परिक्षणको दायरा बृद्दि गर्नुको अर्को बिकल्प छैन

सरकारले  लकडाउन खुकुलो बनाए संगै बिभिन्न उद्धोग तथा कलकारखानाहरु संचालनमा आउने छन , दैनिक आवश्सक बस्तु हरु ढुवानीमा बृद्दी हुनेछ। निर्माणका सामाग्रीहरु बिना पास ढुवानी गर्न पाउने ब्यबस्था गरे पश्चात माल वाहक सवारी साधनमा उल्लेखनिय रुपमा बृद्दी हुने नै भयो। तर बिभिन्न उद्धोग तथा कलकारखाना हरुमा काम गर्ने मजदुरहरुको आवतजावतमा पुग्ने असर र त्यसको समाधानको बारेमा यथष्ठ कुनै किसिमको प्रावधान भएको पाइएको छैन।

हाल लकडाउन अवधिमा पनि सहर बजार सुन्य छैन ,औषधी पसलहरु खुल्ने नै भए, तरकारी पसल , फलफुल पसल ,किराना पसल, एग्रोभेट, बैक तथा बित्तिय संस्थाहरु खुला नै छन। सो पसल तथा संस्थामा काम गर्नै ब्यक्ति तथा कर्मचारीहरु आवतजावत गर्ने नै भए। अझ दुध तरकारीहरु ठेला तथा बोरामा हालि टोल टोलमा घुम्ने ब्यक्तिको कमि छैन। फुटपाथमा हेर्ने हो भने अरु समयमा भन्दा अझ बढि ब्यक्तिहरु तरकारी फलफुल किनबेच गरिरहेको देख्न सकिन्छ।

२ किलो करेला घिरौला, २ मुठा साग लिएर पनि केहि ब्यक्तिहरु सडकमा बिक्री गर्न आउने गरेको पाइन्छ। जसले गर्दा लकडाउनको सिद्धान्त माथि नै प्रश्न चिन्ह खडा हुन्छ।फुटकर ब्यापारी तथा किसानहरुले उत्पादन गरेका बस्तुहरु कुनै स्थानमा केहि जिम्मेवार ब्यक्ति,फर्म, संस्था वा स्थानिय सरकारले संकलन गरि बिक्री वितरण गर्ने गरेमा सामाजिक दुरी कायम गर्न मद्दत पुग्न सक्छ।

बाटो बाटोमा सवारी साधनहरु माथी स्यानिटाइजर छर्कने काम भइरहेको छ।मेरो विचारमा सो कार्य औपचारिकता को लागि मात्र गरे जस्तो लाग्छ। सवारी साधनको अगाडीको सिसा चम्काउने कार्यका लागि मात्र फाईदा हुने जस्तो लाग्छ। छत, दाँया बाँया, भित्ता तथा टायरहरु सम्म त स्यानिटाइजर पुगेकै हुन्न। सवारी साधनका चालक तथा सहचालक साथै कैयौ राष्ट्र हरुबाट बिभिन्न साधन हुदै ढुवानी गरि ल्याइएका सामाग्रीहरुलाइ कसरी स्यानिटाइज गर्ने भन्ने खासै कुनै जिज्ञाशा तथा धारणा आइपुगेको छैन।

बाटो बाटोमा सवारी साधनहरु माथी छर्कने स्यानिटाइजरमा हुनुपर्ने तत्वहरु को मापदंण्ड बारे अनुगमन गर्ने र जाँच गर्ने बारे खासै कसैलाइ चासो छैन। सो कार्यको मासिक खर्च हिसाव गर्ने हो भने हामीले अनुमाननै नगरेको रकम आउछ। सो खर्चलाइ रुपान्तरण गरि परिक्षणको दायरा बढाउन सकिन्छ।

अझ केहि स्थानमा त प्रतक्ष्य रुपमा मानव शरिर, आँखा तथा अनुहारलाइ नै लक्षित गरि स्यानिटाइजर छर्कने गरेको भिडीयो सामाजिक संजालमा देख्न सकिन्छ। सो कार्यले मानव शरिरलाइ प्रतक्ष्य तथा अप्रतक्ष्य रुपमा हानी अवस्य नै गर्छ।

