प्रदेश प्रयोगशाला भैरहवामा किट आए संगै पिसिआर परीक्षण सुरु

किट आए संगै पिसिआर परीक्षणको लागि १ सय ९१ जनाको स्वाव संकलन

स्वास्थ्यसमाचार /प्रादेशीक जनस्वास्थ्य प्रयोशाला भैरहवामा कोरोना परीक्षण गर्नका लागि एक हजार ‘आरएनए एक्स्ट्रयाक्सन’ किट आएको छ ।
किटको अभाव भएपछि प्रदेश प्रयोगशालामा बैशाख २३ देखि कोरोनाको पिसिआर परीक्षण रोकिएको थियो । सकिएको १ सातापछि एक हजार किट आएको छ ।

आइतबार देखि परीक्षण सुचारु हुन्छ प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डाक्टर राजेन्द्र गिरी भने ।किट आए संगै पिसिआर परीक्षणको लागि १ सय ९१ जनाको स्वाव संकलन गरिएको छ । रुपन्देहीका ६ पालिकाका क्वारेन्टीनमा रहेकाहरुको शनिबार स्वाव संकलन गरिएको छ ।

सम्मरीमाईबाट ३१, मर्चवारीबाट ४०, लुम्विनी सास्कृतिकबाट ६२ , कोटहीमाईबाट २६, रोहिणीबाट १५ र ओमसतियाबाट १७ जनाको स्वाव संलकन भएको हो । उनीहरु सबै भारतबाट आएका रुपन्देहीबासी हुन । संकलन भएको स्वाब मध्ये १ सय ७४ जनाको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको छ । १७ जनाको स्वावको परीक्षण प्रादेशिक प्रयोगशालामा हुनेछ ।

आज पनि स्वावको नमुना संकलन गरिनेछ । बुटवलको कोरोना बिशेष अस्पतालमा कपिलबस्तुका ५ जना र रुपन्देहीका १ जना गरी ६ जनाको उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अबस्था राम्रो रहेको कोरोना बिशेष फोकल पर्सन डाक्टर सुर्दशन थापाले जानकारी दिए ।

सम्बन्धित शिर्षक :