टिपरको ठक्करबाट घाईते पत्रकार कंडेलको उपचारका क्रममा मृत्यु

स्वास्थ्यसमाचार/ टिप्परले मोटरसाइकललाई ठक्कर दिंदा रुपन्हेदीमा एक जना पत्रकारको मृत्यु भएको छ ।  लु १ क ५२७६ नम्बरको टिपर (रेडिमिक्स)ले शुक्रबार साँझ सिद्धार्थ राजमार्गको बुटवल(भैरहवा खण्डस्थित तिलोत्तमाको जानकीनगरमा मोटरसाइकललाई ठक्कर दिंदा ३५ वर्षीय पत्रकार एनबी कंडेलको मृत्यु भएको हो ।

बुटवलबाट भैरहवातर्फ जांदै गरेको टिपरले लु ४४ प ८२०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा सख्त घाइते भएका कंडेलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देहीको सैनामैना नगरपालिका–१ रानीबगिया स्थायी घर भई बुटवलमा बस्दै आएका कंडेल बुटवलबाट सञ्चालित ग्लोबल आवाज अनलाइनका सम्पादक थिए । ठक्कर दिने सवारी साधन र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षक :