स्वास्थ्यसमाचार /रुपन्देही क्षेत्र न २ (२) मा सत्ता गठबन्धनका आबद्ध दलहरूले संयुक्त चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । निर्वाचन क्षेत्रभित्रका सबै नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन।उनीहरुले जनस्वास्थ्य, ५ वर्षमुनिका बालबालिका र ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने र सबैलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने भनिएको छ । यस्ता छन जनस्वास्थ्यतर्फ :– प्राकृतिक चिकित्सालय सेवा केन्द्रको रुपमा बिकास गर्ने निशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने । लुम्बिनी प्रादेशिक अस्पताललाई हेलिप्याड सहित आधुनिक मेडिकल कलेज बनाउने र बिरामि कुरुवालाई छुटै आवासको व्यबस्था…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
एमाले ५को योजना :लुम्बिनीमा एक सय शैंयाको अत्याधुनिक अस्पताल
स्वास्थ्यसमाचार/ एमालेले रुपन्देहीको क्षेत्र नं ५ मा कम्तिमा एक सय शैंयाको अत्याधुनिक सुविधासम्पन्न अस्पताल निर्माण गर्ने योजना अघि सारेको छ । आफ्नो क्षेत्रमा सुविधासम्पन्न अस्पताल नहुँदा यहाँका बासिन्दाले सहज स्वास्थ्य सेवा पाउन नसकिरहेको अवस्थामा एमालेले लुम्बिनी आसपासमा सुविधासम्पन्न अस्पताल निर्माणको योजना अघि बढाएको हो । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका सन्दर्भमा एमाले उम्मेदवारहरुले मतदातासँग निःशुल्क स्वास्थ्य सुविधा उपलब्धताको लागि उपस्वास्थ्य चौकीहरुलाई आधुनिक सुविधा सहितको स्वास्थ्य चौकीमा स्तरोन्नती गर्ने प्रतिबद्धता समेत जनाएका छन् । क्षेत्र नं ५ मा नेकपा एमालेले जनता समाजवादी पार्टी ९जसपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी…
रुपन्देही क्षेत्र नं. २ (क)का उम्मेदवार केसीका स्वास्थ्यमा ६ बुदे प्रतिवद्धता
स्वास्थ्यसमाचार/ रुपन्देही क्षेत्र नं. २ (क) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार दीर्घबहादुर (कुमार) केसीले स्वास्थ्यमा ६ बुदे प्रतिवद्धता सार्वजानिक गर्नु भएको छ। रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनीधि सभा सदस्य पदमा उम्मेवार रहनु भएका राष्ट्रिय जनमुक्तिका केशवबहादुर थापा र उहाँले संयुक्त रुपमा ल्याएको स्वास्थ्यमा ६ बुदे प्रतिवद्धता सार्वजानिक गर्नु भएको हो।आफ्नो निर्वाचन क्षेत्रमा स्वास्थ्य लाई समुन्नत र सुबिधासम्पन्न बनाउने अठोट गर्नुभएको छ । केसीले बुटवलको लुम्विनी प्रादेशिक अस्पताललाई आधुनिक सुविधायुक्त अस्पतालकोरुपमा विकास गर्ने, बुटवलको सिद्धार्थ वाल तथा महिला अस्पताल (आम्दा) लाई स्तरोन्नती गरी प्रादेशीक अस्पतालकोरुपमा विकास गरिने बुटवलको लुम्बिनी…
पौडेलको योजना :खेलाडीलाई निशुल्क स्वास्थ्य विमा र निर्वाहभत्ता
स्वास्थ्यसमाचार/ खेलाडीलाई निशुल्क स्वास्थ्य विमा र अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने पूर्व खेलकुद तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रतिवद्धता जनाउनु भएको छ। बुटवलमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले आयोजना गरेको खेलाडी प्रशिक्षक तथा खेलप्रेमीहरूको वृहत भेलामा बोल्दै पौडेलले ‘उर्जाशील जीवन खेलेरै बिताउन सकून् त्यसकालागि खेलकुद पूर्वाधार निर्माण, प्रशिक्षण र वर्षभरि प्रतियोगिता आयोजना गर्ने वातावरण बनाउनेछौं,’ उहाले भन्नुभयो, ‘रोग लाग्दा उपचार गर्न निशुल्क स्वास्थ्य विमा, जीवन विमा र अशक्त तथा बुढ्यौली उमेरमा निर्वाह भत्ताको व्यवस्था गर्नेछौं ।’ खेलाडी राष्ट्रका गहना भएको बताउदै खेलाडीलाई वर्तमान र भविष्यमा जीउनेबारे चिन्ता लिन…
जथाभावी प्रयोगले घातक बन्दैछ एन्टिबायोटिक जिम्मेवार निकाय को?
