मेडिकल सुपरिटेन्डेन्ट डा.राजेन्द्र आफै ओपिडी बस्छन गुल्मी अस्पतालमा

स्वास्थ्यसमाचार/गुल्मी अस्पतालमा अस्पताल प्रमुख (मेसु) आफै बहिरसंग बिभाग (ओपिडी)मा बसेर बिरामी जाँच्न थालेका छन् । गत महिना अस्पताल प्रमुखको रुपमा सरुवा भएर आएका डा. राजेन्द्र जिसी ओपिडी बसेर बिरामी जाँच्न थालेका हुन् ।

पहिला पहिला अस्पताल प्रमुख (मेसु)लाई भेट्न प्रशासनिक कार्यकक्षमा मात्र बस्ने र ओपिडी नबस्ने भएकोले गुल्मीबासीका लागि यो अचम्मको विषय बनेको छ ।

‘गुल्मी अस्पतालमा यस अघि मेसु भेट्न प्रशासनतिर खोज्दै जानुपथ्र्यो, अहिले मजाले बसेर बिरामी जाँचेको देख्न पाउँदा खुसी लागेको छ’, नेपाली काँग्रेस गुल्मीका सहसचिव धर्मराज पाण्डेले भने, ‘प्रशासनिक काम पनि भ्याएर मेसु आफैले बिरामी जाँच गर्नु हामी जिल्लाबासीको लागि खुसीको कुरा हो ।’

डा. जिसीले आफ्नो अध्ययन र जागिर नै बिरामीको उपचारका लागि भएकोले ओपिडीमा बसेर बिरामी हेर्ने गरेको बताए ।अस्पतालको बहिरंग विभाग (ओपीडी)मा मात्रै दैनिक ३ सय भन्दा धेरै बिरामी आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।

बिरामीको एकदमै चाप हुने गरेकोमा मेसु आफैले दैनिक ३०/४० जना बिरामी जाँच गर्ने गरेकोले ओपिडीमा अन्य डाक्टरलाई पर्ने चाप कम हुने गरेको अस्पतालले जनाएको छ । ‘कहिले काहीँ एकजना डक्टरले दिनमा १ सय जनासम्म ओपीडीका बिरामी हेर्नुपर्ने अबस्था थियो,’ अस्पताल व्यवस्थापक असिम चौधरीले भने, ‘नयाँ मेसु सर आएपछि उहाँले पनि ओपिडीका बिरामी हेर्न थालेपछि निकै सजिलो भएको छ ।’

यसअघिमा मेसु  भने ओपीडी कक्ष बस्दैनथे । सीसी क्यामेरा हेरेर चिनेगुनेको व्यक्ति आएमा मात्र उपचारका लागि अस्पतालमा ओर्लने गरेको गुनासो सर्वसाधारणको थियो ।

सम्बन्धित शिर्षक :