काठमान्डौ / विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू महेन्द्र प्रसाद यादव, रामचन्द्र ढकाल, कृष्ण प्रसाद तिमिल्सिना र परमेश्वर यादव, तत्कालीन लेखा अधिकृत प्रकाश गौतम, लेखापाल तुलसीराम पौडेल र लेखा सहायक गिरिराज गौतमलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको मायादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र लेखाका कर्मचारीसहित ७ जना विरुद्ध स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न भनी लिएको पेश्की रकम काम सम्पन्न नगरी र बिल भरपाई पेस नगरी हिनामिना गरेको भन्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।
यादवले आर्थिक वर्ष २०७५/७६ देखि २०७८/७९ सम्म पटक–पटक लिएको पेस्कीमध्ये ४६ लाख ७ हजार तीन सय रकम बराबरको बिल भरपाई पेस नगरी र सो रकम फिर्ता नगरी सरकारी सम्पत्ति हिनामिना गरेको अभियोग थियो ।
पुरानो पेश्की फर्छ्यौट नभएको अवस्थामा पनि नियम विपरीत थप पेश्की दिने र आपसी मिलेमतोमा सरकारी रकम हिनामिना गर्न सहयोग गरेको आरोपमा आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू रामचन्द्र ढकाल, कृष्ण प्रसाद तिमिल्सिना र परमेश्वर यादव विरुद्ध पनि मुद्दा दायर गरेको थियो ।

प्रतिकया दिनुहोस्