लुम्बिनी प्रादेशिक अस्पतालका नर्सहरूले सन्देशमूलक गित गाएर तीज मनाए

स्वास्थ्यसमाचार / देशभर फैलिएको कोरोना भाइरसको संक्रमणका कारण वर्ष दिनमा आउने तीज पर्वमा परिवार, आफन्तसँग रमाइलो गरी मनाउन नपाए पनि लुम्बिनी प्रादेशिक अस्पतालका नर्सहरूले भने सन्देशमूलक गीतसहित तीज मनाएका छन । अघिका वर्षहरूमा तीजमा आलोपालो गरी माइत जाने नर्सहरूले यो पटक बिदा पाएनन्। कोरोना भाइरसको गति संगै र उनीहरूको व्यस्तता पनि निकै बढेको छ । विगत पाँच महिनादेखि कोरोना संक्रमितसँगै नियमित उपचारका लागि आउने बिरामीको सेवामा खटिएका उनीहरूले अस्पतालमै सन्देशमूलक तीज गीत गाएर रमाएका छन। लुम्बिनी प्रादेशिक अस्पतालका नर्सिड ईन्र्चाज ज्योति पौडेलको नेतृत्वमा अस्पताका नर्सहरुले सन्देश मुलक गित गएका छन।…

बुटवलको कोरोना अस्पतालमा प्युठानका ६४ वर्षिय संक्रमितको मृत्यु

स्वास्थ्यसमाचार/ बुटवलको कोरोना विशेष अस्पतालमा प्यूठानका ६४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु छ। लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले साउन ३२ गते प्युठानमा नै संक्रमण पुष्टि भएका उनी भदौ १ गते कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए आज विहान साढे ६ बजे मृत्यु भएको बताए । संक्रमण पुष्टि भएसँगै उनमा खोकी लाग्ने ज्वरो आउने र स्वाशप्रस्वासमा समेत समस्या देखिएपछि बुटवल ल्याइएको थियो।कोरोना बिशेष अस्पतालमा उनलाई भेन्टिलेटरमा राखेर उपचार जारी थियो। भारतबाट रोजगारी गरेर फर्किएका गौतम नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका थिए । उनलाई सुगर र उच्च रक्तचाप समेत रहेको…

लायन्स भैरहवा ग्रिनसिटीले थाल्यो ‘तपाईको मास्क खोई’ अभियान

स्वास्थ्यसमाचार/ समुदायमा कोरोना संक्रमण बढिरहेकोबेला लायन्स क्लब अफ भैरहवा ग्रिन सिटिले भैरहवाको टोलटोलमा तपाईको मास्क खै भन्ने ब्यानर लगाउन थालेको छ । ग्रिनसिटिले सर्वसाधरणलाई सचेत गराउनेगरि मास्क लगाउनु अनिवार्य भएको भन्दै गरेको ब्यानरिङ अति नै महत्वपुर्ण रहेको लायन्स क्लब अफ ३२५ बिटू का स्ट्राटेजिक चिफ नवराज न्यौपानेले बताए ।ग्रिनसिटिका अध्यक्ष शिबनाथ गुप्ताले लकडाउन भएता पनि मान्छेहरु साझ र बिहानपख मास्क नलगाई बाटो र चौकतिर हुल बाधेंर हिडिरहेकोबेला उनिहरुलाई सचेत गराउने ढंगले मास्क लगाउन उत्प्रेरित गर्ने तरिकाले ब्यानरिङ गरिएको बताए । उनले भने, हामी सेवा गर्छौ भन्ने मूल उद्श्यकासाथ स्थापित लायन्स…

जोखीममा छौ साह्रै हामी जोखीममै छ परिवार, युद्धहामी लडेका छौंं बिना हतियार !

बुवा आमा दाजु भाई दिदी वहिनी सैंसाथी । दरजा अनुसारको ढोग बरिलै ।। घुमिफिरी आउने यो रमाईलो तिजमा । वाधक बनिदियो रोग बरिलै।। चर्चा भयो सबै तिर कोरोना कहरको। सुनिदिनुस २, ४ कुरा नमानि झर्काे । दिन प्रतिदिन बढेका छन् रोगी र मृतक ।। पिसीआरको दायरा बढाउ बनाउ पृथक। स्वास्थ्यकर्मि, सुरक्षाकर्मि सबैभन्दा पहिले।। जाँँच गरौंं साह्रै जोखीम छ नि अहिले। नसोंंच्नु होला हजुर यिनलाई मात्र फाईदा हो।। समुदाय जोगाउने गज्जव काईदा हो । अत्याबश्यक सेवा दिने स्वास्थ्य संस्थाको अवस्था माक्स छैन पंञ्जा छैन कस्तो ब्यवस्था । ब्यबस्थापनमा ध्यान नदिने नेतृत्व…

संक्रमतिको मनोबल बढाउन बुटवलमा सुरु भयो नौलो काम

स्वास्थ्यसमाचार/  विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बुटवलमा पनि बढिरहेको अवस्था छ । संक्रमण रोकथाम र संक्रमितको मनोबल बढाउन बुटवल उपमहानगरपालिकाले विभिन्न उपायहरु अबलम्बन गरिरकोे छ । सचेतना, सावधानी, क्वारेन्टिन, आइसोलेशन सेन्टर हुँदै भेन्टिलेटर र आइसीयूसहितका अस्पतालसम्म निर्माण गरिएका छन् । यसका अतिरिक्त लक्षण नदेखिएका संक्रमित र कन्ट्रयाक टे«सिङमा परेकाहरुलाई सुरक्षित तरिकाले होम आइसोलेशनमा राखिएका छन् । होम आइसोलेशनमा राखिएका तिनै संक्रमित र तिनका परिवारलाई भेट्न बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी घरघरमा पुग्नुभएको छ । स्वास्थ्य सावधानीका उपायको जानकारीसहितको स्वास्थ्य लाभको पत्र र वैकल्पिक उपचार पद्दतिका आयुर्वेद ओखती…

