७२ दिनमा ४२ काम गरेर बिदा भए लुम्बिनीका स्वास्थ्यमन्त्री पन्थी

स्वास्थ्यसमाचार/ बिष्णु पन्थीले लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेको ७२ दिन भएको छ। यो अवधिमा उनले धेरै काम गरेका छन। उनी आलोचनामा भन्दा काममा बढी सक्रियताका साथ लागेका छन।

कपिलबस्तुबाट निबाचित पन्थी लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्री बनेको करिब ढाई महिना सम्म मन्त्री बन्ने अबसर पाएका थिए। उनले मन्त्रालय सम्मालेपछि कपिलवस्तु अस्पताल तौलिहवालाई ५० शैयाबाट १०० शैयामा स्तरउन्नती लुम्बिनी प्रदेशस्तरीय सरुवा रोग अस्पताल शिवराज नगरपालिका ०५ चन्द्रौटामा सिलान्यास गरेका छन।

त्यस्तै उनले लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवललाई १५ शैय्यामा स्तरउन्नती लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा क्रमश १९३ र ४३ जना अस्थाई दरबन्दी स्वीकृत कोरोना भाईरस (कोभिड १९) बाट मृत्यु भएका परिवारलाई ६ करोड ३६ लाख राहत रकम निकासा गरेका छन।

मन्त्री पन्थीले लुम्बिनी प्रदेशका अस्पतालमा रिक्त रहेको नवौँ तहका विशेषज्ञ चिकित्सकहरुको अस्थायी पदपूर्ति गर्ने व्यवस्था ,कपिलवस्तु अस्पताल तौलिहवा, राप्ति प्रादेशिक अस्पताल तुलसीपुर, बर्दिया अस्पतालमा डायलासिस सेवा संचालन गर्न आवश्यक जनशक्ति र मेडिकल सामग्री व्यबस्थापन निशुल्क रक्त संचार सेवा सामुदायिक र सहकारी अस्पतालबाट सेवा उपलब्ध जिल्ला र प्रादेशिक अस्पतालहरुमा विशेषज्ञ चिकित्सकहरुको अस्थायी पदपूर्ति गर्ने व्यवस्था गरेको बताएका छन।

पन्थीले यि वाहेका अन्य पनि काम गरेर लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रमा केहि सुधारको अबस्था श्रृजन ागर्न खोजेको देखिन्छ । उनले  पुर्व मुख्यमन्त्री कुल प्रसाद केसीको पालमा अस्पताल बिकास समितिका अध्यक्षहरु लाई अबधि नपुगी हटाएका छन। जसवाट उनी केही आलोचित भएका छन। समग्रमा पन्थीले आलोचना कम र काम बढी गर्नेमा रहेका छन।आफनो पालमा भएका कामको बिबरण यस्तो रहेको पन्थीले बताएका छन।

प्रगति विवरण

1. कपिलवस्तु अस्पताल तौलिहवालाई ५० शैयाबाट १०० शैयामा स्तरउन्नती गरिएको ।

2. लुम्बिनी प्रदेशस्तरीय सरुवा रोग अस्पताल शिवराज नगरपालिका ०५ चन्द्रौटामा सिलान्यास गरिएको ।

3. लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवललाई १५ शैय्यायुक्त अन्तरङ्ग सेवा प्रवाहका स्तरउन्नती गरिएको ।

4. लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पतालमा क्रमश १९३ र ४३ जना अस्थाई दरबन्दी स्वीकृत प्रदान गरिएको ।

5. कोरोना भाईरस (कोभिड १९) नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको बैठक बसी ६ सय ३६ जना कोभिड

१९ बाट मृत्यु भएका परिवारले पाउने जनही रु १/१ लाख गरी कूल जम्मा ६ करोड ३६ लाख राहत रकम जिल्ला प्रशासन कार्यालयमा पठाइएको ।

6. नवौँ तहका विशेषज्ञ चिकित्सकहरुको अस्थायी पदपूर्ति गर्ने व्यवस्था गरि ६९ जनाको नियुक्ति प्रक्रिया अघि बढाइएको ।

