स्वास्थ्य क्षेत्रमा शून्य बेरुजुका लागि विशेष कार्ययोजना निर्माण गरेर लागू गर्न पहल

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य कार्यालय र निकायहरूमा शून्य बेरुजुका लागि विशेष कार्ययोजना निर्माण गरेर लागू गर्न निर्देशन दिएका छन् । स्वास्थ्य मन्त्रालय लुम्बिनीले मातहतका कार्यालयहरूको आर्थिक सुशासनका लागि बेरुजुको समीक्षा गोष्ठी तथा शून्य बेरुजु प्रोत्साहन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सारुले हरेक कार्यालय सफल हुनका लागि योजना बनाउने, काम गर्ने र निगरानी बढाउन जरुरी रहेको बताएका छन् । शून्य बेरुजु भएका कार्यालयहरूको अनुभव आदानप्रदान गर्ने र सोही अनुसार कार्ययोजना निर्माण गरेर अघि बढ्न जोड दिइएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालय मातहतका सबै अस्पताल, स्वास्थ्य निर्देशनालय तथा…

लुम्बिनी प्रदेशमा कुपोषण न्यूनीकरणका लागि विशेष पहलः मुख्यमन्त्री आचार्य

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने गरी महिला जनप्रतिनिधिहरूको क्षमता अभिवृद्धि गर्न जरुरी रहेको बताउनुभएको छ । लुम्बिनी प्रदेश स्तरीय महिला जनप्रतिनिधिहरूको अन्तरसंवाद कार्यक्रमलाई भैरहवामा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले महिलाहरूलाई समानुपातिकभन्दा पनि प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत प्रतिस्पर्धा गरेर अघि बढ्ने वातावरण बनाउन आवश्यक रहेको धारणा राख्नुभयो । सिद्धार्थनगरपालिकाको आयोजनामा ’नेतृत्वमा महिलाको सहभागिता, न्याय र दिगो विकासको आधारशिलाझ भन्ने मान्यताका आधारमा अन्तरसंवाद गरिएको थियो । त्यस अवसरमा मुख्यमन्त्री आचार्यले मानवीय विकासका लागि तीन तहका सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।तथ्याङ्कका हिसाबले हेर्ने हो भने मातृ मृत्युदर, बाल मृत्युदर अन्य…

राजावादीले आगो लगाएको घरको लाइभ गर्न पुगेका पत्रकारको मृत्यु

काठमान्डौ/राजसंस्था पुनर्स्थापनाका लागि दुर्गा प्रसाईं नेतृत्वमा शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा व्यक्तिको घरमा आगजनी हुँदा त्यहाँ भिडिओ खिचिरहेका एक जना पत्रकारको मृत्यु भएको छ। एभिन्युज टेलिभिजनका अनुसार भिडिओ पत्रकार सुरेश रजकको आगलागीमा परेर मृत्यु भएको हो। एभिन्युज टेलिभिजनले लाइभमै आफ्नो पत्रकार सुरेशको मृत्यु भएको उल्लेख गरेको छ। नेपाल प्रहरी केन्द्रीय प्रवक्ता डिआइजी दिनेशकुमार आचार्यले तीनकुनेस्थित एउटा घरको चौथो तलामा जलेको अवस्थामा एक जनाको शव फेला परेको बताए। ‘जलेको अवस्थामा एक जनाको शव फेला परेको छ, सनाखत हुन सकेको छैन,’ उनले भने।एभिन्युज टिभीका एक जना पत्रकारका अनुसार उक्त घरमा रजकले भिडिओ खिच्दै…

लुम्बिनी प्रदेशमा पारिवारिक स्वास्थ्य प्रोफाइल तयार गर्ने अभियान सुरु

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश सरकारले पारिवारिक स्वास्थ्य प्रोफाइल तयार गर्ने अभियान सुरु गरेको छ । प्रदेशले पहिलो चरणमा पाल्पा, अर्घाखाँची र बाँके गरी तीन जिल्लामा यो अभियान सुरु गरेको हो । यस अभियान अन्तर्गत मोबाईल मार्फत समुदाय स्तरमा रहेका हरेक व्यक्तिको पारिवारिक स्वास्थ्य प्रोफाइल तयार गरिने छ । तानसेनमा आज आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले सो अभियानको उद्घाटन गरे । समुदाय स्तरका परिवार स्वास्थ्य प्रोफाइल तयारी तथा मोबाईल स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रमकै अवसरमा यो अभियानको सुरुवात गरिएको हो । सो अवसरमा बोल्दै स्वास्थ्य मन्त्री सारुले नेता, नेतृत्व र व्यवस्थापनका…

लुम्बिनी मन्त्रिपरिषद्को बैठक : मानसिक स्वास्थ्य रणनीतिक योजना स्वीकृत

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक बिहिवार सम्पन्न भएको छ । बैठकले प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गर्ने निर्णय गरेको छ । यस योजनाले प्रदेशको विकासको मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्ताव अनुसार २०८२ सालका लागि सार्वजनिक बिदा स्वीकृत गरिएको छ । नेपाल सरकारले बर्षभरी दिने सार्वजनिक विदाका अतिरिक्त प्रदेशका सरकारी कार्यालयहरुमा बढीमा ६ दिन अतिरिक्त…

