लायन्स क्लव सनसाईनद्धारा लुम्बिनीअस्पताललाई स्वास्थ्य सामाग्री

लायन्स क्लव अफ सनसाईन, सयपत्रि ,मखमली, युथ ,रुपन्देही को सहकार्यमा

स्वास्थ्यसमाचार/ लायन्स क्लव अफ बुटबल सनसाईन सहित पाचबटा लायन्स कल्वले लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान गरेका छन। क्लवले आज लुम्बिनी प्रादेशीक अस्पतालका मेसु डा राजेन्द्र खनाललाई स्वास्थ्य सामाग्री हस्तान्तण गरेका छन ।

लायन्स क्लव अफ बुटबल सनसाईनका कार्यक्रम कोडिनेटर लक्ष्मी ज्ञाबली खनालको नेतृत्वमा आएको टोलीले अस्पताललाई ३ हजार पिस ग्लवस एन ९५ मास्क ३० पिस सेनेटाईजर १५ लिटर र १सय पिस र्सजीकल माक्स हस्तान्तण गरेका हुन ।

सामाग्री हस्तान्तण कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशीक अस्पतालका मेसु डा राजेन्द्र खनालले कोरोनामहामारीको बेला सबैको सहयोग आबश्य रहेको वताए । आफनो ज्यान जोखीम मोलेर काम गर्न स्वास्थ्यकर्मिको लागी यो सामाग्री महत्वपुर्ण रहेको खनालले बताए ।

लायन्स क्लव अफ बुटबल सनसाईन, लायन्स क्लव अफ लालिगुरास, लायन्स क्लव अफ सयपत्रि लायन्स क्लव अफ मखमलि लायन्स क्लव अफ बुटबल युथ, लायन्स क्लव अफ बुटबल रुपन्देहीले सहयोग गरेको लायन्स क्लव अफ बुटबल सनसाईनका कोडिनेटर लक्ष्मी ज्ञाबली खनालले बताईन ।

स्वास्थ्यसमाग्री हस्तान्त्रण कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सुर्य बहादुर भटराई अस्पतालका कर्मचारी लायन्सका पदाधिकारीहरुको सहभागी रहेको थियो ।

सम्बन्धित शिर्षक :