प्रदेश ५मा २ जना कोरोना संक्रमित नेपालमा संक्रमतिको संख्या ५९

स्वास्थ्यसमाचार/ प्रदेश ५को रुपन्देही र नेपालगन्जमा २ जनासहित प्रदेश ५ मा पहिलो पटक एकसाथ २ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार प्रदेश ५ मा २ जना संक्रमित भेटिएका हुन् । भेरी प्रादेशिक अस्पतालमा उपचाररत एक जनामा कोरोना पुष्टि भएको हो । उनीहरुमध्ये एकजनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको हो ।अर्काको नेपालगञ्जस्थित ल्याबमै गरिएको पिसिआर परीक्षणमा कोरोना देखिएको हो । उनीहरु दुईमध्ये एकजना विदेशबाट आएको खुलेको छ । प्रदेश ५ स्वास्थ्य…

स्वास्थ्यकर्मी संघका उपमहासचिव पन्थीको निशुल्क औषधि सहयोग

स्वास्थ्यसमाचार/ नेपाल स्वास्थ्यकर्मी संघका उपमहासचिव मिनराज पन्थिले व्यक्तिगत खर्चमा दीर्घ रोगीहरुलाई घर घरमै गएर निशुल्क औषधि वितरण गरेका छन् । चन्द्रागिरी नगरपालिका वडा नं ६ वडाका ५६ जना दीर्घ रोगीहरुलाई घर घरमै गएर निशुल्क औषधि वितरण गरेका हुन । विश्व नै कोरोना भाइरसबाट आतंकित रहेको बेला नागरिकलाई सुरक्षित राख्न लकडाउनको नीतिलाई अबलम्बन गरेको एकमहिना भन्दा बढी भएको अबस्थामा पैसा भए पनि सहज हिडडुल गर्न नमिल्ने र कामगरी औषधि किनेर खानु पर्ने नागरिकहरु उनले घरमै गएर औषधी बितरण गरेको बताए। यहि समस्यालाई नजिकबाट नियालिरहेका मैले घर घरमा गएर चन्द्रागिरी नगरपालिकाका ५६…

तिलोत्तमामा मृगौलाको डायलाइसिस सेन्टर स्थापना हुने

स्वास्थ्यसमाचार/ गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले रुपन्देहीको तिलोत्तमामा नेपालकै सबैभन्दा बडी क्षमता र सुविधासम्पत्र मृगौलाको डायलाइसिस सेन्टर स्थापना गर्ने भएको छ । तिलोत्तमा नगरपालिकामा स्थापना गरिने उक्त सेन्टरमा ७५ वटा डायलाइसिस मेसिन जडान गरिने छ । बिगत पा“च वर्षदेखि मृगौलाका बिरामीहरुको उपचार र डायलाइसिस गर्दै आएको अस्पतालले हाल २० वटा मेसिनबाट चौबीसै घन्टा सेवा प्रदान गरिरहेको छ । अस्पतालमा रुपन्देहीका मात्र नभई नवलपरासी, कपिलबस्तु, अर्घाखाची लगाएतका जिल्लाबाट समेत डायलाइसिस गर्नुपर्ने बिरामीहरु आउने गर्दछन ।टाढाबाट आउनुपर्ने बिरामीहरुलाई रातिको समयमा डायलाइसिस सेवा लिन आउन र जान समस्या भएकोले तिलोत्तमामा नया“ डायलाइसिस सेन्टर…

तिलोत्तमामा कोरोनाको कारण रोकिएको नियमित खोप भोलीबाट सुरु हुँदै

स्वास्थ्यसमाचार/ रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कोरोनाको कारण रोकिएको नियमित खोप कार्यक्रम भोली अर्थात् शुक्रबारबाट सुरु हुने भएको छ । आधारभूत स्वास्थ्य सेवाको रुपमा रहेको नियमित खोप कार्यक्रम भोलीबाट पुनः सुचारु हुने नगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत ईश्वरी पौडेलले जानकारी दिए। संघीय सरकारको निर्देशनअनुसार कोरोनाको कारण गत महिना तिलोत्तमामा नियमित खोप कार्यक्रम रोकिएको थियो । गत महिना नियमित खोप लगाउने पालोमा रहेका तथा यसबीचमा जन्मिएका बालबालिकाले भोलीबाट सुरु हुने कार्यक्रममा खोप लगाउने उनको भनाइ छ । भोलीबाट सुरु भएर वैशाख २३ गतेसम्म चल्ने कार्यक्रममा नियमितरूपमा दिइँदै आएको बिसीजी, डिपीटी, पोलियो, हेपाटाइटिस,…

