स्वयंसेवी रक्तदाता समाजको अध्यक्षमा कर्माचार्य,महासचिवमा चौहान

स्वास्थ्यसमाचार/ नेपाल स्वयमसेवी रक्तदाता समाजको अध्यक्षमा पुनस् प्रेमसागर कर्माचार्य निर्विरोध निर्वाचित हुनु भएको छ । समाजको शनिबार बुटवलमा सम्पन्न चौथो महाधिवेशनले कर्माचार्यको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

समाजको उपाध्यक्षमा ध्रुव थपलिया चितवन, महासचिवमा कृष्ण चौहान क्षेत्री  (  रुपन्देही ), सचिवमा तिर्थराज अवस्थी ( कास्की)   र कोषाध्यक्षमा प्रतिमा लामा (रसुवा)निर्वाचित हुनु भएको छ ।

त्यस्तै नवनिर्वाचित केन्द्रीय कार्यसमितिको सदस्यहरुमा विमलकुमार भित्रकोटी, धर्मराज लुइटेल, प्रेमप्रसाद लम्साल, मनु लामा, प्रवासकुमार शाक्य, सुशिल घर्ती, गोविन्द वाग्ले, भिम विक, रामबहादुर खड्का, भेषराज पाण्डे, ध्रुव रुपाखेती र गुञ्जनकुमार गुप्ता रहनु भएको छ ।

 

सम्बन्धित शिर्षक :