शुरक्षित रुपमा चाडपर्व मनाउन सामाजीक मन्त्री बरालको आग्रह

स्वास्थ्यसमाचार/ सामाजि विकास मन्त्री सुदर्शन बरालले महिलाहरुको महान चार्ड हरितालिका (तीज) पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन। तिजको पुर्व सन्ध्यामा वुधवार शुभकामना सन्देश संप्रेषण गर्दै कोभिड १९ लाई मध्यनजगर गरी जारी गरिएको मापदण्डलाई पालना गरी पर्व मनाउन अनुरोध गरेका छन । प्रदेश सरकारले कोभिड १९ रोकथाम तथा नियन्त्रणको प्रयास गर्दा गर्दे पनि पनि समाजमा यसको संक्रमण दर बढिरहेकोले जनाउदै जनस्वास्थ्यमा पर्नसक्ने थप नकारात्मक असर आउन नदिन सबैको पहलकदमी आवश्यक रहेको वताए । मन्त्री बरालले शुभकामना सन्देश तथा अपिलमा भनिएको छ – यसमा प्रदेश सरकार गम्भीर भएको छ । जन जीवन…

भदौ ७ सम्म बुटवल तरकारी थोक बजार निषेधित क्षेत्र घोषणा

स्वास्थ्यसमाचार/ बुटवल तरकारी थोक बजार निषेधित क्षेत्र घोषणा गरेको छ । बुटबल उपमहानगरपालिकाले आज एक सूचना जारी गर्दै हरियो तरकारी खरिद विक्री गर्दा व्यापक भिडभाड हुदाँ कोरोना संक्रमणको जोखिम भएकोले भोलिदेखि भदौ ७ गतेसम्म सब्जिमण्डी निषेधित क्षेत्र घोषणा गरेको जानकारी दिएको हो । लुम्बिनी प्रादेशिक अस्पतालदेखि तिनाउ पुलसम्म र सब्जिमण्डीदेखि बसपार्कको न्यू ईरा होटेलसम्मको क्षेत्रलाई हरियो तरकारी विक्री वितरण गर्न नमिल्ने गरी निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । सब्जिमण्डीबाट आलु, प्याज, लसुन र फलफुलको थोक विक्री वितरण मात्र पूर्व निर्धारित…

एक सय एक वर्षको उमेरमा राष्ट्रकवि माधव प्रसाद घिमिरेको मृत्यु

स्वास्थ्यसमाचार / राष्ट्रकवि माधव प्रसाद घिमिरेको मृत्यु भएको छ । मंगलवार साझ ५ बजेर ५५ मिनेटमा मृत्यु भएको घिमिरेकी छोरी डा किरण रेग्मीले बताइन् । उनको लैनचौरस्थित घरमै मृत्यु भएको हो । ‘घरमै हुनुहुन्थ्यो ’ डा। रेग्मीले भनिन् ‘ अहिले साँझ ५ बजेर ५५ मिनेटमा मृत्यु भएको हो ।’ कवि घिमिरेलाई लामो समयदेखि पेट र छातीको समस्या थियो । घिमिरेको जन्म विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो । नेपाली साहित्यमा स्वच्छन्दतावादी शैलीमा कलम चलाउने घिमिरेलाई २०६० साल असोज ९ गते सरकारले राष्ट्रकविको उपाधि प्रदान…

कोरोना संक्रमण बढेपछि रुपन्देही भाद्र ७ सम्म लकडाउन

स्वास्थ्यसमाचार/ जिल्ला प्रशासन कार्यलय रुपन्देहीले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आज देखि लकडाउन गरिएको छ। समुदायस्तरमै कोरोना संक्रमण फैलिन थालेपछि भदौ ७ गते राती १२ बजेसम्मका लागि जिल्ला लकडाउन गरिएकोे हो। रुपन्देही जिल्लामा कोभिड–१९को संक्रमण बढ्दै गइरहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला संकट व्यवस्थापन केन्द्र रुपन्देहीले जिल्ला लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए। संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तत्काल थप सर्तकता अपनाउनका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्ने गराउने गरी भदौ ७ गते सम्मका लागि…

भाद्र ३ देखी १० सम्म तिलोत्तमा पूर्ण रुपमा बन्द, साइकलसमेत चल्न नपाउने

स्वास्थ्यसमाचार /समुदाय स्तरमा कोरोना संक्रमण फैलिँदै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भोलिदेखि पूर्ण रुपमा बन्द हुने भएको छ । संक्रमण बढ्दै गएपछि नगरको कोरोना संक्रमण रोकथाम तथा संकट व्यवस्थापन समितिको बैठकले भदौ ३ गते साँझ ७ बजेदेखि आगामी भदौ १० गते साँझ ७ बजेसम्म एक हप्ता लकडाउन गर्ने निर्णय गरेको हो । सुरक्षा निकाय, राजनीतिक दल, तिलोत्तमा उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श, उद्योग–व्यापार संगठनका प्रतिनिधिहरुको समेत उपस्थितिमा सोमवार बसेको संकट व्यवस्थापन केन्द्र ९सिसीएमसी० को बैठकले एक हप्ता पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो । यो अवधिमा दुग्ध डेरीडिपो बिहान ६…