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय प्रदेशस्तरीय कार्यशाला एन्टिमाइक्रो (प्रतिजैविक) बुटबलमा सम्पन्न भयो।एन्टिबायोटिकको अव्यवस्थित प्रयोगमा सचेत नहुँदा ब्याक्टेरियाले रूप परिवर्तन गरिरहेको औषधिले काम नगर्ने अवस्था देखिन थालेकाले प्रदेश सरकारले सचेत गराउनको लागी यो कार्यशालाको आयोजना गरेको हो। स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशका सचिब डा बिकास देबकोटाको अध्यक्षतामा भएको प्रदेशस्तरीय कार्यशालामा ४ बटा कार्यपत्र प्रस्तुत गरिएको थियो।बिभिन्न बिषयमा प्रस्तुत उक्त कार्यपत्रहरु स्वास्थ्यमन्त्रालय गुणस्तरमापन तथा नियमन महाशाखा प्रमुख डा मदन कुमार उपाध्य,उपमहा निर्देशक पशुसेवा बिभाग डा बरुण कुमार शर्मा,एफएच एसका कन्टी डाईरेक्टर भगवान श्रेष्ठ र लुम्बिनी प्रदेशका स्वास्थ्य सचिब डा बिकास देबकोटाले कार्यपत्र प्रस्तुत…
तिलोत्तमामा छिट्टै मेडिकल कलेज र खेल पूर्वाधार बन्छः विष्णु पौडेल
स्वास्थ्यसमाचार /नेकपा एमालेका उपाध्यक्ष एवम् प्रतिनिधि सभा रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार विष्णु पौडेलले तिलोत्तमामा मेडिकल कलेजको पूर्वाधार निर्माण छिट्टै सुरु हुने बताएका छन् । तिलोत्तमा वडा नं. १ मा भएको चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले तिलोत्तमामा सरकारी मेडिकल कलेज स्थापनाको कार्य अघि बढेको बताउँदै छिट्टै पुर्वधार निर्माणको काम सुरु हुने बताए ।पुर्वधार निर्माणको काम सुरु भएको केही समयमा मेडिकल कलेज सञ्चालनमा आउने बताउँदै उनले त्यसपछि तिलोत्तमा १ का बासीहरुको मुहार बदल्ने बताए । मेडिकल कलेज निर्माणसंगै सडक, पुर्वधार निर्माण हुने र रोजगारीका नयाँ नयाँ अवसर सिर्जना…
यि हुन काँग्रेस लुम्बिनीकोे घोषणा पत्रमा समेटिएका स्वास्थ्यका बुँदाहरु
स्वास्थ्यसमाचार/ मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले घोषणा पत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा स्वास्थ्यका क्षेत्रमा दीर्घरोग तथा डाइलासिस,निशुल्क देखी औषधी उद्योग प्रदेशभित्रै स्थापना गर्ने उल्लेख गरेको छ।बिहीबार बुटवलमा घोषणापत्र सार्वजनिक गर्दै कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले पार्टीको केन्द्रीय घोषणापत्रलाई आधार मानेर प्रदेशका कामलाई प्राथमिकता दिदै घोषणापत्र तयार गरिएको वताउनु भयो । घोषणा पत्र सार्वजनिक गर्दे लुम्बिनीमा बौद्ध धर्माबलम्बीको बसोबास भएको मुलुकबाट प्रसुति गराउन आकर्षित गर्न बर्थिङ सेन्टरका रुपमा विकास गर्ने प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापना गर्ने, एक पालिका एक प्राविधिक विद्यालय…
