रुपन्देहीमा क्षयरोग नियन्त्रणमा प्रगतिः ९४.८९% उपचार सफलता दर

स्वास्थ्यसमाचार/  जिल्लामा क्षयरोग (टिबी) नियन्त्रण तथा उपचारमा पछिल्लो समय उल्लेखनीय सुधार देखिएको छ। आर्थिक वर्ष २०८२/८३ को साउनदेखि पुससम्मको अवधिमा तयार पारिएको प्रतिवेदनअनुसार जिल्लाको उपचार सफलता दर ९४.८९ प्रतिशत पुगेको छ, जसले उपचार सुरु गरेका अधिकांश बिरामी सफलतापूर्वक निको भएको पुष्टि गर्दछ। यस अवधिमा जिल्लाभर ७६५ जना नयाँ क्षयरोगी पहिचान भएका छन् भने कुल बिरामी संख्या ८५७ पुगेको छ। नयाँ बिरामीको संख्या अझै उच्च देखिए पनि स्वास्थ्यकर्मीहरूका अनुसार सक्रिय खोज, परीक्षणको पहुँच विस्तार र जनचेतनाको वृद्धि कारण समयमै रोग पहिचान हुन थालेको हो। यसले संक्रमण फैलावट रोक्न महत्त्वपूर्ण योगदान पुर्‍याएको…

“बुटवलको स्वास्थ्य क्रान्ति: घरदैलो सेवा देखि विशेषज्ञ उपचारसम्म”

बुटवल उपमहानगरपालिका पछिल्ला वर्षहरूमा स्वास्थ्य सेवा सुधार, पूर्वाधार विकास र डिजिटल प्रणालीको प्रयोगमार्फत एक नमुना स्थानीय तहका रूपमा आफुलाई स्थापित गर्दै अगाडी बढेको छ । नागरिकलाई घरदैलोसम्म गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने लक्ष्यसहित अघि बढेको नगरले मातृ–शिशु स्वास्थ्यदेखि लिएर नसर्ने रोग नियन्त्रण, सामुदायिक सहभागिता र संस्थागत समन्वय सम्मका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । नगर प्रमुख खेलराज पाण्डेयको नेतृत्वमा अघि बढिरहेको स्वास्थ्य सुधार अभियानले बुटवललाई नेपालको एक नमुना स्वास्थ्य प्रणाली भएको शहरका रूपमा स्थापित गर्ने आधार तयार गरेको छ ।यदि यी योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन भए भने, बुटवलले भविष्यमा स्थानीय…

देशभरका निजी अस्पतालको सर्वेक्षण तयारी, वैशाखदेखि सुरु

स्वास्थ्यसमाचार/ राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ । निजी स्वास्थ्य संस्थाले मुलुकको कुल गार्हस्थ उत्पादनमा कति योगदान पुर्याएका छन् भनेर अध्ययन गर्नका लागि सर्वेक्षण गर्न थालिएको हो । तथ्यांक कार्यालयका निर्देशक तीर्थराज बरालका अनुसार देशभरिका गणकबाट आगामी वैशाखदेखि असार मसान्तसम्म तथ्यांक संकलनको काम हुनेछ । अहिले कर्मचारी करारमा लिएका छनोट गर्ने कार्य भइरहेको छ । ती कर्मचारीलाई तालिम दिनेछौँ । उनले भने, ‘अनि हामी ती कर्मचारीलाई तथ्यांक संकलन गर्न अस्पतामा पठाउँछौँ ।’ उनका अनुसार सर्वेक्षणबाट अस्पतालको आर्थिक अवस्था, अस्पतालले प्रदान गर्ने रोजगारी संख्यालगायत तथ्यांक संकलन गरिने छ ।

