देशभरका निजी अस्पतालको सर्वेक्षण तयारी, वैशाखदेखि सुरु

स्वास्थ्यसमाचार/ राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ । निजी स्वास्थ्य संस्थाले मुलुकको कुल गार्हस्थ उत्पादनमा कति योगदान पुर्याएका छन् भनेर अध्ययन गर्नका लागि सर्वेक्षण गर्न थालिएको हो ।

तथ्यांक कार्यालयका निर्देशक तीर्थराज बरालका अनुसार देशभरिका गणकबाट आगामी वैशाखदेखि असार मसान्तसम्म तथ्यांक संकलनको काम हुनेछ । अहिले कर्मचारी करारमा लिएका छनोट गर्ने कार्य भइरहेको छ ।

ती कर्मचारीलाई तालिम दिनेछौँ । उनले भने, ‘अनि हामी ती कर्मचारीलाई तथ्यांक संकलन गर्न अस्पतामा पठाउँछौँ ।’ उनका अनुसार सर्वेक्षणबाट अस्पतालको आर्थिक अवस्था, अस्पतालले प्रदान गर्ने रोजगारी संख्यालगायत तथ्यांक संकलन गरिने छ ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :