भाइरल ज्वरोका कारण एमाले अध्यक्ष केपी शर्मा ओली अवस्थ

स्वास्थ्यसमाचार/ एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ। भाइरल ज्वरोका कारण ओलिको स्वास्थ्यमा समस्या देखिएको हो ।

अध्यक्ष ओली भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएपछि औषधि आएर आराम गरिरहनुभएको जानकारी उहाँको सचिवालयले दिएको छ।

ओलिले सामाजिक सञ्जाल फेसबुक मार्फत भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ, अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु।”

आगामी वैशाख १० गते हुन लागेको तनहुँ, चितवन र बारामा हुन लागेको उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई अध्यक्ष ओलीले विजयी हुन अग्रीम शुभकामना व्यक्त गर्नुभएको छ।

“तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारको चुनावी अभियानमा सहभागी हुने मेरो इच्छा थियो, तर, अहिले म ती कार्यक्रममा सहभागी हुन सकिरहेको छैन”, अध्यक्ष ओलीले भन्नुभएको छ, “तनहुँ– १ मा सर्वेन्द्र खनाल, चितवन–२ मा राम न्यौपाने र बारा–२ मा पुरुषोत्तम पौडेललाई हामीले उम्मेदवार बनाएका छौँ, तपाईंहरूको प्रतिनिधित्वका लागि उहाँहरू योग्य उम्मेदवार हुनुहुन्छ, उहाँहरूलाई विजय गराउनुहुन तनहुँ–१, चितवन–२ र बारा–२ का आम मतदाता समक्ष म विनम्र आग्रह गर्दछु।”

अध्यक्ष ओलीले आफ्नो स्वास्थ्य अवस्था ठीक भएपछि तीनै उम्मेदवारलाई भेट्न आउने उल्लेख गर्दै लेख्नुभएको छ, “स्वास्थ्य अवस्था ठीक भएपछि उपयुक्त समयमा म तपाईंहरूलाई भेट्न आउने नै छु, तीनै उम्मेदवारलाई विजयको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

सम्बन्धित शिर्षक :