स्वास्थ्यकर्मी संघ रुपन्देहीको अध्यक्षमा घनलाल अर्याल निर्वाचित

स्वास्थ्यसमाचार/ नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देहीको ८औ जिल्ला अधिबेशनले घनलाल अर्यालको अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको छ। भैरहवामा सम्पन्न स्वास्थ्यकर्मी संघ रुपन्देहीको ८औ जिल्ला अधिबेशनले नयाँ नेतृत्व चयन गरेको हो।

संघको उपाध्यक्ष खुल्लामा वालकृष्ण कडेल,उपाध्यक्ष खुल्ला महिलामा दिलमाया राना, उपाध्यक्ष खुल्ला सरकारीमा केशब ढकाल उपाध्यक्ष निजीमा उमापति ढकाल, उपाध्यक्ष समाबेसीमा सुरेन्द्र प्रसाद द्धबेदी,उपाध्यक्ष महिला स्वयमसेबिका करुणा जोसी खडका, सचिब नन्दाराम पौडेले,कोषाध्यक्ष रमेश रिजाल,सहसचिब सरकारी बिजय धोज बस्नेत,सहसचिब निजी नारायण कुबर सहसचिब युवा बिन्दु अर्याल रहेका छन।

भने सदस्य खुल्ला त्रिलोक प्रसाद बस्याल,सागर गौतम,लक्ष्मी पौडेल महिला मनिसा थापा, आदिबासी जनजातीमा मन्ती चौधरी,मधेसी मुस्लीममा बिरेन्द्र प्रसाद कोहार,पिछडिएको क्षेत्र सन्ध्या क्षेत्री,युवा अपागमा बिशाल कुबर,युवा समिती संयोजक अर्जुन भन्डारी र महिला समिति संयोजक मन्जु खनाल भट्राई निबिरोध चयन भएको निर्बाचन संयोजक अधिबक्ता संञ्जीब बस्यालले जानकारी दिनु भयो।

अधिवेशनमा काँग्रेस नेता, पूर्वमन्त्री भरतकुमार शाहले स्वास्थ्य क्षेत्रमा भएका समस्या र स्वयम् स्वास्थ्यकर्मीका समस्या समाधानको लागि संघले नेतृत्वदायी भूमिका खेल्नुपर्ने भनाई राख्नुभयो । उहाँले संघले उठाएका समस्या समाधानको लागि आफ्नो ठाउबाट पहल गर्ने बताउनु भयो ।

त्यस्तै नेपाली काँग्रेस रुपन्देहीका सभापति एवम् तिलोत्तमाका नगरप्रमुख रामकृष्ण खाँणले संघले उठान गरेका स्वास्थ्यकर्मी र स्वास्थ्य क्षत्रका समस्या समाधानको लागि पार्टीले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

संघका अध्यक्ष रामप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा ट्रेड युनियनका नेता काजिमान श्रेष्ठ, नेपाल स्वास्थ्यकर्मी संघ लुम्बिनी प्रदेश संयोजक नमनारायण वेलवासे, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रीय सदस्य तथा रुपन्देहीका निवर्तमान अध्यक्ष विश्वबनदु विनयी,

नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका अध्यक्ष ओमप्रकाश चौधरी, नेपाल निजामति कर्मचारी युनियन रुपन्देहीका अध्यक्ष चक्रपाणी पाण्डे, राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनका अध्यक्ष ज्ञानप्रसाद पौडेल, नेपाल स्वास्थ्य प्राविधिक संघ रुपन्देहीका अध्यक्ष बुद्धिबहादुर घर्ती, राष्ट्रिय स्वास्थ्यकर्मी संगठन रुपन्देहीका अध्यक्ष रामेश्वर ढकाल लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :