स्वास्थ्यमा ४ हजार ६सय ६६ दरबन्दी रिक्त ,२०९ कर्मचारी फाजिलमा

स्वास्थ्यसमाचार/ संघीयतापछि भएको कर्मचारी समायोजन व्यवस्थित नहुँदा स्वास्थ्य क्षेत्रका कर्मचारी कहीँ बढी र कहीँ घटी रहेको पाइएको छ।

महालेखा परीक्षणकको ६० औं वार्षिक प्रतिवेदनले समायोजनपश्चात कतिपय कार्यालयमा बढी र कतिपयमा घटी कर्मचारी रहेका अवस्था अझै यथावन् रहेको जनाएको हो।

स्वास्थ्य सेवा ऐनमा कुनै पनि कर्मचारीलाई पदीय जिम्मेवारी नदिई एक महिना भन्दा बढी अवधिसम्म कार्यालयमा राख्न नहुने उल्लेख भएपनि स्वास्थ्य तर्फका २०९ कर्मचारी फाजिलमा रहेको महालेखाले जनाएको छ।

स्वास्थ्य तर्फ ३१ हजार ५९२ दरबन्दी रहेकोमा संघ, प्रदेश र स्थानीय तहमा २६ हजार ७१७ जना कर्मचारी समायोजन भएको र ४ हजार ६६६ दरबन्दी रिक्त रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

सम्बन्धित शिर्षक :