आम्दालाई विशेषज्ञ जनशक्ति र विशिष्ट सेवा प्रदान गर्ने संस्था बनाईने
स्वास्थ्यसमाचार/ बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताललाई विशिष्ट सेवा प्रदान गर्ने र विशेषज्ञ जनशक्ति उत्पादन गर्ने स्वास्थ्य संस्थाका रुपमा विकसित गरिने भएको छ । बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको संयुक्त साझेदारीमा सञ्चालित अस्पतालको २४ औं साधारण सभाको अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अस्पताललाई विशिष्ट सेवा प्रदान गर्ने र विशेषज्ञ जनशक्ति उत्पादन गर्ने स्वास्थ्य संस्थाका रुपमा विकास गर्ने बताउनुभयो । अस्पताल सञ्चालक समितिका अध्यक्ष समेत रहनुभएका पाण्डेयले महिला तथा बालबालिकाको उपचारका लागि प्रदेशस्तरको सुविधासम्पन्न अस्पताल र विशेषज्ञ जनशक्ति उत्पादन गर्ने गरी प्रक्रिया अगाडि बढाइएको बताउनुभयो…
सर्वोच्चद्धारा रुपन्देही २ का उम्मेदवार डा.कमल भुसालको उम्मेदवारी खारेज
स्वास्थ्यसमाचार/ सर्वोच्च अदालतले रुपन्देही– २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा. कमल भुसालको उम्मेदवारी खारेज गरेकाे छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले हाम्रो नेपाली पार्टीबाट डा. भुसालको रिट खारेज गर्ने फैसला गरेसँगै उनको उम्मेदवारी पनि खारेज भएको हो ।मंगलबार श्रेष्ठ र ढुंगानाको संयुक्त इजलासलले उक्त मुद्दाको रिट खारेज हुने फैसला गरेका थिए । सरकारी छात्रवृत्तिमा एम.डी. अध्ययनरत रहेको र जीवन निर्वाह भत्ताबापत मासिक रकम बुझ्ने गरेको पाइएपछि डा. भुसालले दिएको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो । आयोगको निर्णयविरुद्ध डा. भुसालले सर्वोच्च अदालतमा रिट दायर गरेका…
स्वास्थ्य क्षेत्रमा यस्तो छ एमालेको चुनावी घोषणापत्र (पूर्ण पाठ सहित)
स्वास्थ्य समाचार/ एमालेको चुनावी घोषणापत्र सार्वजनिक भएको छ। आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि एमालेले मंगलबार घोषणापत्र सार्वजनिक गरेको हो। घोषणपत्रमा पाँच, दश र पन्ध्र शय्याका ३९६ स्थानीय तहका आधारभूत अस्पताल निर्माणको कार्य दुइ वर्षभित्र सम्पन्न गर्ने, जिल्ला अस्पताललाई २५ देखि ५० शय्याको अस्पताल, तत्कालीन अञ्चल अस्पताललाई २०० शय्याको जनरल अस्पताल र केन्द्रीय अस्पताललाई ५०० शय्याको विशेषज्ञ अस्पतालमा स्तरोन्नति गर्ने उल्लेख छ। यस्तै काठमाडौं उपत्यकामा ३०० शय्या र सातै प्रदेशमा ५० शय्याको सरुवा रोग अस्पताल निर्माण सम्पन्न गर्ने, जटिल र घातक प्रकृतिका रोगहरूको…

