ललितपुर ३ बाट डा तोसिमा कार्की विजयी मन्त्री पम्फा भुसाल तेस्रो

स्वास्थ्यसमाचार/ (ललितपुर ३ बाट प्रतिनिधीसभा सदस्यमा राष्टिय स्वतन्त्र पार्टीकी उम्मेदवार युवा सर्जन डा तोसिमा कार्की भारी मतले विजयी भएकी छन् ।

बिहीबार विहान सम्पन्न मनगणनामा कार्की भारी मतान्तरले विजयी भएकी हुन् । उनले ३११३६ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका अमृत खड्काले १२९६३ मत प्राप्त गरेका छन् ।

सत्ता गठबन्धनकी उम्मेदवार उर्जामन्त्री पम्फा भुसालले ८७६९ मत ल्याएकी छन् । उनी माओवादी केन्द्रकी सचिव समेत हुन् । मूलधारको राजनीतिमा हालै मात्र प्रवेश गरेकी तोसिमा नेपाल मेडिकल काउन्सिलको निर्वाचित केन्द्रीय सदस्यसमेत हुन् ।

किष्ट मेडिकल कलेजबाट एमबीबीएस र काठमाडौं विश्वविद्यालयबाट जनरल सर्जरीमा स्नातकोत्तर गरेकी छिन् । उनी स्वास्थ्य नेपाली सुखी नेपालीको नारासहित चुनावमा होमिएकी थिइन् । ३२ वर्षीय युवा चिकित्सक डा तोसिमा प्रतिष्ठित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सर्जनको जागिर छाडेर चुनावी अभियान सुरु गरेकी थिइन् ।

उनले स्वास्थ्य, शिक्षालगायतका तमाम क्षेत्रमा राजनीतिका कारण आमुल परिवर्तन हुन नसकेकोमा आफूहरु चुनावमा उठ्नु परेको बताएकी थिइन् । ‘विज्ञहरुले आफूले विज्ञता हासिल गरेको क्षेत्रको नीति निर्माण र नेतृत्व नगरी परिवर्तन सम्भव छैन्,’ डा। कार्कीले चुनावी अभियानका क्रममा भनेकी थिइन्, ‘नेपालको आफ्नै राष्ट्रिय मौलिक स्वास्थ्य सेवा मोडल निर्माणका लागि काम गर्न म संसदमा जान चाहेकी हुँ ।’

नेपालको स्वास्थ्यलाई सुलभ, गुणस्तरीय र सबैको पहुँचमा पुग्ने बनाउनका लागि उनी सरकारी स्वास्थ्य सेवामा परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताउँछिन् ।‘सरकारी स्वास्थ्य सेवा परिवर्तन सबै नेपालीले सहज रुपमा स्वास्थ्य सेवा पाउँदैनन्,’ भनेकी थिइन्, ‘त्यसैले स्वास्थ्य बिमा प्रभावकारी बनाउने, सरकारी स्वास्थ्य संस्थाको स्तरोन्नती गर्ने, सरकारी चिकित्सकहरुको दरबन्दी थप्नेलगायतका कामहरु नगरी सुखै छैन ।

त्यो युवा नेतृत्वले मात्रै गर्न सक्छ ।’ उनले आफ्नो चुनावी मुद्धाका रुपमा महिला सशक्तीकरणलाई अघि सारेकी थिइन् ।

अन्तिम मत विवरण यसप्रकार छ-
तोसिमा कार्कीररास्वपा- ३११३६
अमृत खड्कारएमाले(-१२९६३
पम्फा भुसालरमाओवादी केन्द्र- ८७६९

सम्बन्धित शिर्षक :