हाल जुनपरिमाणमा परिक्षण भैरहेको छ यहि तरिकाले परिक्षण गर्दे जाने हो भने कति बर्ष लाग्ला? अवस्था अन्यौल छ।जुन हिसाबले अहिले लकडाउन थपिदै छ साथै परिक्षण गर्ने मापदण्ड कायम गरिएको छ यसले कति दिन महिना वा साललाग्ने हो भन्ने कुरा यकिन गर्न सकिदैन।

आइसोलेसनमा बसेर सन्चो भई फुल माला अबिर लगाइर घर फिर्ता गएकाहरुलाई फेरि संक्रमण देखिनु अर्को चुनौती हो।अब  लकडाउनको बिकल्पको बारेमा पनि सोच्नुपर्ने दिन आउदैछ। सिमा पारी रहि २५ -३० दिन एकान्तवासमा बिताइसकेका हाम्रा देशका नागरिकहरु आफ्नो देश फर्कन आतुर त छननै अझ उताको सरकारले जान आदेश समेत दिईसके पछि समस्या अझ गम्भिर बनेको छ।

विदेशमा भिसाको अवधी सकिएका, गर्भवती अवस्थामा रहेका तथा अति आवस्यक रुपमा आफ्नो देश फर्कन जरुरी भएका ब्यक्तिहरु कैले सरकारले बोलाउछ भनेर हरपल प्रतिक्षामा छन।श्रमजिवी वर्गहरुलाई कामको अभावले गर्दा आफ्नो र परिवारको पेट पाल्न धौ धौ परेको छ।ब्यापारी ब्यावसायीहरुलाई आफ्नो लगानी र चर्को घरभाडाको  चिन्ता छ।

सवारी साधन महिना भर चलाएर बैकको किस्ता तिर्ने यातायात ब्यबसायीहरुलाई किस्ता कसरी तिर्ने भन्ने कुराले पिरोलेको छ। बिभिन्न आयोजना परियोजनाहरु अलपत्रै छन। सरकार आफैलाई आर्थिक संकट निम्तन सक्ने बिषयले स्तब्ध बनाएको छ।

नागरिकले यस्तो अवस्था कैले सम्म थेग्ने?जब सहन नसक्ने अवस्थाको श्रृजना हुन्छ, नागरिकहरु एक छाक पिठो खान बाट बन्चित हुन्छन, जब आफ्ना बाल बच्चाहरुको मुखमा एक छाक खाना पुर्याउनका लागिअसमर्थ हुन्छन तब मृत्यु देखि केहि डर लाग्दैन। कुनै कुराले पनि उनिहरुलाइ रोक्न सक्दैन र नागरिकहरु लकडाउनको अबज्ञा गर्न थाल्छन। यस्तो अवस्था आयो भने सम्हाल्न साह्रै कठिन हुनछ।

त्यसैले अब लकडाउनलाई बढाउने मात्र नभई परिक्षण कार्यलाई तिब्र रुपमा बढाउनु पर्ने समय आयको छ।कम्तिमा एक परिवारमा एक जनामा परिक्षण गर्नका लागि पनि करिव५४२७३०२ वटा नमुना परिक्षण गर्नुपर्ने हुन्छ जुन असम्भव जस्तै छ, सो सम्वभ हुने हो भने बल्ल कोरोनाको बारेमा आकडा तयार पार्न सम्वभ हुन्छ।

प्रत्येक घरधुरीमा परिक्षण गर्न सम्भव नभए पनि अति आवस्यक, सिमा संग जोडिएका, तिब्र गतिमा संक्रमितको संख्या देखा परेका क्षेत्रमा तथा सम्वाभित क्षेत्रहरुमा परिक्षणको दायरा अत्याधिक रुपमा बृद्दि गर्नुको हाललाई अर्को बिकल्प देखिएको छैन।

बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत स्वास्थ्य निर्देशनालय, बुटवलमा कार्यरत छन ।

 

सम्बन्धित शिर्षक :