रुपन्देहीमा छुटेका ५देखी११ बर्षसम्मका लाई कोरोनाको खोप लगाईने

स्वास्थ्यसमाचार / रुपन्देहीमा ५ देखी ११ बर्षका बालबालिका लाई कोभिड–१९विरुद्धको दोश्रो छुटेका लाई खोप लगाईने भएको छ। जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार कोभिड–१९ रोग विरुद्धको खोप ५ देखि ११ वर्ष सम्मका बालबालिकाहरु जसले पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन छुट भएकालाई फाइजर खोपको दोस्रो मात्रा र १८ वर्ष माथीका पहिलो, दोस्रो मात्रा खोप लगाउन छुट भएका तथा मेरोसेल खोपको २ मात्रा लगाई बुस्टर मात्रा लगाउन बाँकी रहेकाहरु लाई सबै पालिकाको तपशिलमा उल्लेखित स्वास्थ्य संस्थाहरुबाट निम्न मिति, स्थान र समयमा कोभिङ–१९ रोग बिरुद्धको खोप लगाईने वताउनु भयो।…

रुपन्देहीमा सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन अभियान जारी

स्वास्थ्यसमाचार/ नेपाल अर्बुद रोग निवारण संस्था जिल्ला कार्यसमिति रुपन्देहीले सुर्तीजन्य पदार्थ (नियन्त्रण नियमन) ऐन २०६८ र उक्त ऐन अन्तर्गत रहेर स्थानीय सरकारले आफ्नो पालिकामा निर्माण गरेका निति नियमको प्रभावकारी कार्यान्वयनका लागि रुपन्देहीका बुटवल र तिलोत्तमा नगरपालिकाका मेयरलाई ध्यानाकर्षण पत्र बुझाएका छन । ध्यानाकर्षण पत्रमा प्राणघातक प्रकृतिको क्यान्सर रोग आज सम्पुर्ण विश्व, हाम्रो देश र समाजको लागि समेत ठूलो चुनौती भएको बेला स्थानीय तहका सरकार र सरकारी निकायले गम्भीर भएर सुर्तीजन्य पदार्थ (नियन्त्रण नियमन) ऐन २०६८ र उक्त ऐन सङ्ग जोडिएका स्थानीय नीति नियम प्रभावकारी कार्यान्वयन गर्न सकेको खण्डमा सुर्तीजन्य पदार्थको…

सिद्धार्थनगर सिटी हस्पिटल भैरहवामा बाल रोग विशेषज्ञ सेवा विस्तार

स्वास्थ्यसमाचार /भैरहवामा रहेको सिद्धार्थनगर सिटी अस्पतालको सेवा बिस्तार गर्दै बिरामीहरुलाई निरन्तर स्वास्थ्य सेवा दिइरहेकोछ ।अस्पतालले विभिन्न सेवा सुविधा निरन्तर रुपमा दिदै आएकोमा यही माघ ८ गते आईतबार देखि लामो अनुभव प्राप्त डाक्टर प्रत्युष ज्ञवाली पनि यस सिद्धार्थनगर सिटी हस्पिटलमा ओ.पि.डी तथा बाल रोग संग सम्बन्धित सम्पूर्ण सेवा प्रदान गर्ने उदेश्यका साथ सेवा नियुक्त हुनुभएकोछ । निःसन्तान दम्पतिका लागि IVF सेवा संचालन गर्दै आईरहेको यस सिद्धार्थनगर सिटी हस्पिटलमा सुरक्षित गर्भाधारण तथा सुरक्षित डेलिभरीका लागि बालरोग तथा महिला रोग सम्बन्धी सेवाको विशेष भुमिका रहेको हुदा बाल रोग, महिला तथा प्रसुति रोगका साथै…

