गुल्मी अस्पतालमा वर्षौदेखिको खानेपानी समस्या समाधान

स्वास्थ्यसमाचार/गुल्मी अस्पतालमा वर्षौदेखिको खानेपानी समस्या समाधान भएको छ । शुक्रबार खानेपानीको मिटर धारा जडान गरेसँगै खानेपानीको समस्या समाधान भएको हो ।

अस्पतालको आफ्नै मुहनाको पानी एमाले पार्टी कार्यालयमा लगेपछि केही वर्षदेखि अस्पतालमा खानेपानीको अभाव भएको थियो । खानेपानी समस्या समाधानका लागि निवर्तमान अध्यक्ष भरत पाण्डेयले प्रकृया शुरु गरेका थिए ।

आफू आउनेवित्तिकै गरेपनि खानीगाउँ खानेपानी समितिको पान नम्बर नभएकोले जडान गर्न नसकिने तत्कालिन लेखापाल र मेसुले बताएको र पछि खानेपानीको जडान शुल्क चर्को भएका कारण ढिलाई भएको उनको भनाई छ ।

खानेपानी समितिले पान नम्बर लिएको तर जडान शुल्क ५० हजार पर्ने भएपछि अस्पतालले सहुलियतका लागि समन्वय गर्न रेसुङ्गा नगरपालिकासँग छलफल गरेको थियो । नगरपालिकाको समन्वमा सहुलियतमा खानेपानी जडान भएको अस्पतालले जनाएको छ ।

यसअघि खानेपानी अभाव हुँदा बिरामी, कुरुवा, डाक्टर र कर्मचारीलाई पिउन र सरसफाइँ गर्न समेत पानी थिएन । पानी पर्याप्त नभएकोले अप्रेसन कक्षमा समेत बाल्टिन र जगको पानीले सरसफाई गर्नुपथ्र्यो

सम्बन्धित शिर्षक :