7. कपिलवस्तु अस्पताल तौलिहवा, राप्ति प्रादेशिक अस्पताल तुलसीपुर, बर्दिया अस्पतालमा डायलासिस सेवा संचालन गर्न आवश्यक जनशक्ति र मेडिकल सामग्री व्यबस्थापन गरिएको।

8. निशुल्क रक्त संचार सेवा सामुदायिक र सहकारी अस्पतालबाट सेवा उपलब्ध गराउने व्यवस्था गरिएको ।

9. लुम्बिनी प्रादेशिक अस्पतालमा क्याथ ल्याब सेवा संचालन प्रकिया अघि बढाइएको ।

10. मुटुको भल्भ प्रतिस्थापन, मिर्गौला प्रत्यारोपण र क्यान्सर उपचारमा सहुलियतका लागि स्थापना देखि हालसम्म ८ सय ६० जना २ लाखका दरले आर्थिक सहयोग सिफारिस गरिएको।

11. राप्ती प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा विस्तारका लागि १० जना विशेषज्ञ डाक्टर र एक जना नरसिंग प्रशासक व्यवस्थापन गरिएको ।

12. राप्ती प्रादेशिक अस्पतालमा NICU र PICU (नवजात शिसु) सेवा विस्तारका लागि जनशक्ति र उपकरण व्यवस्थापन गरिएको ।

13. राप्ती प्रादेशिक अस्पतालमा नाक कान घटीमा तथा मानसिक बिरामीको उपचार सेवा विस्तारका लागि बजेट तथा जनशक्ति व्यवस्थापन गरिएको ।

14. भिम अस्पतालमा सिटी स्क्यान र ब्लड वैंक सेवा संचालनमा ल्याइएको ।

15. प्रादेशिक अस्पताल, जिल्ला अस्पताल र पालिकाका अस्पतालहरुलाई २५ थान अल्ट्रासाउण्ड मेसिन सहित अक्सिजन कनसन्ट्रटर, अक्सिजन सिलिन्डर, एक्सरे फिल्म भ्यु, भेन्टिलेटर, ओटी लाइट, examination टेबल, आइसियु बेड, इसिजी, Bipap, patient monitor महत्वपूर्ण मेडिकल सामाग्री हस्तान्तरण गरिएको ।

16. स्वास्थ्य ऐन पहिलो संशोधन प्रदेश सभामा पेश गरिएको ।

17. प्रदेश जनस्वास्थ्य ऐन मस्यौदालाई अन्तिम रुप दिन सरोकारवालाहरुसंग पृष्ठपोषण लिइ अन्तिम रुप दिने कार्य भइरहेको ।

18. प्रादेशिक अस्पताल सहित जिल्लाका अस्पताल विकास समितीमा रिक्त रहेका अध्यक्ष्य तथा सदस्यहरुको नियुक्ती गरिएको ।

19. सुत्केरीको लागि पोषण खाद्य आहार वितरण सम्बन्धी कार्यविधि २०७९ दोश्रो संशोधन स्वीकृत गरिएको ।

20. लागत साझेदारीमा कार्यक्रम तथा परियोजना कार्यान्वयनका लागी छनौट गरि ५ करोड बढी बराबरको सम्झौताको काम अघि बढाइएको(लमही आँखा अस्पताल लमही दाङ, राप्तीआँखा अस्पताल तुल्सीपुर दाङ, छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल कपिलवस्तु, अपाङ्गबाल अस्पताल तथा पुनस्थापना केन्द्र नेपालगंज बाँके, श्रीरिमुवा स्वास्थ्य चौकी बलेटक्सार, गुल्मी) ।

21. अस्पताल सुदृढीकरण कार्यक्रम मार्फत विभिन्न १६ वटा स्वास्थ्य सस्थामा रकम निकासा गरिएको ।

22. अस्पतालमा रिक्त मेडिकल सुपरिड़ेन्टेन्डको नियुक्ती गरिएको ।

23. राप्ती गाउपालिकालाई एक थान एम्बुलेन्स सहयोग प्रक्रिया अघि बढेको ।

24. नीति संबाद संचालन गरि प्रदेशका स्वास्थ्य प्राथमिकता र बिगत बर्षहरुदेखि संचालनमा आएका कार्यक्रमहरुको प्रभावकारिताको लेखाजोखा गरिएको ।

