स्वास्थ्यसमाचार/ रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ९ मा मानसिक स्वास्थ्यसम्बन्धी दुईदिने तालिम कार्यक्रम सम्पन्न भएको छ । सैनामैना नगरपालिका वडा नम्बर ९ को आयोजनामा तालिम सम्पन्न भएको हो । कोरोना महामारी तथा विभिन्न कारणले पुरुषको तुलनामा महिलालाई मानसिक स्वास्थ्य समस्या हुने देखिएकोले तालिम आयोजना गरी वडाभित्रका ३० जना महिलाहरुलाई तालिम दिएको वडाअध्यक्ष डोलराज भण्डारीले बताए । उनले भने, ‘हामीले ९ नम्बर अरु वडा भन्दा फरक सबै क्षेत्रका रुपले पिछडिएको छ, महिलाहरुलाई सुरु देखि नै विभिन्न तालिम दिएर आत्मनिर्भर बनाउनेतर्फ लागेका छौं । ’उनले विगत ३ वर्षदेखि विश्वमा फैलिएको कोरोना महामारीबाट…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
कोरोना जोखिमको सामना गर्न लुम्बिनी प्रदेश तयार :मुख्यमन्त्री केसी
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशमा बजेट तथा सामग्री सहयोगका लागि प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छन् । मुख्यमन्त्री केसीले दोस्रो चरणको कोभिड खर्च व्यवस्थापनका लागि संघीय सरकारले १० करोड श्रोत भर्ना गरिदिनुपर्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका हुन् । लुम्बिनी प्रदेश ‘मिनी नेपाल’ भएको भन्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारको बजेटबाट मात्रै जनताको जीवन सुरक्षा गर्न चुनौती हुने प्रष्ट पारे । कोरोनाबाट तराइका जिल्लाहरू बढी प्रभावित भएको र अब गर्मी याममा हुनसक्ने आगलागी र बाढीपहिरो नियन्त्रणका लागि पनि ध्यान दिनुपर्ने उनले बताए । यस्तै भारतबाट आउने नागरिकलाई परीक्षण गर्दा कोभिड…
कोभिशिल्डको बुस्टर डोज ओमिक्रोनविरुद्ध प्रभावकारी :अध्ययन
एजेन्सी/ स्वास्थ्यसमाचार /एस्ट्राजेनेकाले तयार पारेको कोभिड(१९ विरुद्ध खोपको बुस्टर डोज नयाँ ओमिक्रोन भेरियन्ट विरुद्ध एन्टिबडीहरू बढ्ने एक अध्ययनले दावी गरेको छ। एङ्ग्लो(स्वीडिश बायोफार्म कम्पनीले बिहीबार जारी गरेको सुरुवाती तथ्यांकमा यस्तो जानकारी दिएको हो । अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको र भारतले कोभिशिल्ड नाम दिएको खोपको जारी परीक्षणले यसको तेस्रो डोजले सार्स(सीओभी२को बीटा, डेल्टा र गामा भेरियन्टहरू विरुद्ध शरीरको प्रतिरोधात्मक क्षमता बढाएको देखाएको छ । परीक्षण नमूनाहरूको फरक विश्लेषणहरुले ओमिक्रोन भेरियन्ट विरुद्ध द्रुत गतिमा एन्टिबडी बढाएको पाइएको छ। भ्याक्सभेरिया र कुनै एमआरएनए खोप पाएका मानिसहरूको अध्ययनले सो नतिजा देखाएको हो। एस्ट्राजेनेका र…
कोरोना बढेपछि सरकारले जारी गर्यो ३६ बुँदे नयाँ आदेश : के गर्न पाइन्छर के गर्न पाइन्न ?
स्वास्थ्यसमाचार/सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्वव्यापी महामारीका रूरुपमा फैलिएको नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर नेपालमा समेत बढ्दै गएकाले सोको रोकथाम तथा नियन्त्रण, निदान र उपचारका लागि आदेश जारी गरिएको बताए । सरकारले आदेशमार्फत सबै प्रकारका आमसभा, जुलुस, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन नगर्ने निर्णय गरेको छ । गोष्ठी, सेमीनार, समीक्षा, बैठक जस्ता क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमद्वारा गर्ने तथा भौतिकरूपमा उपस्थित भई गर्नुपर्ने काम जनस्वास्थ्यका…
रुपन्देहीमा माघभित्र १८बर्षमाथिका सबैलाई कोरोनाबिरुद्धको खोप : शर्मा
कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा ‘हट स्पट’ बनेको रुपन्देही जिल्लामा आर्थिक भौतिक र मानबिय क्षति व्यहोर्नु प¥यो।रुपन्देहीमा हालसम्म रुपन्देहीमा ३२हजार १सय ४७को कोरोना परिक्षण गरिएकोमा २९ सय ३३ संक्रमित संक्रमित भए। जसमध्ये ९४ जनाको मृत्यु समेत भयो। कोभिड १९ का कारण रुपन्देहीको आर्थिक, सामाजिक, राजनैतिक लगायत हरेक क्षेत्र प्रभावित बन्यो। यसको रोकथाम तथा नियन्त्रण र नागरिकको स्वास्थ्य रक्षाका लागि सरकारले विभिन्न चरणमा स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर विविध गतिविधि सञ्चालन समेत गरेको थियो। कोरोना भाइरस विरुद्धको विभिन्न खोपहरु बनेपछि खोप अभियान सञ्चालन गरी कोभिड १९ नियन्त्रणको अभियानमा यतिबेला सरकार जुटिरहेको…