पाल्पामा क्षयरोग नियन्त्रणमा चुनौती, लुकाउने प्रवृत्तिले बढायो जोखिम

स्वास्थ्यसमाचार / जिल्लामा क्षयरोग (ट्यूबरकुलोसिस) निःशुल्क र प्रभावकारी भए पनि सामाजिक डर, लाञ्छना र जनचेतनाको अभावका कारण नियन्त्रणमा चुनौती बढिरहेको छ। स्वास्थ्यकर्मीहरूका अनुसार बिरामीहरूले धेरैपटक ढिला गरी मात्र स्वास्थ्य संस्थामा पुग्ने गरेका छन्। तानसेन–सेती पोखरीका ७३ वर्षीय कविराम नेपाली केही समयअघि क्षयरोगका कारण थला परेका थिए। “अब बाँच्दिनँ” भन्ने अवस्थामा पुगेका उनी अहिले नियमित औषधि सेवनपछि पूर्ण रूपमा स्वस्थ भएका छन्। उनले भने, “नियमित औषधि खाएपछि रोग निको हुँदो रहेछ, मैले त नयाँ जीवन पाएँ।” माथागढी गाउँपालिकाका दिपक दर्लामी र निस्दी गाउँपालिकाका २४ वर्षीय कमल सुनारीजस्ता बिरामीले पनि समयमै निःशुल्क…

लुम्बिनीमा अन्धोपना न्यूनीकरणका लागि रणनीतिक योजना, सहकार्यमा जोड

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशमा अन्धोपना न्यूनीकरण तथा आँखा उपचार सेवा विस्तार गर्ने उद्देश्यले तयार गरिएको रणनीतिक योजनाको मस्यौदामाथि छलफल तथा प्रमाणीकरण कार्यशाला सम्पन्न भएको छ। सन् २०२१ को सर्भेक्षणअनुसार प्रदेशमा १.८ प्रतिशत अन्धोपनाको समस्या रहेको पृष्ठभूमिमा उक्त योजना तयार गरिएको हो। कार्यशालामा प्रदेश सरकार, स्वास्थ्य क्षेत्रका विज्ञ तथा सरोकारवाला निकायबीच अन्धोपना न्यूनीकरणका उपाय, सेवा विस्तार र चुनौतीबारे छलफल गरिएको थियो। सहभागीहरूले ग्रामीण तथा दुर्गम क्षेत्रमा आँखा उपचार सेवामा पहुँच अभाव, दक्ष जनशक्ति कमी र जनचेतनाको न्यून स्तरलाई मुख्य चुनौतीका रूपमा औंल्याए। लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले अन्धोपना न्यूनीकरणलाई प्राथमिकतामा राखिएको…

५ महिनामा स्वास्थ्य मन्त्री डा. सुधा शर्माको प्रगति प्रतिवेदन सार्वजनिक

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले आफ्नो कार्यकालमा सम्पादन भएका प्रमुख उपलब्धिहरू समेटिएको ‘प्रगति प्रतिवेदन’ सार्वजनिक गरेकी छिन्। ‘जेन-जी’ आन्दोलन पश्चात् गठन भएको सरकारको नेतृत्व सम्हालेकी उनले चुनौतीपूर्ण परिस्थितिमा मन्त्रालयको जिम्मेवारी लिएर केही दूरगामी महत्वका ‘क्विक विन्स’ हासिल गरेको दाबी गरेकी छन्। प्रतिवेदन अनुसार मन्त्रालयले सेवा प्रवाह सुधार र प्रणाली सुदृढीकरणलाई दुई मुख्य पिलरका रूपमा अघि बढाएको छ। ‘जेन-जी’ आन्दोलनका घाइतेहरूको उपचारलाई उच्च प्राथमिकतामा राख्दै ‘जेन-जी प्रदर्शनका घाइतेहरूको वर्गीकरण कार्यविधि २०८२’ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ। यसैगरी, मस्तिष्कघात (स्ट्रोक) उपचारमा प्रयोग हुने महँगो इन्जेक्सन निःशुल्क उपलब्ध गराउने…

