एन्टी रेबिज भ्याक्सिन तिलोत्तमाको आनन्दवन स्वास्थ्य चौकीमा लगाईने

स्वास्थ्यसमाचार/रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एन्टीरेबिज भ्याक्सिन सेवा सुरु भएको छ । तिलोत्तमा ६ स्थित आनन्दवन स्वास्थ्य चौकीबाट उक्त सेवा सुरु भएको हो ।

यसअघि बुटवल र भैरहवामा मात्रै उपलब्ध रहेको रेबिजविरुद्धको भ्याक्सिन अब तिलोत्तमामा पनि पाइने भएको हो ।नगरप्रमुख रामकृष्ण खाणले भ्याक्सिन ब्याग स्वास्थ्य चौकीका प्रमुखलाई हस्तान्तरण गरी उक्त सेवा सुरु गरे । सेवा आरम्भ कार्यक्रममा बोल्दै खाणले स्वास्थ्य क्षेत्रमा अझै पनि चेतना कम हुँदा समस्या देखिएको बताए ।

उनले यो सेवासम्बन्धी जानकारी हरेक वडाका नगरबासीसमक्ष पुर्‍याउनुपर्नेमा जोड दिए । अन्य क्षेत्रको भन्दा तिलोत्तमाका नगरबासीको औसत आयु बढी रहेको भन्दै खाणले हरियाली प्रवर्द्धन, छाडा कुकुर र अन्य जनावर व्यवस्थापनमा नगरपालिका लागिरहेको बताए ।

नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख धुर्ब राज घिमिरेले यो सुबिधा तिलोत्तमामा शुरु भएपछी यहि उपचारको लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको वताउनु भयो। अवसरमा २०० डोज आएको बताउदै आगामी आवश्यकता अनुसार अझै ब्यवस्थापन गर्ने वताउनु भयो।
स्वास्थ्य सेवा बिभागको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट स्वीकृती पाएर प्रदेश आपूर्ति तथा ब्यवस्थापन केन्द्र लुम्बिनीले उपलब्ध भ्याक्सिन बितरण गरिने उहाले बताउनु भयो।

यो सेवा प्रदान गर्नको लागि यहाका स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान गरेको बताउदै निशुल्क सेवा प्रदान गर्ने वताउनु भयोे यो भ्याक्सिन तीन डोज दिइने बताउदै पहिलो डोज टोकेको दिन, दोस्रो डोज चौथो दिन र तेस्रो सातौ दिनमा लगाईने समेत स्वास्थ्य प्रमुख घिमिरेले बताउनु भयो।

स्वास्थ्य चौकीका प्रमुख ज्ञान प्रसाद पौडेलले रेबिज रोग लागेपछी मान्छे बाच्न नसक्ने बताउदै सतर्क रहनुपर्ने बताउदै यो भ्याक्सिन निकै प्रभावकारी हुनेहुदा सोही अनुसार ब्यवस्थापन गर्नुपर्ने वताउनु भयो।

नगरले अझै ब्यवस्थापन गरेमा चौकिले सर्प दम्शको उपचारको पनि तयार रहेको वताउनु भयो।स्वास्थ्य चौकिमा १ जना मेडिकल अफिसर सहित १३ जना स्वास्थकर्मिहरु रहेको समेत उहाले बताउनु भयो।

चौकिबाट मानसिक स्वास्थ्य परामर्श सेवा,न्युनतम खर्चमा होलबोडी चेकअप लगायतका महत्वपूर्ण सेवाहरु प्रदान गर्द आएको बताए।कार्यक्रममा स्वास्थ्य चौकिका अध्यक्ष एव वडा नम्बर ६ का अध्यक्ष गणेश पाठक, १ अध्यक्ष पर्शुराम गिरि लगायतले वोल्नु भएको थियो।

सरकारले यो एन्टी रेविज विरुद्धको भ्याक्सिन निःशुल्क उपलब्ध गराउदै आएको छ। रुपन्देहीका २ स्थानिय तहबाट यो खोप लगाउन सुरु गरिएको छ। सरकारले यो खोप अस्पतालबाट निशुल्क उपलब्ध गराउदै आएको छ। कुकुर, बिरोलो, स्याल र जंगली जनावरले टोकेका बिरामी लाई यो खोप लगाउने गरिन्छ।

सम्बन्धित शिर्षक :