कोरोना कोषमा व्यवसायी शाक्यद्धारा १० लाख रुपैयाँ जम्मा

प्रदेश सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा १४ करोड जम्मा

स्वास्थ्यसमाचार /व्यवसायी कृष्ण शाक्यले कोरोना रोकथाम तथा उपचार कोषमा १० लाख रुपैंया जम्मा गरेका छ। उनले मुख्यमन्त्री शंकर पोखरेललाई १० लाख रुपैंयाको चेक हस्तान्तरण गरे ।

भैरहवास्थित तेजभक्त इन्टरनेशनलका सञ्चालक शाक्यले कोरोना महामारीविरुद्ध सबै मिलेर अघि बढ्दा मात्रै सफल हुन सकिने भएकाले आफूले सहयोग गरेको बताए ।

प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा उपचार कोषमा १४ करोड रुपैंया जम्मा भएको छ । कोषमा प्रदेश सरकारले १० करोड रुपैंया जम्मा गरेको थियो । यो कोषको रकम कोरोना उपचारमा खर्च भइरहेको छ ।

प्रदेश सरकारले चार वटा कोरोना अस्पताल बनाएर कोरोना रोगको उपचार गरिरहेको छ ।

सम्बन्धित शिर्षक :