कोरोना नियन्त्रणका लागि सरकारलाई एमालेको २२ बुँदे ध्यानाकर्षण पत्र
स्वास्थ्यसमाचार/ प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ नियन्त्रणका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् । प्रमुख प्रतिपक्ष नेकपा एमालेले शनिबार कोभिड नियन्त्रणका विषयमा बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै उनले सबै मिलेर कोरोना भाइरस संक्रमणको जोखिमलाई परास्त गर्नुपर्ने बताएका हुन् । “कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी हामी सबै एकजुट हुनुपर्छ”, उनले भने, “सबैको सहकार्य र एकताबाट नै कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथाम गर्न सकिन्छ ।” प्रधानमन्त्री देउवाले अहिले देखिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन धेरै संक्र्रामक भएकाले सावधानी अपनाउन र सचेतना फैलाउन सरकारले पहल गरिरहेको उल्लेख गर्दै…
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी,पत्रकारलाई माघ २ देखि बुस्टर डोज खोप दिने
स्वास्थ्यसमाचार/स्वास्थ्यमन्त्रालयले भोलि माघ २ गतेदेखि बुस्टर डोज दिने भएको छ ।अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायतलाई सरकारले भोलिदेखि बुस्टर डोज खोप दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्र लेख्दै भोलि माघ २ गतेदेखि अग्रपङ्क्तिमा खटिनेहरुलाई बुस्टर डोज दिन भएको हो । मन्त्रालयका अनुसार ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज दिइनेछ ।पहिलो र दोस्रो मात्रा जुन खोप लगाएको हो, बुस्टर डोजमा पनि त्यही खोप दिइनेछ । पूर्ण खोप लगाएको ६ महिना भइसकेकालाई बुस्टर डोज दिन लागिएको हो ।लुम्बिनी प्रदेशसमा…
सर्वाङ्गिण बिकासका लागि योग :बिष्णु हरि आचार्य ( योगिराज)
बिष्णु हरि आचार्य ( योगिराज) राष्ट्रिय योग दिवस २०७८ सर्वाङ्गिण बिकासका लागि योग भन्ने मुल नाराका साथ यहीँ माघ १ गते मनाइदै छ।देशमा कोभिड-१९(ओमिक्रोन) महामारीले तिब्र रुप लिदै गर्दा भेला वा समारोह नगरी भर्चुअल माध्यमबाट योग दिवस मनाउन कोभिड-१९ संकट ब्यबस्थापन समन्वय केन्द्र ( सिसिएमसी) ले निर्देशिका जारी गरेको छ। त्यसैले नियमित अभ्यास कर्ताहरुले आफ्नै घर परिवार समेटी योगमा जुटौ।सिक्न चाहानेहरु भर्चुअल माध्यममा जोडिएर योग गरौ।यसरी राष्ट्रिय योग दिवस भब्य रुपमा मनाउ।जस्ले कोभिड्का कारण कमजोर भएको मनोबल उच्च राख्न महत्वपूर्ण भुमिका खेल्ने छ। बिश्व स्वास्थ्य संघका अनुसार स्वास्थ्य भनेको केवल…
गाडीमा डष्टबिनको अनिवार्य व्यवस्था मिलाउन निर्देशन
स्वास्थ्यसमाचार /पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.ले मातहतका सम्पूर्ण व्यवसायी, चालक, परिचालक, हेल्पर तथा शाखा इञ्चार्जहरुलाई गाडीभित्र अनिवार्य रुपमा डष्टबिनको व्यवस्था गर्न÷गराउन निर्देशन दिएको छ । तिलोत्तमा नगरपालिकाको पत्र अनुसार प्रा.लि. ले गाडीमा निस्कने फोहोरमैला डष्टबिनमा राखी फोहोरमैला फाल्ने ठाउँमा मात्र फाल्न निर्देश गरेको हो । प्रा.लि. ले यात्रुहरुलाई पानीका खाली बोत्तल, कागज, प्लाष्टिक वा अन्य फोहोरहरु बाटोमा फाल्न नदिन पनि सम्पूर्ण व्यवसायी व्यवसायी, चालक, परिचालक, हेल्परलाई निर्देशन दिएको छ । निर्देशनको बोधार्थ तिलोत्तमा नगर प्रमुख, उप–प्रमुख, वातावरण शाखा तथा नगरस्तरीय टोल विकास संस्थालाई पठाइएको छ । जथाभावी फोहोरमैला फालेको पाइएमा…
ओमिक्रोनको संक्रमण फैलिन नदिन रुपन्देही प्रशासनको सक्रियता बढ्यो
स्वास्थ्यसमाचार/ कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पूर्वसतर्कताका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सक्रियता बढाएको छ । छिमेकी मुलुकसहित देशका विभिन्न भागमा संक्रमणदर बढ्दै जाँदा त्यसको रोकथाम तथा नियन्त्रणको पूर्वतयारीका लागि रुपन्देही प्रशासनले सक्रियता बढाएको हो । कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले कोभिड–१९ को संक्रमणको जोखिमलाई दृष्टिगत गरी स्वास्थ्यसम्बन्धी सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गराउने निर्णय गरेको छ । २५ जना भन्दा बढी मानिसको उपस्थिति हुने गरी कुनै पनि किसिमको भेला, मेला तथा महोत्सवहरु तथा सामाजिक लगायतका कार्यहरु नगर्ने/नगराउने निर्णयलाई कार्यान्वयन गर्न रुपन्देहीका प्रमुख जिल्ला अधिकारी…