही १ र कपिलबस्तुमा ५ गरि कोरोना संक्रमितको संख्या ३० पुगेको जनाएको छ ।

स्वास्थ्य निर्देशक डा बिनोद कुमार गिरीका अनुसार आज कपिलबस्तुमा थप ३ जनामा संक्रमित भेटीएको बताए ।मायादेवी गाउँपालिकाको छत्रपाली तिर्थादेवी उच्च मा.वि. पकडी स्थित क्वारेण्टाइनमा रहेका ६५ जनाको स्वाव परिक्षणकालागि पठाइएकोमा सबैको रिपोर्ट आउदा ५ जना कोरोना संक्रमित भेटीएको बताए ।

मायादेवी गाउँपालिका वडा नं. २ का २ जना १६ र २२ बर्षे युवाहरुमा २५ गते विहिवार पोजिटिभ देखिएको थियो । भने शनिबार आज २७ गते थप ३ जनाका कोरोना पोजिटिभ देखिएको छ । पोजिटिभ देखिएका ५ जनै युवाहरु भारतको मुम्बई देखि आएको डा गिरीले बताए ।

२ जनालाई शुक्रवार विहान बुटबलको कोरोना विशेष अस्पताल ल्याईसकिएको छ भने ३ जनामा पोजिटिभ देखिकालाई पनि बुटवल ल्याउने तयारी भईरहेको निर्देशक डा गिरीले बताए ।

२३ गते मंगलवार राती १० बजे ती युवाहरु मायादेवी गाउँपालिका वडा नं. ८ हरिवंशापुर र चकारचौडाको बिच खेत बाटो हुदै नेपाल प्रवेश गरेका थिए । नेपाल प्रवेश गरे पछि गाउलेहरुको सहयोगमा घर नगाई बाटोमा खाना खुवाएर पकडी स्थित क्वारेन्टाईनमा पठाईएको वडा अध्यक्ष सर्फुदिन मुसालमानले वताए ।

क्वारेन्टाईनमा राखेको भोली पल्ट पकडी स्थित क्वारेन्टाईनमा रहेको ६५ जनाको स्वाब संकलन गरि राष्ट्रिय प्रयोगशाला टेकु पठाईएको थियो । टेकु पठाईएको ६५ जना सबैको रिपोर्ट आउदाँ ५ जनामा पोजिटिभ देखिएको हो।

पोजिटिभ आएको पाँचै जना भारतको मुम्बईमा संगै काम गर्ने गरेका थिए । उनी संगै नेपाल आएका हुन। नेपाल आए पछि तिनिहरुलाई क्वारेन्टाईन पठाईएको थियो । आज संक्रमण देखिएको ५ जना युवाहरुको कन्टेक्ट ट्रेसिङ्ग गरिने डा गिरीले बताए। उनले सामाजीक बिकास मन्त्रालयको टोली कपिलबस्तु पुगेको बताए ।

डा गिरीले भने दिउसोमा आएका होईनन रातिमा आएकाले समस्या बनाए ।१२ पछि आउछन चोरीबाटो प्रयोगर समस्या भएको बताए । डा गिरीले नेपालगञ्जमा २४ जना र रुपन्देहीमा १ जना गरि ३० जना प्रदेश ५मा पुगेको बताए ।

बुटबलको कोरोना अस्पतालमा बेड थप गर्ने

स्वास्थ्य निर्देशक डा बिनोद कुमार गिरीले बुटबलको कोरोना अस्थायी अस्पतालमा बेड थप गर्ने बताएका छन । अहिले ५० छन अब भोली छलफल गरेर १ सय बनाउने र आबश्यक नपुगे २सय सम्म पुराउने वताए ।

भैरहवामा रहेको भिम अस्पतालमा अहिले कोरोना संक्रमित तत्काल नलैजाने बताएका छन ।अहिले यहि बेड खाली छ अस्पताल छुटै रहेको छ डा गिरीले भने ।नेपालमा भने अहिले सम्म १०९ जनामा कोरोनाभाइरस पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा समीर अधिकारीले नेपालमा १०९ संक्रमण भएको र ३० जना उपचारपछि निकोभएर घर फर्केको बताए ।

सम्बन्धित शिर्षक :