आयुर्वेदले स्वर्ग र पुनर्जन्मको ठेक्का लिँदैन : अध्यक्ष ओली

स्वास्थ्यसमाचार/ एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपकरणको बढ्दो प्रयोगले मानिसहरुमा स्मरणशक्ति कमजोर भइरहेको बताउनुभएको छ । आईतवार काठमाडौंमा आयोजित नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाँचौं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उपकरणमा निर्भर हुँदा सानासाना कुराहरु पनि स्मरण गर्नसक्ने खुबी हराउँदै गएको बताउनु भयो । उहाँले प्रविधिको उपलब्धीले मानिसमा परनिर्भरता बढ्दै गउकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले दिमागको वास्तविक श्रोत भनेको मानिसका इन्द्रियहरु नै भएकाले मोर्डन लेटेस्ट साइन्स एण्ड टेक्नोलोजीको प्रयोग गरेर त्यसलाई जीवनपद्धतिका रुपमा विकास गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले हरेक मानिसले…

स्वास्थ्यकर्मीलाई नियमित खोप सम्बन्धी ४ दिने तालिम सम्पन्न

स्वास्थ्यसमाचार/ जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले स्वास्थ्यकर्मीहरुका लागि खोप ए.ई.एफ. आई. तथा सरसफाई प्रर्वद्धन सम्बन्धी ४ दिने आधारभूत तालिम समापन भएको छ। लुम्बिनी प्रादेशिक अस्पताल, तिलोत्तमा नगरपालिका ,बुटबल उपमहानगरपालिका, देबदह नगरपालिका, ओमसतिया गाउँपालिकाका स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाईका २३ जना स्वास्थ्यकर्मीलाई नियमित खोप सम्बन्धि आधारभूत तालिम प्रदान गरिएको हो । तालिमको समापन कार्यक्रमका बोल्दै जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत चिन्तामणी ज्ञाबलीले खोप सेवा प्राथमिक स्वास्थ्य सेवाको जग भएको वताउदै खोपको माध्यमबाट नै विफर उन्मुलन हुनुका साथै धेरै रोगहरुको उन्मुलन, निवारण र नियन्त्रण भएको बताउनु भयो उहाले खोप नियमीत लगाउन सबैलाई…

स्वास्थ्यमन्त्री गिरी बाँकेको दादुरा प्रभावित क्षेत्रमा

स्वास्थ्यसमाचार/ बाँकेमा देखिएको दादुरा महामारीको अवस्थाबारे जानकारी लिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले यहाँ स्थलगत अनुगमन गर्नुभएको छ । नेपालगञ्ज उपमहानगरपालिका-५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा पुगेर दादुराका बिरामीको वास्तविक अवस्था बुझ्दै उहाँले नियन्त्रणका लागि सरकारले गर्नुपर्ने काममा कुनै कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले स्थानीयलाई खोप लगाउने विषयमा गम्भीर हुन सुझाव दिँदै दादुरा नियन्त्रणका लागि सरकारले खोप अभियान तीव्र बनाएको उल्लेख गर्नुभयो । मन्त्री गिरीले खोपलाई प्रभावकारी बनाउन स्थानीय जनप्रतिनिधिको भूमिका महत्वपूर्ण रहेकाले अन्य काम छाडेर अहिले दादुरा नियन्त्रणमा सक्रिय हुन आग्रह गर्नुभयो । मन्त्रीसँगै सांसदहरु सूर्य ढकाल, धवलशमशेर राणा…