क्षयरोगमुक्त पालिका बनाउने बुटवल उपमहानपालिकाको योजना

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाले समुदायिक परिक्षण मार्फत लुकेर रहेका क्षयरोगीहरुको पत्ता लगाएर उपचारको मापदण्डमा ल्याउने गरी सकारात्मक प्रयास अगाडी बढाएको छ । अझै पनि समुदायमा लुकेर रहेका क्षयरोगीले एक जनाले १० जना सम्मलाई सार्ने भएको कारण पहिचान गर्नु अहिलेको जल्दो बल्दो आवश्यकता भएको कारण सोही अनुसार योजना बनाएर आगाडि बढेको हो । बुटवल उपमहानगरपालिका जन स्वाथ्य महाशाखा प्रमुख युवराज पाण्डेका अनुसार गाउँ गाउँमा र अली बढि प्रभावित क्षेत्रको आंकलन गरी स्वाथ्य स्वयंसेविका मार्फत स्वाथ्य शिविर आयोजना गरी क्षयरोगीहरुलाई पत्ता लगाएर पोषण सहितको उपचारमा जोड दिइएको वताउनु भयो । विश्व क्षयरोग दिवसको अवसरमा…

रुपन्देहीमा क्षयरोगबाट ८० जनाको मृत्यु, २ हजार ७ सय वढी संक्रमित

स्वास्थ्यसमाचार/रुपन्देहीमा बिगत डेढ बर्षमा क्षयरोगबाट ८० जनाको मृत्यु भएको छ । यस अवधिमा २ हजार ७ सय ७९ जना क्षयरोग संक्रमितको संख्या पाइएको छ । विश्व क्षयरोग दिवसका अवसरमा जिल्ला स्वास्थ्य कार्यालय, रुपन्देहीले भैरहवामा आयोजना गरेको क्षयरोग सम्बन्धि कार्यक्रममा २०८० को साउनदेखि २०८१ को पुस महिनासम्म रुपन्देहीमा २ हजार ७ सय ७९ जना क्षयरोगको संक्रमित संख्या पाइएको जनाइएको हो । स्वास्थ्य कार्यालय, रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीले समयमै रोगको पहिचान नहुनु, नियमित औषधि सेवन नगर्नु र एचआईभीसहितको संक्रमण हुनु क्षयरोगबाट मृत्यु हुनुको प्रमुख कारण रहेको बताए । क्षयरोगको सम्पूर्ण जाँच…

लुम्बिनी प्रादेशिक अस्पतालका पाण्डेय बिश्व क्षयरोग दिवसमा सम्मानित

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश वाट क्षयरोग उपचारमा उत्कृष्ट कार्य गरेको लुम्बिनी प्रादेशिक अस्पतालका जन स्वास्थ्य निरिक्षक बिरोध पाण्डेलाई सम्मान गरिएको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कार्यरत पाण्डेलाई सम्मान गरेको हो । मार्च २४ तारिख अर्थात अन्तर्राष्ट्रिय क्षयरोग दिवसको अबसरमा पाण्डेलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सम्मान गर्नु भएको हो । लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा दुई प्रकारका क्षयरोगको उपचार हुने गर्दछ कडा खालको टिवी र समान्य खालको टिवीको उपचार भैरहेको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक १० देखी माथी बिरामी आउने गरेको डट्स शाखा प्रमुख बिरोध…

पश्चिम नवलपरासीमा क्षयरोगबाट १३ जनाको मृत्यु, रोगीको संख्या हरेक वर्ष बढ्दै

स्वास्थ्यसमाचार/हरेक वर्ष क्षयरोगीको संख्या बढ्दै गएको पश्चिम नवलपरासीमा क्षयरोगबाट १३ जनाको मृत्यु भएको छ । दुई वर्ष अगाडि क्षयरोग पहिचान भएका उनीहरूको उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । मृत्यु भएका सबै वृद्धावस्थाका व्यक्ति छन् । क्षयरोग लागेको ढिलो पहिचान भई उपचारको दायरामा आउन नसक्दा उनीहरूको मृत्यु भएको जनस्वास्थ्य अधिकृत जान मोहम्मद पठानले बताए । जिल्लामा क्षयरोगीको उपचार दर ९३ प्रतिशत मात्र सफल भएकाले रोगीको पहिचान गरी समयमै उपचारको दायरामा ल्याउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । जिल्लामा हरेक वर्ष क्षयरोगीको संख्या बढ्दो छ । पछिल्लो ६ महिनामा २ सय १ जना नयाँ क्षयरोगी भेटिएका…

“नेपालमा ४० प्रतिशत क्षयरोगका बिरामी उपचारको दायरा बाहिर”

स्वास्थ्यसमाचार/नेपालमा ४० प्रतिशत क्षयरोगका बिरामी उपचारको दायरा बाहिर रहेका छन् । विश्व क्षयरोग दिवसको अवसरमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्दले आइतबार एक कार्यक्रम गर्दै नेपालमा ४० प्रतिशत अर्थात २७ हजार २२४ क्षयरोगका बिरामी उपचारको दायरा बाहिर रहेको उल्लेख गरेको छ । सन् २०२३ मा विश्व स्वास्थ्य संगठनले नेपालमा वार्षिक ६८ हजार नयाँ क्षयरोगका बिरामी थपिने र १६ हजार बिरामीको मृत्यु हुने अनुमान गरेको थियो । केन्द्रका निर्देशन डा.श्रीराम तिवारीले नेपालमा अनुमानित बिरामी मध्ये ४० हजार ७७६ जना मात्र क्षयरोगका बिरामी उपचारको दायराभित्र आएको जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “अनुमानित क्षयरोग प्रभावित…