रुपन्देहीका १० निर्वाचन केन्द्र लैङ्गिक समावेशी र अपाङ्गमैत्री

स्वास्थ्यसमाचार/ अपाङ्गता मैत्री निर्वाचन संरचना भएमा अपाङ्गता भएका व्याक्तिहरुका साथै अन्य सामान्य मानिसले समेत सहज रुपमा मताधिकार प्रयोग गर्न पाउने पाउँछन् । तर बजेट अभावको साथै अज्य विविध कारण देखाउँदै अपाङ्गता मैत्री निर्वाचन संरचना निर्माणमा आलटाल गरिदै आइएको छ । मंसिर ४ मा हुने प्रदेश सभा/प्रतिनिधि सभा निर्वाचनको लागि रुपन्देहीमा १० वटा निर्वाचन स्थल अपाङ्गतामैत्री निर्माण गरिने भएको छ ।

दातृ निकायको सहयोगमा रुपन्देहीका विभिन्न स्थानमा रहेका १० वटा निर्वाचन स्थल अपाङ्गतामैत्री बनाउने गरी काम अगाडि बढेको अपाङ्गता अभियान्ता राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशका निर्वतमान सदस्य सावित्रा घिमिरेले बताईन् ।

रुपन्देहीमा ६ लाख ३२ हजार ३ सय ६० जना मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अनुसार ३ लाख ८ हजार ५ सय ७४ महिला र ३ लाख २३ हजार ७ सय ७८ जना पुरुष रहेका छन् । यो पटक अन्य ८ जना मात्रै मतदाता रहेका छन् ।

रुपन्देहीका १ सय ८४ मतदान स्थल र ७ सय ४ वटा मतदान केन्द्रलाई अपाङ्गता मैत्री बनाउनको लागि पटक पटक आग्रह गरिएपनि विविध कारणले संभव नभएको प्रतिक्रिया निर्वाचन आयोगले दिएको छ ।

अभियान्ता सावित्रा घिमिरेका अनुसार निर्वाचनमा सबैको समान सहभागिता, अवसर र मत प्रयोग गर्न पाउनुपर्ने अधिकार समेत हो । त्यसलाई निर्वाचन आयोगले पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने छ ।

यी हुन अपाङ्गता मैत्री निर्वाचन संरचना हुने मतदान केन्द्र

सिद्देस्वरी लाल कुमारी माध्यमिक बिद्यालय दिप नगर बुटवल ।

गणेश मा बि गणेश नगर तिलोत्तमा,

कालिका माध्यमिक बिद्यालय कालिका नगर बुटवल ।

बस टर्मिनल भबन परिसर, नयाँ बसपार्क बुटवल ।

ज्योति आधारभूत बिद्यालय, ज्योति नगर तिलोत्तमा ।

अन्नपूर्ण माध्यमिक बिद्यालय चन्द्र नगर बुटवल ।

बुटवल बहुमुखी क्याम्पस , बुटवल ।

उमा आधारभुत बिद्यालय कुंजलापुर, तिलोत्तमा

भवानी माध्यमिक बिद्यालय बुटवल ।

प्रभात आधारभुत विद्यालय भलवारी तिलोत्तमा ।

 

सम्बन्धित शिर्षक :