सिद्धार्थनगरमा शारीरिक अपांगता परीक्षण स्वास्थ्य शिविर सम्पन्न

स्वास्थ्यसमाचार/रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा निःशुल्क शारीरिक अपाङ्गता परिक्षण स्वास्थ्य शिविर सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिकाको कार्यालय र अपाङ्ग बाल अस्पताल तथा पुनस्स्थापन केन्द्रको आयोजनामा भीम अस्पतालमा सम्पन्न निःशुल्क शारीरिक अपाङ्गता परिक्षण शिविरमा बालबालिकासहित ५३ जनाले सेवा लिएको नगरपालिकाको उपप्रमुख उमा अधिकारीले बताउनुभयो । शिविरमा अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्रबाट खटिएका अनुभवी चिक्तिसकद्धारा परिक्षण गरिएको थियो । ‘शारीरिक अपाङ्गता भएपनि सर्वसाधारणले अनुभवी चिकित्सकद्वारा परिक्षण समेत गराउन नसकेको अवस्था थियो’ उपप्रमुख अधिकारीले भन्नुभयो, ‘शिविर संचालनले सेवा लिएका सर्वसाधरण लाभान्वित भएका छन् ।’ उहाँले शिविरको क्रममा शारीरिक अपांगता भएका व्यक्तिको स्वास्थ्य परीक्षण…

सुर्खेतमा जीप दुर्घटना ४ स्वास्थ्यकर्मीको मृत्यु, एक गम्भीर घाइते

स्वास्थ्यसमाचार/ झुप्राखोला नजिक रत्नराजमार्गमा भएको जीप दुर्घटनामा चारजना स्वास्थ्यकर्मीको मृत्यु भएको छ । दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । दुर्घटनामा परी मृत्यु हुनेहरुमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका सदस्यहरु सागर शाही, दीपेन्द्रजंग शाही, बबिन शाही र राजेन्द्र बीसीको निधन भएको केन्द्रीय उपमहासचिव हिमालय तिवारीले पुष्टि गरेका छन् । मृत्यु हुनेमा डुंगेश्वर गाउँपालिकाका सागर शाही, स्वास्थ्य शाखा दैलेखका डुंगेश्वर गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक दिपेन्द्र जंग शाही, भगवती माई गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक बबिन शाही र गुराँस गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र बि।सी…

स्वास्थ्य मन्त्री गिरीद्धारा भेरी अस्पतालमा डायलासिस सेवाको शुभारम्भ

स्वास्थ्यसमाचार/ मिर्गौलाका बिरामीका लागि भेरीले अस्पतालमा हेमोडाइलासिस सेवा विस्तार गरेको छ । स्वास्थ्य मन्त्री पदम गिरीले भेरी अस्पतालमा विस्तारित हेमो डायलासिस सेवाको शुभारम्भ गरेका छन् । डायलासिस सेवा लिई रहेका ५२ बर्षिय बिरामी रविन्द्र श्रेष्ठलाई फुलको गुच्छा सहित स्वास्थ्य लाभको कामना गर्दै मन्त्रीले हेमो डायलासिसको विस्तारित सेवाको उद्घाटन गरेका हुन् । भेरीमा यसअघि ४ वटा डायलासिस मेसिन थियो ।विस्तारित सेवा अन्तरगत थप दुई मेसिन थपिएको छ । त्यसमा एचआईभी तथा हेपाटाइटिसका बिरामीहरुका लागि समेत सेवा दिन सकिने अस्पतालले जनाएको छ ।दादुरा प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा नेपालगञ्ज पुगेका मन्त्री गिरीसहितको उच्चस्तरीय…

राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल लुम्बिनी प्रदेश अध्यक्षमा अर्याल

स्वास्थ्यसमाचार /राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल लुम्बिनीको प्रथम भेला बुटबलमा सम्पन्न भएको छ।  प्रथम भेलाको एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय आयुर्वेद महाशाखा प्रमुख डा पुष्पराज पौडेलले उदघाटन गर्नु भयो। उद्घाटन कार्यक्रमा बोल्दै डा पौडेलले यस्ता संस्था खोल्नु समाजको लागी राम्रो भएको बताउदै उहाले आयुर्वेदको बिकासका लागी पनि महत्वपुर्ण हुने बताउनु भयो। राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपालका केन्द्रिय उपाध्यक्ष शालिकराम भुसालले आयुर्वेदको बिकास र निकासका लागी राज्यसंग सहकार्य गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो। उहाले राज्यले आयुर्वेदको निति निमार्ण गर्दा कुन संस्था संग सहकार्य गर्ने भन्दा राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल संग तरिकाले…