विवाह गर्न नमानेको भन्दैं डाक्टरको घरमा गएर नर्सले गरिन् आत्महत्या

स्वास्थ्यसमाचार/वीर अस्पतालमा कार्यरत एक जना नर्सिङ अधिकृतले प्रेमीले विवाह गर्न नमानेको भन्दैं आत्महत्या गरेकी छन् । बालाजु प्रहरीकाअनुसार विवाह प्रेमीले विवाह गर्न नमानेको भन्दैं वीर अस्पतालमा कार्यरत नर्सिङ अधिकृत अनुमा श्रेष्ठले शनिबार दिउँसो ३ः५५ बजे बालाजु बोहोराटास्थित प्रेमीकै कोठामा पुगेर आत्महत्या गरेकी हुन् ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालकाअनुसार उनले बालाजु बोहोराटारस्थित तीन तले घरको दोस्रो तलामा पंखामा सलले पासो लगाएको अवस्थामा फेला पारेको थियो ।

‘हामीलाई अपरान्ह ४ बजे घटना खबर आएपछि प्रहरी पुग्दा उनले घरको दोस्रो तलाको डा सुजन ढकाल कोठामा पंखामा पासो लगाएको अवस्थामा पाइएको हो,’ उनले भने, ‘घटनाबारे थप अनुसन्धान जारी रहेको छ । श्रेष्ठले सुसाइट नोट पनि प्रहरीले घटनास्थलबाट फेला पारेको छ ।

‘उहाँ वीरको नर्सिङ अधिकृत हुनुहुँदोरहेछ । एमएन गरेको राम्रै पढे लेखेको मान्छे,’ प्रहरी स्रोतले भन्यो, ‘तर, प्रेम सम्बन्धमा विछोड भएपछि आत्महत्या दुःखद् निर्णय लिनुभएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ ।’ भरतपुर—१ चितवन स्थायी घर भएकी अनुमा काठमाडौंको सोह्रखुट्टेमा बस्दैं आएकी थिइन् । अनुमा वीर अस्पतालमा कार्यरत आठौं तहकी स्थायी नर्सिङ अधिकृत हुन् । वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले पनि घटनाको पुष्टि गरे ।

डा सुजन र उनका बुवा अनुमासँग विवाह विषयमा तयार नभएको अनुमाको पारिवारिक स्रोतको दावी छ । अनुमाले आत्महत्या गरेपछि सुजनको परिवारले प्रहरीलाई जानकारी दिएको थियो । त्यसपछि अनुमाको परिवार चितवनबाट काठमाडौं आएपछि मात्रै प्रहरीले मुचुल्का उठाएर शव उठाएको थियो ।

पारिवारिक स्रोतकाअनुसार लामो समय प्रेम गरेपछि डा। सुजन अनुमासँग विवाह गर्न तयार थिएनन् । त्यही पीडामा अनुमाले यसअघि पनि सुसाइड गर्ने प्रयास गरेकी थिइन् । पछिल्लो केही समयदेखि उनी मानसिक रुपमा पनि समस्या झेल्दै आइरहेको बताइएको छ ।हेल्थआवाजबाट।

सम्बन्धित शिर्षक :