कोरोना संक्रमितका लागि आयुर्वेदिक औषधिको प्रभाबकारी बन्दै

च्यवनप्रास, अश्वगन्धा, गुर्जो खुवाइयो, ७२ वर्षीयाले परास्तले गरे कोरोना

विराटनगर, वैसाख २६/कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रका कोरोना संक्रमितका लागि आयुर्वेदिक औषधिको प्रयोग बढाइएको छ । आयुर्वेदिक औषधि च्यवनप्रास, अश्वगन्धा र गुर्जो ९गिलाइ० संक्रमितलाई सेवन गराएर रोग प्रतिरोधात्मक क्षमता बृद्धि गराउँने गरिएको हो ।

आयुर्वेदिक विभागले प्रदेश सरकारलाई उपलब्ध गराएको औषधिहरुलाई कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएका संक्रमितहरुका लागि प्रयोग गरिएको छ । सुरुमा हामीले उहाँहरुको खानपान र स्याहरसँगै आवश्यक पर्दा न्यूनतम एलोपैथ औषधि चलाएका थियौं, कोशी अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डासंगिता मिश्राले भन्नुभयो–पछिल्लो केहि दिनदेखि तीन प्रकारको आयुवेर्दि औषधि समय मिलाएर सेवन गराईरहेका छौं ।

रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बृद्धि गर्दा संक्रमितहरुले कोरोना भाईरस परास्त गर्न सहज हुने चिकित्सकबीचको निष्कर्षका आधारमा आयुवेर्दिक औषधि सेवन गराउन थालिएको हो । सामाजिक विकास मन्त्रालयले आयुवेर्दिक औषधीलाई समेत सेवन गराउँदा उनीहरुको स्वास्थ्यमा सुधार हुनसक्ने सुझाव चिकित्सकहरुलाई दिइएको हो ।

आयुवेर्दिक औषधिको सेवन गराउन थालेसँगै उदयपुर त्रियुगा नगरपालिका–३ स्थित भुल्केस्थित मस्जिदमा कोरोना संक्रमित हुनु भएका विराटनगर–१७ का ७२ वर्षिया आईमन मियाँ र ६० वर्षिया इजरायल मियाँले समेत कोरोनालाई परास्त गर्न सफल हुनु भएको छ । उहाँहरु शुक्रबार अन्यसँगै अस्पतालबाट डिस्चार्ज हुनु भएको छ ।

उमेरका कारण समस्या हुन्छ भनेर चिन्तामा थियौं, डा।मिश्राले भन्नुभयो–उहाँले नै सजिलै पराजित गरिदिनु भएपछि अझै आत्माबल बढेको छ । अस्पतालमा उदयपुर त्रियुगा नगरपालिका–३ भुल्केबाट बैशाख ८ र ९ गते भर्ना गरिएका संक्रमितहरुको शुक्रबार डिस्चार्ज गरिएको हो । जसमध्ये पाँचजना भुल्केस्थित स्थानीयवासी र तीनजना भुल्केस्थित मस्जिदमा बस्नेहरु रहनु भएको डा।मिश्राले जानकारी दिनुभयो । मस्जिदमा बस्नेहरुमध्ये एकजना भारतीय नागरिक र दुईजना विराटनगर–१७ निवासी रहनु भएको छ ।

दोस्रो पटकको परीक्षणमा २० वर्षीय आजाद आलम, १८ वर्षिय मोइमरान अहमद, १८ वर्षिय परवेज आलम, ४१ वर्षिय मुख्तार मियाँ, ५५ वर्षिया महिला रोशन ठाकुरमा कोरोना भाईरस नेगेटिभ देखिएको थियो । यसैगरी मस्जिदमा रहनु हुनेमध्ये ७२ वर्षिया आईमन मियाँ, ६० वर्षिय इजरायल मिया र २४ वर्षिय भारतीय नागरिक मोआदिरमा पनि नेगेटिभ देखिपछि डिस्चार्ज गरिएको छ ।

डिस्चार्ज गरिएकाध्ये ५५ वर्षिया महिला रोशन ठाकुरलाई उदयपुरमै क्वारेन्टीनमा राखिने भएको छ । त्यस बाहेक अन्यका हकमा तत्काल रानीस्थित मस्जिदमा राखिएको छ ।संक्रमणलाई जितेका उदयपुरवासी नागरिकले आफ्नो घरमै फर्कन चाहेपनि मापदण्ड अनुसारको क्वारेन्टीन व्यवस्थापन घरमा नहुने भएकोले तत्काललाई सरकारले तोकेकै स्थानमा राखिने भएको हो ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले अस्पतालबाट डिस्चार्ज गरिएका सबै नागरिकलाई क्वारेन्टाइनमा राख्न नसकिने भएपनि घरमा बस्दा परिवारमा समस्या हुने आर्थिक अवस्थाको वातावरण भएका नागरिकलाई मापदण्ड अनुसारनै सरकारको क्वारेन्टाइनमा राखिने बताउनुभयो ।

उदयपुरबाट अस्पतालमा भर्ना गरिएका २८ जनामध्ये हालसम्म १४ जनाले कोरोना परास्त गरिसक्नु भएको छ । यस अगाडी पाँचजना भारतीय नागरिकसहित एकजना नेपाली नागरिकलाई गत बुधबार डिस्चार्ज गरिएको थियो । अस्पतालमा अब उदयपुरका १४ जनासहित झापाका २ र भोजपुरका १ जनाको उपचार भईरहेको छ । मेसु मिश्राका अनुसार अन्तिम भर्ना गरिएका चारजनाको पहिलो स्वाब संकलन गरिसकिएको छ ।गोरखापत्रवाट लिईएको हो ।

सम्बन्धित शिर्षक :