लिम्स लुम्बिनीको दोस्रो अधिवेशन: अध्यक्षमा पुनः डा.पौडेल निर्वाचित

स्वास्थ्यसमाचार/ लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटी (लिम्स) लुम्बिनीको दोस्रो अधिवेशनबाट डा. विष्णु प्रसाद पौडेल पुनः अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। अधिवेशनले  विधानअनुसार नयाँ कार्यसमिति चयन गर्दै आगामी कार्यकालका लागि जिम्मेवारी बाँडफाँट गरेको हो। समितीको वरिष्ठ उपाध्यक्षमा डा. नन्दु प्रसाद पाठक, उपाध्यक्षमा डा. महेश राज घिमिरे, महासचिवमा डा. हरी प्रसाद पन्थी र कोषाध्यक्षमा डा. विशाल के.सी. चयन भएका छन्। त्यस्तै सचिवमा डा. प्रकाश भटराई र सह–कोषाध्यक्षमा डा. मोहनलाल तिवारी चयन भएका छन्। भने सदस्यहरूमा डा. मनिष विक, डा. कृष्ण खनाल, डा. शुभाष ज्ञवाली, डा. आयुष्मा भुसाल, डा. कृष्णचन्द्र गोदार, डा. मोहन भुसाल, …

आँखा उपचार केन्द्रहरूको अर्धवार्षिक समीक्षा तिलोत्तमामा सम्पन्न

स्वास्थ्यसमाचार/ नेपाल नेत्र ज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पताल, अन्तर्गत संचालित रुपन्देही आँखा उपचार केन्द्रहरुको अर्धवार्षिक समिक्षा एंव कार्यक्रम तर्जुमा गोष्ठी तिलोत्तमामा सम्पन्न भएको छ । लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पतालका चिफ मेडिकल डाईरेक्टर प्रा डा सुशिला पटेलको सभापतित्वमा भएको कार्यक्रममा अस्यताल व्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणा, सेवा नेपालको कार्यक्रम डाईरेक्टर डाविनिता शर्मा, नेपाल नेत्र ज्योति संघ रुपन्देही शाखाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा अस्पताल अन्तर्गत संचालित ८ वटा…

लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा विशिष्टिकरण र प्रविधिमा फड्को

स्वास्थ्यसमाचार  लुम्बिनी प्रादेशिक अस्पतालले पछिल्लो एक वर्षमा सेवा विस्तार र प्रविधिको प्रयोगमा उल्लेखनीय प्रगति हासिल गरेको छ। मेडिकल सुपेरिटेन्डेन्ट डा. इन्द्र ढकालका अनुसार अस्पतालले बिरामीलाई सहज, छिटो र गुणस्तरीय सेवा दिन विभिन्न पूर्वाधार तथा प्रविधिगत सुधार गरेको हो। अस्पतालले प्रसूति तथा बालरोग भवनमा अत्याधुनिक चार वटा शल्यक्रिया कक्ष स्थापना गरेको छ भने १४ शय्याको पोस्ट अपरेटिभ र ८ शय्याको रिकभरी वार्डसहितको सुविधा सम्पन्न अपरेसन थियटर सञ्चालनमा ल्याएको छ। आकस्मिक कक्षमा बढ्दो बिरामी चापलाई मध्यनजर गर्दै ४५ शय्याको मेडिकल वार्डलाई स्तरोन्नति गरी ९० शय्यामा विस्तार गरिएको छ। प्रविधिको क्षेत्रमा पनि अस्पतालले…

तिलोत्तमा–३ मा महिलाका लागि निशुल्क स्वास्थ्य परिक्षण शिविर

स्वास्थ्यसमाचार/  तिलोत्तमा नगरपालिका वडा नं ३ले आयोजना गरेको महिलाहरुका लागि निशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ। शिविरको व्यवस्थापन वडा स्तरिय महिला संजाल र आधारभूत स्वास्थ्य सेवा केन्द्रले गरेको थियो। वडा अध्यक्ष कल्याण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख रामकृष्ण खाडले नगरपालिकाले स्वास्थ्य सेवामा जोड दिँदै आ आएको बताउनु भयो। उहाँले भन्नुभयो, “भौतिक विकाससँगै मानवीय स्वास्थ्यको पहुँच सबैका लागि सहज बनाउन हामी शहरी स्वास्थ्य केन्द्र, निजी अस्पतालसँग सहकार्य गर्दै नियमित परिक्षण कार्यक्रम गर्दै आएका छौँ।” शिविरको उद्घाटन सत्रमा स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेल, वडा सदस्य चुडा कुमारी विष्ट, र…