निर्वाचन आयोगले भन्यो: गर्भवती, बिरामी र अशक्तका लागी सहज व्यवस्था मिलाउनु

स्वास्थ्यसमाचार/ मंसिर ४ मा हुने प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । बिहीबार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको सम्पूर्ण तयारी सकिएको जानकारी दिए ।

उनले आगामी दुई दिनभित्र मतदानमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट मतदान केन्द्रको निर्माण कार्य सम्पन्न हुने जानकारी दिए ।उनले मतदान केन्द्र निर्माण गर्दा लैंगिक गर्भवती, जेष्ठ नागरिक, बिरामी र अशक्त मतदाताका सहज हुने गरी बनाउन निर्देशन दिइएको बताए ।

‘आगामी दुई दिनभित्र मतदानमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट मतदान केन्द्रको निर्माण कार्य सम्पन्न हुनेछ,’ उनले भने, ‘मतदान केन्द्र निर्माण गर्दा लैंगिक समावेशी, अपांगता मैत्री तथा सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, बिरामी र अशक्त मतदाताका लागि सहज हुने गरी बनाउन आवश्यक निर्देशन दिइएको छ ।’

यस्तै, आयोगले मतदान सुरू हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण तथा सेवन गर्नेरगराउने कार्यलाई पूर्ण रूपले निधेष गर्ने व्यवस्था मिलाउन जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय प्रशासनलाई सक्रिय बनाएको छ ।

सम्बन्धित शिर्षक :