नेपालमा एन्टिमाइक्रोबियल रेजिस्टेन्स बढ्दो जनस्वास्थ्यमा चुनौती

बुटवलमा विश्व प्रतिजैविक प्रतिरोध सचेतना समन्धि अन्तरक्रिया

स्वास्थ्यसमाचार/ विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह मंसिर २–८ सम्मको अवधीको अवसरमा बुटवलमा अन्तरक्रिया गरिएको छ ।स्वाथ्य मन्त्रालय लुम्बिनी प्रदेशको आयोजानमा बुटवलमा भएको कार्यक्रममा बोल्दै सरोकारवालाहरुले यो विषयमा सबै जना एक जुट हुनुपर्ने बताएका हुन ।

कार्यक्रममा बोल्दै स्वाथ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले सबैको साथ सहयोग विना प्रतिजैविक प्रतिरोध को काम नहुने बताए । प्रतिजैविक प्रतिरोध हाम्रो शरीरमा रहेका आँखाले नदेखिने भाईरस, ब्याक्टेरिया, परजीवी, ढुसी जस्ता किटाणुहरुले निम्त्याउने रोगहरु बिरूद्द प्रयोग गरिने औषधीलाई प्रतिजैविक औषधी (एन्टिमाइक्रोबियल) भनिन्छ ।

प्रतिजैविक औषधीको अनुचित प्रयोग गर्दा शरिरका सुक्ष्मजीवले औषधीको प्रतिरोध गर्छन् जसले गर्दा हामीले प्रयोग गर्ने औषधीले काम गर्न छाड्छन् । अर्थात्, सुक्ष्मजीव बलियो भइ औषधीको प्रतिरोध गर्छन् ।यस्तो अवस्थालाई प्रतिजैविक प्रतिरोधभनिन्छ । प्रतिजैविक प्रतिरोध विश्वव्यापीरूपमा चुनौतीको रूपमा देखा परेको छ किनकि यसले स्वास्थ्य, खाद्य सुरक्षा र आर्थिक सामाजिक विकास आदिमा नकारात्मक प्रभाव पार्दछ ।

जनरल मेडिकल जर्नल ल्यानसेटमा प्रकाशित एक अनुसन्धानमा, सन् २०१९ मा विश्वभर ४९ लाख मानिसको मृत्यु ब्याक्टेरियल प्रतिजैविक प्रतिरोध सँग सम्बन्धित रहेको अनुमान गरिएको छ ।यसलाई नियन्त्रण गर्न कुनै ठोस कदम चालिएन भने सन् २०५० सम्ममा प्रतिजैविक प्रतिरोधका कारण वार्षिक रूपमा १ करोड मानिसको मृत्यु हुन सक्ने प्रक्षेपण समेत गरिएको सचिव देवकोटाले बताए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पशुपंक्षि तथा मत्स्य विकास निदेृशनालय बुटवलमा निमित्त निर्देशक डा. परवेज आलमले एन्टिमाइक्रोबियल औषधीको मानव, जिवजन्तु र वातावरणमा गरिएको दुरुपयोग र अत्याधिक प्रयोग नै प्रतिजैवीक प्रतिरोधको मुख्य कारक मानिएको छ ।

सफा पानी र सरसफाइको अभाव र संक्रमण रोकथाम तथा नियन्त्रणको कमीले सूक्ष्मजीवहरू फैलिरहेका हुन्छन् । यीमध्ये कतिपय सुक्ष्म जीवहरू प्रतिजैविक प्रतिरोधि पनि हुन्छन् । प्रतिजैविक औषधीको प्रयोग मानिसमा मात्र नभइ पशुपंक्षि, कृषि र बालिनालीमा पनि गरिन्छ ।

त्यसैले प्रतिजैविक सुक्ष्मजीवहरू वातावरणबाट पनि फैलन सक्छन् । यसरी प्रतिजैवीक प्रतिरोधी सुक्ष्मजीवहरू मानिस, जनावर, खाना, बोटबिरुवा, पानी, माटो र हावा जताततै रहेका हुन सक्ने बताएका थिए ।तिनीहरू एक व्यक्तिबाट अर्को व्यक्तिमा वा मानिसहरू र जनावरहरू बीचमा फैलिन सक्छन् । मुख्य गरि आम मानिसमा सचेतनाको कमी, स्वास्थ्य शिक्षाको अभाव, खोप तथा स्वास्थ्य सेवामा असमान पहुँच र नीतिको प्रभावकारी कार्यन्वयनको अभावले प्रतिजैवीक प्रतिरोध फैलन मद्दत गरेको छ ।

