स्वास्थ्य बीमा बोर्डको निर्देशन: औषधि र सेवाहरू न्यूनतम दरमै दाबी गर्नुपर्ने

स्वास्थ्यसमाचार/ स्वास्थ्य बीमा बोर्डले औषधि तथा स्वास्थ्यजन्य सामग्रीहरुको न्यून दररेट मात्र दाबी गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ।

बोर्ड र सेवा प्रदायक स्वास्थ्य संस्थाहरुको दररेटमध्ये जुन न्यून छ सोही दररेट मात्र दाबी गर्न बोर्डले निर्देशन दिएको हो। पुस २४ को बोर्डको निर्णय अनुसार स्वास्थ्य बीमा व्यवस्थापन सूचना प्रणालीमा संस्थाहरुले ‘आइटम तथा सर्भिसेस’ को न्यूनतम दाबी गर्न छुट्टै महल थप गरिएको बोर्डले जनाएको छ।

यो व्यवस्था फागुन १ गतेबाट अनिवार्य रुपमा कार्यान्वयन गर्न सबै सेवा प्रदायक संस्थाहरुलाई बोर्डको निर्देशन छ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :