लुम्बिनी प्रादेशिक अस्पतालमा ए ग्रेडको आईसियूसहितको एम्बुलेन्स सुभारम्भ

स्वास्थ्य समाचार/ यस क्षेत्रको पुरानो र ठुलो अस्पताल लुम्बिनी प्रादेशिक अस्पतालमा ए ग्रेडको आईसियूसहितको एम्बुलेन्सको शुभारम्भ गरिएको छ ।

लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयबाट विनियोजित १ करोड बजेटबाट ए ग्रेडको आईसियुसहितको सुविधा सम्पन्न एम्बुलेन्सको प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले शुभारम्भ गर्नु भएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै स्वास्थ्य सचिब डा. देवकोटाले ए ग्रेडको एम्बुलेन्स बिरामीलाई एक ठाउँदेखि अर्को ठाउँसम्म उपचारको लागि ट्रान्सफरटेशन मात्रै नभएर उपचार समेत प्राप्त हुने वताउनु भयो।ए ग्रेडको आईसियुसहित एक जना मेडिकल अधिकृत र एकजना स्वास्थ्यकर्मीको रोहबरमा एम्बुलेन्सभित्रै बिरामीले स्वास्थ्य सेवा पाउँने भएकाले सरकारी अस्पतालमा न्यूनतम रकममा विरामीलाई सेवा दिनुपर्ने वताउनु भयो।

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. इन्द्र ढकालले कोभिडको समयमा विरामीलाई काठमाडौं लैजानका लागि एम्बुलेन्सको अभावको महसुस भएपछि अस्पतालका निवर्तमान मेसु डा. विकास देवकोटाले ए ग्रेडको एम्बुलेन्स बुटवलमा ल्याउनु पर्ने निर्देशन बमोजिम प्राप्त प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको सहयोगले आज एम्बुलेन्सको शुभारम्भले मुर्तरुप लिएको वताउनु भयो।

उहाले ए ग्रेडको एम्बुलेन्सभित्र चिकित्सक स्वास्थ्यकर्मी समेत रहने भएकाले अस्पताबाट रिफर गरेर अनेत्र लैजादा वाटैमा ईम्जेन्सी भए सुत्केरी गराउन माअप्रेशन समेत गर्न सकिने वताउनु भयो । उहाले ए ग्रेडको एम्बुलेन्सले अस्पतालको सेवालाई एक कदम अगाडि बढ्न मद्दत पुग्ने वताउनु भयो । मेडिकल सुपरिटेण्डेण्ट डा. इन्द्र ढकालले यहा संचालित एम्बुलेन्सलाई टोकन सिस्टमा लैजाने बताउनु भयो ।

यसो भयोभने सबैले समान तरिकाले बिरामी बोक्न पाउछन बिरामी बोक्नको लागी तछाडमछाड गर्नुपर्ने र भाडाका लागी वागर्नेनीड गर्ने अबस्था अन्त्य हुने बताउनु भयो। उहाले अरु एम्बुलेन्सको भन्दा यो सुबिधा सम्पन्न भएको ले भाडा महगो रहेको बताउनु भयो यो प्रति किलोमिटर ४० रुपैयाका दरले रहेको बताउनु भयो । मानो काठमान्डौ जानको लागी बुटबलबाट २५ हजार लाग्ने गरि बिकास समितिमा निर्णय भएको बताउनु भयो । यो चलाउनको लागी बिकास समितिले चालक लाई समेत प्रति पटक को शुल्क दिने ब्यबस्थ्य मिलाएको बताउनु भयो।

त्यस्तै अस्पतालका फिजिशियन डा. पुष्पराज जोशीले बोल्दै लुम्बिनी प्रादेशिक अस्पतालमा विशिष्ट क्षमताको आईसियूसहितको एम्बुलेन्सले धेरै समयको आवश्यकता पूरा भएको वताउनु भयो ।उहाले ए ग्रेडको एम्बुलेन्स सेवाले जस्तो किसिमको विरामीलाई अर्को अस्पतालमा पुराउँदा सम्म निर्धक्क भएर उपचार गर्न सकिने डा जोशीले वताउनु भयो ।

संयुक्त एम्बुलेन्स चालक संघ रुपन्देहीका सचिव अर्जुन लामिछानेले प्रादेशिक अस्पतालबाट सञ्चालित एम्बुलेन्सलाई आफ्नो संघबाट आवश्यक पहलकदमीका लागि सधै तत्पर रहेको बवताउनु भयो ।प्रदेश सरका स्वास्थ्य मन्त्रालयबाट १ करोड बजेट आएको र टेन्डर गर्दा ९२ लाखमा यो एम्बुलेन्सको आएको अस्पतालका शाखा अधिकृत सुरेन्द्र भण्डारीले बताउनु भयो।

प्रदेशको स्वास्थ्यमन्त्रालय बाट १ करोड आएको र टेन्डर गर्दा ९२लाखमा भन्सार छुट सहित ए ग्रेडको एम्बुलेन्स आएको बताउनु भयो। अस्पताल प्रसाशनका नायब शुव्वा चिरन्जीवी घिमिरेले अस्पतालमा यो एम्बुलेन्स सबैका लागी राम्रो भएको बताउनु भयो ।

सम्बन्धित शिर्षक :