रोटरी क्लब मणिग्रामद्धारा मायादेबी गाउँपालिकालाई ५ थान पिपीई

स्वास्थ्यसमाचार  /रुपन्देहीको मायादेबी गाउँपालिकामा प्रयोजनार्थ रोटरी क्लब अफ मणिग्रामले ५ थान पिपिई सेट (व्यक्तीगत सुरक्षा उपकरण) प्रदान गरेको छ ।क्लबका अध्यक्ष अच्युत पन्तले गाउँपालिका अध्यक्ष धु्रब नारायण चौधरीलाई उक्त पिपिई सेट हस्तान्तरण गरे । पिपिई सेट बुझदै गाउँपालिका अध्यक्ष चौधरीले अहिले चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मि एबं प्राबिधिकहरुका लागी कार्यक्षेत्रमा रहदा अति आबश्यक रहेको भन्दै सहयोगका लागी धन्यबाद प्रकट गरे । सो अबसरमा गाउँपालिका अध्यक्ष बिष्णु ढुंगाना, स्वास्थ्य शाखा प्रमुख भाष्कर आत्रेय, रोटरी क्लब अप मणिग्रामका पुर्ब अध्यक्ष कुलमणी ज्ञवाली लगायतको उपस्थित थियो । मायादेबी गाउँपालिकाले , वडा नम्बर ८ रुपन्देही…

स्वास्थ्यकर्मीबाट स्वास्थ्य मन्त्रालयको सचिव बन्ने प्रावधान लागू गर :स्वास्थ्यकर्मी संघ

स्वास्थ्यसमाचार /स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव बन्ने प्रावधान लागू गर्न नेपाल स्वास्थ्यकर्मी संघले माग गरेको छ । नेपाल स्वास्थ्यकर्मी संघले आज प्रेस विज्ञप्ति जारी गरी स्वास्थ्य सेवा ऐन २०५३ अनुसार स्वास्थ्यकर्मीबाट स्वास्थ्य मन्त्रालयको सचिव बन्ने प्रावधान लागू गर्न माग गरेको हो। समायोजन ऐन २०७५ अनुसार संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएको र सेवा सञ्चालन समबन्धी अर्को ऐन नआई सकेको हुँदा स्वास्थ्य सेवा ऐन २०५३ कार्यान्वयन गर्नुपर्ने नेपाल स्वास्थ्यकमी संघका अध्यक्ष रामजी घिमिरेद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

प्रदेश ५ सरकारद्धारा पाठ्यपुस्तकलाई औषधीजन्य सामग्रीको मान्यता दिने

स्वास्थ्यसमाचार /प्रदेश ५ सरकारले विद्यालय तहको पाठ्यपुस्तक व्यवस्थापन गर्न पाठ्यपुस्तकलाई औषधीजन्य सामग्रीको मान्यता दिने भएको छ ।लकडाउनको बीचमा शुरु भएको नयाँ शैक्षिक शत्रमा बालबालिकाको हातमा पाठ्यपुस्तक पुर्याउनका लागि प्रदेश सरकारले त्यस्तो मान्यता दिने प्रेस बिज्ञप्ती गरि उल्लेख गरेको छ । सामाजिक विकास मन्त्रालयले पाठ्यपुस्तक व्यवस्थापनको बिषयलाई उल्लेख गरेर ४ वुदामा पाठ्यपुस्तक कसरी व्यवस्थापन गर्ने भन्ने बिषय उल्लेख छ ।उक्त बुदामा भनिएको छ, ‘पाठ्यपुस्तक बिक्री वितरणको लागि अन्य खाद्य वा औषधीजन्य सामग्री सरह सामाजिक दुरी कायम गर्दै सुरक्षा सतर्कता अपनाउने र ढुवानीको लागि गाडि पास उपलब्ध गराउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई…

