नेपाली नर्स तथा नर्सिङ संस्थालाई ३० हजार डलरको अवार्ड’ खुल्यो

नर्स तथा नर्सिङ संस्थाहरुलाई ७ दिनभित्र मन्त्रालयको आन्तरिक शाखामा निबेदन दिनुपर्ने

स्वास्थ्यसमाचार/ थाइल्याण्डको प्रिन्सेस श्रीनगरिन्द्र अवार्डका लागि आवेदन खुल्ला भएको छ।प्रिन्सेस श्रीनगरिन्द्र फाउण्डेशनले प्रदान गर्ने उक्त अवार्ड नेपालको नर्सिङ क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई दिइने सूचनामा उल्लेख गरिएको हो।

स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले फाउण्डेसनबाट प्राप्त पत्र अनुसार बैषाख ११ गते एक सुचना जारी गर्दै नर्स तथा नर्सिङ संस्थाहरुलाई ७ दिनभित्र मन्त्रालयको आन्तरिक शाखामा आवेदन दिन भनेको छ।

नर्सिङ तथा मिडवाइफरी विषयमा अध्ययन गरेकी थाइल्याण्डकी राजकुमारी सांगभल्यको सम्झनामा सन् २००० अक्टुवर २१ मा श्रीनगरिन्द्र अवार्ड फाउण्डेशनको स्थापना गरिएको थियो। अवार्डको राशी ३० हजार अमेरिकी डलर रहेको छ।

सम्बन्धित शिर्षक :