कार्यक्रममा कृषि तथा भुमि व्यवस्था मन्त्रालयका सचिव यामनाराण देवकोटाले बोल्दै प्रतिजैविक प्रतिरोधको समस्या बहुक्षेत्रीय समस्या भएको भन्दै समस्या मानव स्वास्थ्य, पशुपंक्षि, कृषि तथा वातावरणसँग पनि सम्बन्धित रहेको बताए ।

प्रतिजैविक प्रतिरोधको नियन्त्रण एक्लाएक्लै गरिने प्रयासबाट प्रभावकारी नहुने भएकाले सबै क्षेत्रको साझा पहल, साझा नीति र साझा कार्यक्रम आवश्यक पर्छ, जसलाई हामी एक स्वास्थ्यको अवधारणा आवश्यक रहेको बताएका थिए ।

कार्यपत्र प्रस्तुत गर्दै स्वाथ्य मन्त्रालयका प्रवक्त डा. पुष्पराज पौडेलले महामारी रोगहरूको रोकथाम र नियन्त्रण गर्न जनस्वास्थ्य, पशुस्वास्थ्य, वनस्पति र वातावरणीय स्वास्थ्यका निकायहरूबाट एकिकृत प्रयास गर्ने उदेश्यले नेपाल सरकारले २०७६ सालमा तयार पारेको एक स्वास्थ्य रणनीति कार्यान्वयन भएमा त्यसले धेरै हदसम्म प्रतिजैविक प्रतिरोधको रोकथाम गर्न सहयोग पुग्ने बताएका थिए ।

प्रतिजैवीक प्रतिरोध बढ्नु तर नयाँ औषधिको आविस्कार नहुनुले विश्वव्यापीरूपमा जनस्वास्थ्यमा गम्भीर चुनौती सिर्जना भएको छ, जसका कारण विश्वभरि नै संक्रमणको उपचारमा चुनौती थपिएको भन्दै उनले यदी प्रतिजैवीक प्रतिरोध रोकथाम गर्न गम्भीर पहल भएन भने भविष्यमा ठूलो धनजनको क्षति हुने निश्चित रहेको बताए ।

प्रतिजैविक प्रतिरोध रोकथाममा नेपाल सरकारको प्रयास को विषयमा जानकारी दिदै डा. पौडेलले प्रतिजैवीक प्रतिरोधसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्दताहरू कार्यान्वयन गर्ने विषयमा पनि नेपाल सरकार अग्रसर रहेको बताए ।सन् २०१५ मा विश्व स्वास्थ्य सभाले प्रतिजैवीक प्रतिरोधको विश्वव्यापी कार्ययोजना तयार गर्यो ।

यसमा प्रतिजैवीक प्रतिरोध प्रतिरोधसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, अनुसन्धान तथा निगरानी बढाउने, संक्रमण घटाउने, मानव र जिवजन्तुमा प्रतिजैवीक औषधिको सदुपयोग गर्ने तथा दिगो विकासका लागि प्रतिजैवीक प्रतिरोधको कारणले हुने आर्थिक भार कम गर्न आवश्यक संयन्त्रको विकास गर्ने जस्ता कार्ययोजना तय गरिएको छ ।

यसलाइ आत्मसाथ गर्दै नेपाल सरकार प्रतिजैवीक प्रतिरोधसम्बन्धी राष्ट्रिय कार्ययोजना तर्जुमा गर्ने क्रममा रहेको छ प्रतिजैविक प्रतिरोध रोकथाम गर्न व्यक्तिगत तहमा कसरी योगदान गर्न सकिन्छ ?प्रतिजैविक प्रतिरोध रोकथामको लागि स्वास्थ्यकर्मी, स्वास्थ्य सेवाग्राही, कृषक, पशुपालक र नीति निर्माताहरूको महत्वपूर्ण भूमिका हुन्छ । औषधि प्रयोगकर्ताले निम्न व्यवहार अपनाएमा प्रतिजैविक प्रतिरोध रोकथाममा योगदान पुग्दछ ।

अन्तरक्रिया कार्यक्रममा प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिव उद्धव घिमिरे हार्ड ईन्टरनेशनलका डा. शुसिल बरालल गायतले आ आफ्नो भनाई राखेका थिए ।

सम्बन्धित शिर्षक :