स्वास्थ्यसमाचार/ कपिलवस्तुको कृष्णनगर नाका हुँदै नेपाल प्रवेश गरेका १० जनामा कोरोना देखिएको छ । पछिल्लो २ सातामा ४४० जनाको कृष्णनगर नगरपालिकामा रहेको हेल्थ डेस्कमा एन्टीजिन विधिबाट परीक्षण गरिएको थियो ।
पछिल्लो साता १ हजार ५६५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । तीमध्ये ३९२ जनाको एन्टीजिन विधिबाट परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये ९ जनामा कोरोना देखिएको थियो ।
पोजेटिभ देखिएका ९ जनाको भेरियन्ट चेक गर्नका लागि नमुना सङ्कलन गरी केन्द्रीय प्रयोगशालामा पठाइएको स्वास्थ्य कार्यालय कपिलवस्तुका स्वास्थ्य निरीक्षक उमेशचन्द्र घिमिरेले बताउनुभयो । अघिल्लो साता १ हजार ४८४ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।
तीमध्ये लक्षण देखिएका ४८ जनालाई एन्टीजिन परीक्षण गर्दा १ जनामा सङ्क्रमण भएको पुष्टि भएको थियो । कोरोना सङ्क्रमण देखिनेमा अर्घाखाँची, प्युठान, दाङ, कपिलवस्तु, गुल्मीका छन् ।
प्रतिकया दिनुहोस्