स्वास्थ्यसमाचार/ आसन्न निर्वाचनलाई लक्षित गरी नेपाली काँग्रेसले आज जनकपुरमा प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ । अघिल्ला निर्वाचनहरुमा लामो लामो प्रतिज्ञापत्र ल्याउने काँग्रेसले पनि यसपटक सम्छिप्त रुपमा प्रतिवद्धता पत्र तयार पारी सार्वजनिक गरेको छ ।
काँग्रेस सभापति गगनकुमार थापाले सार्वजनिक गरेको प्रतिज्ञापत्रमा आगामी पाँच वर्षका लागि पार्टीले लिने नीति तय गरिएको छ । १० भिजन भनेर दिईएको प्रतिज्ञा पत्रको पाँचौँ नम्बर बुँदामा स्वास्थ्यको विषय समेत अटाएको छ ।
‘ओखती र ओत दिने नेपाल’ राखिएको १० भिजनको पाँचौँ नम्बर बुँदामा भनिएको छ, ‘हाम्रो परिकल्पनाको नेपाल गर्भावस्था देखि बृद्धावस्थासम्म नै नागरिकको स्वास्थ्यप्रति राज्य संवेदनशील र जिम्मेवार हुनेछ । परिवारमा कसैलाई रोग लागिहाले कसरी उपचार गर्ने र अस्पतालको शुल्क कसरी तिर्ने भन्ने डरबाट नागरिक मुक्त हुनेछन् ।’
उक्त बुँदाको अगाडी भनिएको छ , ‘स्वास्थ्य सेवा राज्यले गर्ने परोपकार होईन, उपचार नागरिकको मौलिक अधिकार भन्ने मान्यताका आधारमा हरेक नेपालीलाई औषधी र अस्पतालको ओत दिनु राज्यको प्रमुख कर्तव्य हुनेछ । विकसित देशको स्तरको उन्नत स्वास्थ्य बीमा प्रणालीमार्फत राज्यले यो जिम्मेवारी पुरा गर्नेछ ।’
हेरौँ नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा रहेका स्वास्थ्यका विषयहरुः
ओखती र ओत दिने नेपाल : हाम्रो परिकल्पनाको नेपालमा गर्भावस्थादेखि वृद्धावस्थासम्म नै नागरिकको स्वास्थ्यप्रति राज्य संवेदनशील र जिम्मेवार हुनेछ। परिवारमा कसैलाई रोग लागिहाले कसरी उपचार गर्ने र अस्पतालको शुल्क कसरी तिर्ने भन्ने डरबाट नागरिकहरु मुक्त हुनेछन्।
स्वास्थ्य सेवा राज्यले गर्ने परोपकार होइन, उपचार नागरिकको मौलिक अधिकार भन्ने मान्यताका आधारमा हरेक नेपालीलाई औषधि र अस्पतालको ओत दिनु राज्यको प्रमुख कर्तव्य हुनेछ। विकसित देशको स्तरको उन्नत स्वास्थ्य बीमा प्रणाली मार्फत राज्यले यो जिम्मेवारी पुरा गर्नेछ।
यस्ता छन् भिजन-१०
१ कांग्रेसको भएर बाँच्ने नेपाल
२ सपना देख्न सक्ने नेपाल
३ सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल
४ पेटभरी खुवाउने, देशलाई चिनाउने किसानको नेपाल
५ ओखती र ओत दिने नेपाल
६ छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल
७ बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल
८ भौलिकतामा गर्व गर्न सक्ने आधुनिक नेपाल
९ विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल
१० समुन्नतिमा लम्कने नेपाल

प्रतिकया दिनुहोस्