स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेश सरकारले क्यान्सर, मिर्गौला तथा मुटु रोगका विरामीहरुलाई २ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आज बसेको नयाँ गठित मन्त्रीपरिषदको पहिलो बैठकले क्यान्सर, मिर्गौला तथा मुटु रोगका विरामीहरुलाई २ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए । बैठकले कोरोना हटलाईन एम्बुलेन्स सञ्चालन गर्ने तथा कोरोनाको एन्टिजोन परीक्षणको लागि घुम्ती शिवीर सञ्चालन गर्ने निर्णय गरेको छ । यस्तै खोपलाई प्रभावकारी बनाउने पनि निर्णय गरेको छ । बैठकले प्रदेश नं. ५ प्रदेश सरकार (कार्यसम्पादन पहिलो संशोधन) नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको खड्काले बताए…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
काँग्रेस बुटबल उपमहानगर द्वारा खयरघारी बस्तीमा मास्क वितरण
स्वास्थ्यसमाचार / बुटवल उपमहानगरपालिका वडा नं ६ को खयरघारी बस्तीमा नेपाली काँग्रेसले मास्क वितरण गरेको छ । कोरोना भाईरस संक्रम रोकथाम तथा नियन्त्रणको लागि सरकारले राष्ट्रिय मास्क अभियान सञ्चालन सञ्चालन गरिरहँदा नेपाली काँग्रेस बुटवल ६ वडा समितिले वडाको (सुन्दरनगर) खयरघारी बस्तीमा मास्क वितरण गरेको हो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले कोरोनाबाट बच्नको लागि बसैलाई मास्कको प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न आग्रह गरे । । वडाकी कार्यवाहक सभापति कृष्णकला भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस बुटवल नगर सभापति खेलराज पाण्डे, महासमिति सदस्य बालकुमारी भण्डारी, नेपाल…
लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण
स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताललाई आड्रा नेपालले स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । बुधबार अस्पताल परिसरका सो संस्थाले अस्पताल व्यवस्थापन समितिलाई ती सामग्री हस्तान्तरण गरेको हो । अष्टे«लियन एडको सहयोगमा आड्राले पीपीई १ हजार सेट, गुल्कोमिटर १० पिस, गुल्कोमिटर स्ट्पि ३ सय पिस, अक्सिजन कन्सेन्टर ५, एन ९५ मास्क १ हजार प्याकेट, सेनिटाइजर १ सय बोतल, मेडिकल मास्क ५ हजार तथा ग्लोब्स, भाइटल मनिटर अस्पताललाई सहयोग गरिएको हो । सो संस्थाका धर्म रोकायले महामारीको समयमा संस्थाले स्वास्थ्य संस्थालाई थप सहयोग पुराउनका लागि सहयोग गरिएको बताए ।आड्राले उपलब्ध गराएका ती सामग्री बुझ्दै…
रुपन्देहीका नर्सिङ कलेजलाई नयाँ विद्यार्थी भर्ना लिन मापदन्ड पुगेन
स्वास्थ्यसमाचार /रुपन्देहीमा संञ्चालित ९ बटा नर्सिङ कलेजले यो शैक्षिक सत्रबाट नयाँ विद्यार्थी भर्ना लिन नपाउने भएका छन् । आफ्नै अस्पताल हुनुपर्ने चिकित्सा शिक्षा ऐनको बाध्यकारी व्यवस्थाका कारण रुपन्देहीमा ९ सहित नेपालमा एक सयभन्दा धेरै नर्सिङ कलेज बन्द हुने अवस्थामा पुगेका छन् । बुटबलमा संञ्चालन भएको संञ्जीबनीे नर्सिङको कक्षा चलाउन थालेको १९ वर्ष भयो । उसले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीको सम्बन्धनमा प्रवीणता प्रमाणपत्र तह र पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा स्नातक तहमा नर्सिङ कक्षा सञ्चालन गर्दै आएको छ । तर कलेजसँग आफ्नै अस्पताल छैन । जसका कारण उसले अब यी…
लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनाल हटाईए
स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा राजेन्द्र खनाललाई सरकारले पदबाट हटाएको छ । आज बसको लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्को बैठकले मेसु खनाललाई रेडियोलोजी डिपार्टमेण्टमा सार्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्का निर्णयहरु सुनाउँदै सरकारका प्रवक्ता बैजनाथ चौधरीले डा खनाललाई रेडियोलोजी डिपार्टमेण्टमा सारिएको जानकारी दिए ।गत केहि दिन अघि बाटै एमालेका नेता तथा स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठले अस्पतालका मेसु लाई हटाउन प्रदेश सरकारलाई शिफारीस गरेका थिए । प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट लुम्बिनी प्रादेशिक अस्पतालको मेसु परिवर्तन गर्ने सिफारीस मन्त्रालयबाट नगएको मन्त्रालयलले जनाएको छ । मन्त्रालयका कर्मचारी प्रशासनका शाखा अधिकृत संञय…
