स्वास्थ्यकर्मीको टोली प्रत्येक मतदान स्थलमा परीचानलन हुने

स्वास्थ्यसमाचार/ मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा हरेक मतदान स्थलमा स्वास्थ्यकर्मीको टोली खटिने भएको छ।

स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका सबै मतदान स्थलमा स्वास्थ्यकर्मीको टोली खटाउने भएको हो।

मन्त्रालयको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइ प्रमुख तथा मन्त्रालयका सह–प्रवक्ता डा समीर अधिकारीका अनुसार हालसम्म हरेक मतदान केन्द्रमा प्राथमिक उपचार सेवासहित एकजान स्वास्थ्यकर्मी राख्ने र आवश्यकता परेको खण्डमा स्वास्थ्यकर्मीको संख्या बढाउन पनि सकिने बताए।

यसरी खटिने स्वास्थ्यकर्मीले प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्ने, थप अन्य स्वास्थ्य सेवा आवश्यक हुने अवस्था आयो भने नजिकको स्थानीय स्वास्थ्य संस्थासँग समन्वय गर्ने समेत डा अधिकारीले बताए।

यस्तै हरेक मतदान स्थलबाट नजिक पर्ने स्थानीय स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्ने समेत निर्णय भएको डा अधिकारीले बताए।

हरेक मतदानस्थलमा अहेव, स्वास्थ्य स्वयंसेविका सहितका स्वास्थ्यकर्मी खटिने समेत डा।अधिकारीले बताए। यस्तै कोरोना संक्रमण, भर्खरै चिसो मौसम शुरु भएको हुँदा मौसमी रुघाखोकी तथा अन्य सङ्क्रमणको जोखिम हुने हुँदा मतदानस्थलमा जनस्वास्थ्यको मापदण्ड पालना गर्न कडाइ साथ पालना गर्न समेत डा अधिकारीले बताए।

निर्वाचन आयोगका अनुसार मंसिर ४ गते हुने निर्वाचनमा देशभर १० हजार ८९२ मतदानस्थल रहेका छन्। जसमा १४१ अस्थायी मतदान केन्द्र रहेका छन्।

यस्तै निर्वाचनको दिन स्वास्थ्यकर्मीहरू समेत मतदानमा सहभागी हुने भएकाले आकस्मिक सेवा बाहेक स्वास्थ्य संस्थाको सेवा समेत बन्द हुने डा अधिकारीले बताए।

सम्बन्धित शिर्षक :