25. प्रदेशलाइ पूर्ण संस्थागत प्रसुती सेवायुक्त प्रदेश घोषणाको लागि कार्यविधि निर्माण भैरहेको।

26. बढ्दो प्रतिजैविक प्रतिरोध सम्बन्धी जनस्वास्थ्य समस्यालाई समयमै रोकथाम एवं निवारणका लागि कपिलबस्तु जिल्लाबाट परियोजनाको सुरुवात गरिएको।

27. अर्घाखाची अस्पतालको डीपिआर रिभाइज गरि पुर्बाधार निर्माण प्रक्रियाको चरणमा रहेको।

28. विभिन्न जिल्लाहरुमा एकिकृत स्वास्थ्य शिविर संचालन गरिएको ।

29. प्रदेश सरकारको लगानीमा निर्माण भैरहेका स्वास्थ्य पूर्वाधारहरुको निर्माणमा उल्लेख्य प्रगति हासिल भएको ।

30. प्रदेश तथा स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा अनुगमन तथा सहयोगी सुपरिवेक्षण गरिएको ।

31. ग्रामिण क्षेत्रमा गर्भवती महिलाहरुको जटीलता पत्ता लगाउन नर्सिंग कर्मचारीहरुलाई ग्रामिण अल्ट्रासाउण्ड तालिम प्रदान गरि २५ थान पोर्टेबल अल्ट्रासाउण्डमेसिन समेत वितरण गरिएको ।

32. BSL-II Standard मा सेवा बिस्तार सहित प्रदेश जनस्वास्थ्य प्रयोगशाला संचालनमा आएको।

33. ज्येष्ठ नागरिकसंग स्वास्थ्यकर्मी कार्यक्रम संचालन गरि जेष्ठ नागरिकहरुलाई घरमै गइ सेवा प्रदान गर्ने कार्य भइरहेको ।

34. थारु समुदायमा सिकलसेल तथा थालेसेमिया परीक्षण तथा उपचारका लागि ८ वटा सरकारी अस्पतालबाट सिकलसेल र थालेसेमिया रोगको निदान, परामर्श र उपचारका कार्य भइरहेको।

35. अस्पतालको न्युनतम सेवा मापदण्डको स्कोरमा सुधार भएको, लुम्बिनी प्रदेशका ४ ओटा अस्पतालहरु देशकै उत्कृष्ठ दश अस्पतालमा परेको ।

36. आयुर्वेद तथा वैकल्पिक चिकित्साको क्षेत्रमा सेवा बिस्तार गरि सेवा प्रवाह गरिएको।

37. गुल्मी बलेटक्सार स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन तथा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन गरिएको ।

38. लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, नेपाल संस्कृत विश्व विद्यालय आयुर्वेद शिक्षण सस्था बेलझुण्डी, प्रस्तावित भालुवाङ अस्पताल निर्माण स्थल, देवदह नगर अस्पताल खैरेनी, लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवल, नेपाल नेत्रज्योति संघ आखा अस्पताल कपिलवस्तु लगाएत विभिन्न अस्पतालको निरिक्षण गरिएको ।

39. हात्तिपाइले रोग विरुद्ध औषधी सेवन अभियान शुभारम्भ (कपिलवस्तु, दाङ, बाँके) गरिएको।

40. प्रदेश विपद् व्यवस्थापन परिषद् र प्रदेश स्तरीय औलो निवारण निर्देशक समितिको प्रथम वैठक गरिएको ।

41. डुमरा स्वास्थ्य चौकी मायादेवी ६ कपिलवस्तुको भवन शिलान्यास गरिएको ।

42. रुरल मेडिकल रेस्पोन्डर स्वास्थ्य तालिम, स्वास्थ्य सम्बन्धी VCAT तालिम संचालन गरिएको ।

43. ७५ औं विश्व स्वास्थ्य दिवस, विश्व औलो दिवसमा सचेतना सहित मनाइएको ।

पन्थीलाई मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरि बिदाई गरिएको छ।

 

सम्बन्धित शिर्षक :