रुपन्देही उद्योग संघद्वारा मास्क वितरण ,सबैलाई सचेत रहन आग्रह
स्वास्थ्यसमाचार /रुपन्देही उद्योग संघले No Mask No Movement अभियान अन्तर्गत २० हजार थान सर्जिकल मास्क वितरण गरेको छ ।संघले कोरोना भाइरससँग जोगिन अनिवार्य मास्क लगाउन अनुरोध गर्दै बुटवलको अस्पताल लाइनमा सचेतना कार्यक्रमको आयोजना गरी मास्क वितरण कार्यक्रम सम्पन्न गरेको हो । वितरण समारोहमा बोल्नुहुँदै संघका अध्यक्ष बाबुराम बोहोराले हामी सबै नागरिकहरु हातेमालो गरी कोरोनासँग जुधेर देशको अर्थतन्त्र बचाईराख्न र जनजीवनलाई सुरक्षित बनाउन सचेत हुनुपर्नै बताए।उनले कोरानासँग बच्न मास्क लगाउन अपरिहार्य रहेको बताउनुहुँदै संघले मास्क वितरण अभियानलाई पुनः संचालन गरेको वताए । संघद्वारा २०७६ फागुन १ गते मास्क वितरण अभियान…
लुम्बिनी प्रादेशिक अस्पताल भित्र ब्लड बैंक स्थापना हुने
स्वास्थ्यसमाचार / रुपन्देही व्यापार संघको लगानी तथा लुम्बिनी प्रादेशिक अस्पतालको प्राविधिक एवं भौतिक व्यवस्थानमा प्रादेशिक अस्पतालमा रक्तसंञ्चार केन्द्र (ब्लड बैंक) स्थापना हुने भएको छ । मंगलवार ब्लड बैंक स्थापनाका लागि लुम्बिनी प्रादेशिक अस्पताल र रुपन्देही व्यापार संघवीच संस्थागत रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । ब्लड बैंक स्थापनाका लागि १० बुँदे सम्झौता पत्रमा लुम्बिनी प्रादेशिक अस्पतालकातर्फबाट अध्यक्ष सुर्य बहादुर भट्टराई, सदस्य रिज्जु श्रेष्ठ र मेसु डा. राजेन्द्र खनाल तथा रुपन्देही ब्यापार संघकातर्फबाट अध्यक्ष यमलाल लोहनी, महासचिव दयानीध भण्डारी र कोषाध्यक्ष दिपक अधिकारीले हस्ताक्षर गरे । सम्झौता पत्रमा अस्पतालको हाताभित्र स्थापना हुने…
कोभिसिल्डको दोस्रो मात्रा पर्खिरहेका रुपन्देहीका ३७ हजारलाई साउन ३२गते बाट एस्ट्राजेनका खोप लगाईने
स्वास्थ्यसमाचार / कोभिसिल्डको दोस्रो मात्रा पर्खिरहेकालाई रुपन्देहीका नागरिकलाई साउन ३२ वाट एस्ट्राजेनका खोप लगाइँने भएको छ। चैतमा कोभिसिल्डको पहिलो मात्रा लगाई बसेका ६५ वर्ष माथिका ज्येष्ठ नागरिक र अन्य गरी करिब १४ लाख व्यक्तिलाई जापान र भुटानले उपलब्ध गराएको खोप एस्ट्राजेनका लगाउन लागिएको हो। चैतमा अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिडसिल्ड खोपको पहिलो मात्रा लगाइएको थियो। दोस्रो मात्रा १२ सातामा लगाउनुपर्ने भएपनि भारतले खरिद गरेको खोप उपलब्ध नगराएपछि दोस्रो मात्रा डोज लगाउन ढिलाई भएको हो। सरकारले दोस्रो मात्रा लगाई बाँकी रहेको खोप वैदेशिक रोजगारी, अध्ययन र…
कोरोनाको तेस्रो लहरको संकेत देखियो, सतर्क रहौं : प्रधानमन्त्री देउवा
स्वास्थ्यसमाचार / प्रधानमन्त्री शेरबहादुर देउवाले महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबैले हातेमालो गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् भिडिओ सन्देश जारी गर्दै सरकारको एक्लो प्रयासले मात्र कोरोना महामारीसँग लड्न सम्भव नभएको भन्दै सबै मिलेर कोरोना नियन्त्रणमा अगाडि बढ्नु पर्ने बताएका हुन् । कोरोना महामारीको तेस्रो लहरका लक्षणहरु देखिन थालेको भन्दै प्रधानमन्त्री देउवाले सबै मिलेरमात्रै महामारीलाई तह लगाउन सकिने उल्लेख गरेका छन् । महामारी नियन्त्रणको सबैभन्दा प्रभावकारी अस्त्र खोप भएको भन्दै प्रधानमन्त्री देउवाले खोप लगाउन जाँदा सामाजिक दूरी कायम गरी लाइनमा बस्न पनि…
जापानबाट ५ लाख डोज अष्ट्राजेनेकाको खोप काठमाडौं आइपुग्यो
स्वास्थ्यसमाचार / जापान सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको मध्ये ५ लाख डोज अस्ट्राजेनेकाको खोप नेपाल आइपुगेको छ ।शनिबार विहान ५ लाख डोज खोप नेपाल आइपुगेको हो । जापान सरकारले नेपाललाई १६ लाख डोज अस्ट्राजेनेकाको खोप अनुदानमा दिनेछ । जसमध्ये आइतबार ३ लाख डोज खोप आउने छ ।बाँकी खोप भने जापान सरकारले एक हप्तापछि नेपाललाई उपलब्ध गराउने तयारी छ । उक्त खोप कोभिशिल्ड खोपको पहिलो डोज लगाएर बसेका नागरिकलाई दिइनेछ । मन्त्रालयका अनुसार यो खोपको प्राथमिकताको सूचीमा ६५ वर्षमाथिका कोभिशिल्डको पहिलो डोज लगाएका नागरिकहरु छन् । आइतबारबाट नै उनीहरुलाई दोस्रो डोज…