कपिलबस्तुमा थप १० सहित प्रदेश ५मा कोरोना संक्रमितको संख्या ४०पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या १ सय २० पुग्यो

स्वास्थ्यसमाचार/ नेपालमा थप १० जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्यि जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार १० जनामध्ये ९ जना १८ देखि ३४ वर्षीय पुरुषहरु छन् भने एक जनाको भनेर उमेर खुलेको छैन।

संक्रमित दशै जना पुरुषहरु कपिलवस्तुको यशोधरा गाउँपालिका र बुद्धभूमी नगरपालिकाका हुन् । संक्रमित भएकाहरुमा एक जनाको उमेर खुलेको छैन भने बाँकी संक्रमितहरु क्रमशः १८, १९, २० वर्षका २ जना, २४, ३०, ३१ र दुई जना ३४ वर्ष उमेरका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २० पुगेको छ ।

सम्बन्धित शिर्षक :