तिलोत्तमाको क्वारेन्टाइनमा रहेका २९जनाको कोरोना परीक्षण ‘नेगेटिभ’

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाले शंकरनगरमा सञ्चालन गरेको क्वारेन्टाइनमा रहेका २९ जनाको कोरोना परीक्षण नतिजा नेगेटिभ आएको छ । क्वारेन्टाइनमा रहेका सबै जनाको पिसिआरबाट गरिएको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको सिनियर अहेव अधिकृत गणेश गौतमले वताए । उनीहरुको सोमबार स्वाबको नमूना संकलन गरिएकोमा मंगलबार नतिजा आएको हो । क्वारेन्टाइनमा भारतबाट लुकिछिपी आएकासहित भारतको क्वारेन्टाइनमा बसेर आएकाहरु थिए । भारतको नौतनहवा स्थित क्वारेन्टाइनमा बसेका १० जना नेपालीलाई जिल्ला प्रशासन कार्यालय शंकरनगर क्वारेन्टाइनमा पठाएको थियो । नतिजा नेगेटिभ आएसँगै क्वारेन्टाइनमा रहेका १९ जनालाई मंगलबार घर पठाइएको छ । जिल्ला प्रशासनले पठाएका दश जना विभिन्न…

प्रदेश ५ सरकार कोरोना को लडाईमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई परिचालन गर्ने

स्वास्थ्यसमाचार/ प्रदेश ५ सरकारले आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रका चिकित्सकलाई कोरोना को लडाईमा परिचालन गर्न भएको छ ।आयुर्वेद चिकित्सामार्फत मानिसको रोगसँग प्रतिरोधात्मक क्षमता बढाउनका लागि उनीहरुलाई परिचालन गरिन लागेको प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयमा आज आयोजीत पत्रकार भेटघाट कार्यक्रममा प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले कोरोना उपचारका लागि नभएर प्रतिरोधात्मक क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रलाई क्रियाशिल गराउन लागीएको बताए । प्रदेश भित्र रहेका आयुर्वेद चिकित्सक स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनहरुमा परिचालन गर्छौं’ मन्त्री बरालले भने, ‘यसले क्वारेन्टाइनमा रहेका व्यक्तिलाई प्रतिरोधात्मक क्षमता बढाउनमा र…

र्‍यापिड टेस्ट विश्‍वसनीय भएन, यसलाई रोक्नू :कांग्रेस

स्वास्थ्यसमाचार/ प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र्‍यापिड टेस्टको विश्‍वासनीयतमा प्रश्‍न उठाउँदै रोक्न माग गरेको छ। कांग्रेसका सभापति शेरबहादुर देउवाको आयोजनामा पार्टी पदाधिकारी, पूर्वस्वास्थ मन्त्रीहरु एवं स्वास्थ्य क्षेत्रका विज्ञबीच भएको बैठकपछि यस्तो माग गरिएको हो। कांग्रेसले र्‍यापिडलाई रोकेर पिसिआर परीक्षणलाई तीव्र बनाउन जोड दिएको छ। परीक्षण समुदायस्तरसम्म पुर्‍याउनुपर्ने अनिवार्य आवश्यकता छु, कांग्रेसले भनेको छ, तर र्‍यापिड टेस्टको विश्‍वासनीयतामा विश्‍वव्यापी प्रश्‍न उठिरहेको बेला त्यसलाई निरन्तरता दिने कार्य रोकिनुपर्छ। पिसिआरकै क्षमता र दायरा बढाइनुपर्दछ। कांग्रेसले अझै पनि स्वास्थकर्मीलाई पर्याप्त पिपिईलगायत सामग्री नपुगेको जनाएको छ। यतिको समय व्यतित हुँदा पनि अझै स्वास्थ्य सामग्रीहरु पर्याप्त नहुँदा…