रुपन्देही जिल्लामा ९९ प्रतिशत किशोरीले लगाए एचपिभी खोप

स्वास्थ्यसमाचार / रुपन्देहीमा ९९ प्रतिशत किशोरीले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाएका छन्।
जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले दिइको तथ्याक अनुसार जिल्लाभर १२ हजार २१८ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएकोमा १२ हजार २०६ जनाले खोप लगाएका छन्, जसले समग्र प्रगति लगभग ९९ प्रतिशतसम्म पु¥याएको छ।

विशेष गरी केही पालिकाले आफ्नो लक्ष्य भन्दा बढी प्रगति गर्दै अभियानलाई सफलता दिलाएका छन्। तिलोत्तमा  (१०३%), लुम्बिनी सांस्कृतिक नगरपालिका (१०४%), सिद्धार्थनगर नगरपालिका (१०२%), कोटहीमाई गाउँपालिका (१०५%), मायादेवी गाउँपालिका (१०९%), रोहिणी गाउँपालिका (१०३%), सम्मरीमाई गाउँपालिका (१२४%) र गैडहवा गाउँपालिका (१०८%) ले उल्लेखनीय प्रगति देखिएको छ ।

यस्तै सम्मरीमाई गाउँपालिकाले ५५८ को लक्ष्यमा ६९२ किशोरीलाई खोप लगाउँदै १२४ प्रतिशत प्रगति हासिल गरेको छ। लक्ष्य नजिक पुगेका पालिकामा बुटवल उपमहानगरपालिका (९३%), सियारी गाउँपालिका (९८%), सुद्धोधन गाउँपालिका (९८%), कञ्चन गाउँपालिका (९६%), मर्चवारी गाउँपालिका (९९%), सैनामैना नगरपालिका (९८%) र ओमसतिया गाउँपालिका (१००%) पर्दछन्। तर, देवदह नगरपालिकामा ६८५ को लक्ष्यमा ५२३ जनाले मात्र खोप लगाएका छन्, जसले ७६ प्रतिशत प्रगति रहेको तथ्याकमा उल्लेख गरिएको छ ।

खोप अभियान विद्यालय तथा स्वास्थ्य संस्थामा केन्द्रित भएको थियो। स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाको सक्रिय सहभागिताले अभिभावक र समुदायमा जनचेतना बढाउन मद्दत गरेको स्वास्थ्य कार्यालयले जनाएको छ। चिकित्सकहरूले भनेका छन् कि किशोरी अवस्थामै खोप लगाउँदा भविष्यमा पाठेघरको क्यान्सरको जोखिम उल्लेख्य घट्छ।

अभियानको चुनौती भने केही विद्यालय बाहिर रहेका किशोरी, अभिभावकको भ्रम र पहुँच समस्या रहेकाले केही पालिकामा लक्ष्यभन्दा कम प्रगति हुनु हो।

स्वास्थ्य कार्यालयले आगामी चरणमा छुटेका किशोरीलाई समेट्न ‘क्याच–अप’ अभियान सञ्चालन गर्ने तयारी गरिरहेको छ।
रुपन्देहीमा सञ्चालन गरिएको पाठेघरको क्यान्सरविरुद्धको खोप अभियान सन्तोषजनक रहेकोे छ। विशेषज्ञहरूले भविष्यमा यसले महिलाको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन्।

 

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :