स्वास्थ्य प्राविधिक संघ, रुपन्देहीद्वारा न्युरो, ट्रमा र युरो रोगसम्बन्धी अभिमुखीकरण

स्वास्थ्यसमाचार/नेपाल स्वास्थ्य प्राविधिक संघ, रुपन्देहीको आयोजनामा न्युरो, ट्रमा र युरो रोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । एडमण्ड सिटि हस्पिटलको सहकार्यमा प्यारामेडिक्स तथा नर्सिङ स्वास्थ्यकर्मीहरूलाई लक्षित गरी सोही हस्पिटलमा उक्त कार्यक्रम आयोजना गरीएको हो । कार्यक्रममा वीर अस्पतालका बरिष्ठ न्युरो सर्जन डा.राजेन्द्र श्रेष्ठले ब्रेन ट्युमर र ब्रेन क्यान्सरबारे जानकारी दिए । मस्तिष्कमा अनियन्त्रित रुपमा कोषिकाहरुको वृद्धि हुँदै क्यान्सरसमेत हुनसक्ने उनले बताए । विनाइल ट्युमर नफैलिने खालको भएपनि मिलिग्नेट ट्युमर भने मस्तिष्कमा फैलिने भएकाले यसले ब्रेन क्यान्सर गराउने उनले बताए । ब्रेन क्यान्सर हुँदा टाउको दुख्ने, बान्ता हुने, अचानक ढल्ने…

पुर्व मन्त्री खाणँद्धारा शुद्धोधन वडा नं ६ को स्वास्थ्य चौकी र वडा कार्यालय शिलान्यास

स्वास्थ्यसमाचार/रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ६ मा शनिवार एक विशेष समारोहमा पूर्व गृहमन्त्री बालकृष्ण खाणँले वडा कार्यालय र स्वास्थ्य चौकीको शिलान्यास गर्नु भएको छ। समारोहमा बालकृष्ण खाडले उद्घाटन शिलान्यास गर्दे यो नयाँ भवनमा वडा कार्यालय र स्वास्थ्य चौकीले स्थानीय सेवाहरूलाई सहज र सुलभ बनाउने वताउनु भयो । घर दैलोको सरकार स्थानिय सरकाले जनताका भावना अनुसार काम गर्दे आएको खाँणले बताउनु भयो । “यो निर्माणको उद्देश्य यहाँका नागरिकहरूको जीव नस्तरलाई सुधार्नु र स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नु हो। हामी सबै मिलेर यस कार्यलाई सफल बनाउन सबैमा समर्पण र समर्थनको अपेक्षा राख्छौँ“…

रुपन्देहीको शुद्धोदन वडा नम्बर ५ मा शुन्य होम डेलिभरी क्षेत्र घोषणा

स्वास्थ्यसमाचार/रुपन्देहीको शुद्धोदन गाउँपालिका वडा नम्बर ५ मा शुन्य होम डेलिभरी क्षेत्र घोषणा गरिएको छ । घरमा सुत्केरी हुने क्रम लगभग अन्त्य भएपछि वडा नम्बर ५ लाई शुन्य होम डेलिभरी घोषणा गरिएको हो । एक वर्षको अवधिमा वडाभरिका सबै गर्भवती महिलाले स्वास्थ्य संस्थामा बच्चा जन्माएको सबै गर्भवती महिलाले सरकारको मापदण्डअनुसार चार पटक गर्भजाँच गरेको गर्भवतीले टिटी खोप लगाएको नियमित रुपमा आइरन चक्की खाएकोलगायतका सूचक पूरा भएपछि वडालाई पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएको हो। घरमा हुने सुत्केरी शून्य वडा घोषणाका सबै मापदण्ड पूरा भएपछि वडालाई एक कार्यक्रमका बीच पूर्ण संस्थागत सुत्केरी वडा…

“श्रम ऐन उल्लंघन गर्ने अस्पताललाई सम्बन्धन खारेज गर्ने चेतावनी”

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवामा सुधारको पक्षमा बोल्दै मन्त्री पौडेलले अब कुनै पनि सरकारी, निजी र सामुदायिक अस्पतालमा दक्ष जनशक्तिलाई श्रम ऐन अनुसार तलब नदिएको खण्डमा ती अस्पतालको सम्बन्धन खारेज गरिने चेतावनी दिएका छन्। नेपाली कांग्रेस बाँकेले आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले यस्तो बनाउनु भएको हो ।साथै, औषधिको मूल्य समायोजनको तयारी भइरहेकाे र यससँगै राष्ट्रिय उत्पादनलाई प्रोत्साहन गर्ने योजनासमेत रहेको जानकारी दिएका छन्। मन्त्री पौडेलले नेपालगञ्ज मेडिकल कलेजका समस्याहरू कलेज प्रशासनले आफैले समाधान गर्नु पर्नेमा जोड दिएका छन्। उहाँका अनुसार, “मेडिकल कलेजलाई नीति र नियम अनुसार चलाउनुपर्छ र…

लुम्बिनीमा इन्डोस्कोपीका लागि महिनौं पालो कुर्नुपर्ने समस्याको अन्त्य

स्वास्थ्यसमाचार /स्वास्थ्य सेवामा सुधार तथा सहज पहुँच बिस्तार गर्दै लुम्बिनी प्रादेशिक अस्पतालले इन्डोस्कोपी सेवाका लागि महिनौं पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गरेको छ । अस्पतालमा इन्डोस्कोपीका लागि महिनौं पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्दै आइतबारदेखि दैनिक रुपमा नै यो सेवा उपलब्ध गराउने तयारी भएको इसिजी/इन्डोस्कोपी विभाग प्रमुख भेषराज बञ्जाडेले वताए । ‘विगतमा इन्डोस्कोपीका लागि ३ महिना लामो समय कुर्नुपर्ने अवस्था थियो । उक्त संख्या र समयावधिलाई घटाउँदै दुई महिना, एक महिना हुँदै अब एकै दिनमा सेवा उपलब्ध गराउने गरी तयारीमा पुगेका छौं ।’–बञ्जाडेले भने, ‘सीमित श्रोत साधन र जनशक्तिका बाबजुद पनि लामो…

पक्षघातको औषधी वीर, त्रिवि शिक्षण र भरतपुर अस्पतालमा उपलब्ध गराइने

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पक्षघातको उपचारमा प्रयोग हुने औषधी तीनवटा संघीय अस्पतालमार्फत उपलब्ध गराउने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक कार्यक्रम गर्दै पक्षघातको औषधी वीर, त्रिवि शिक्षण अस्पताल र भरतपुर अस्पतालमार्फत उपलब्ध गराइने जानकारी दिएको हो। वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल तथा भरतपुर अस्पतालमार्फत औषधी उपलब्ध गराइने मन्त्रालयको व्यवस्थापन महाशाखा प्रमुख डा पवनजंग रायमाझीले जानकारी दिनुभयो। पक्षघातको उपचारमा प्रयोग हुने औषधी निकै महँगो हुने गर्छ। मन्त्रालयका अनुसार उक्त औषधीको बजार मूल्य झण्डै दुई लाख पर्छ। तर, आर्थिक अभावमा महँगो औषधी खर्च गर्न नसकेका कारण नेपालमा मानिसको ज्यान जाने…

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा “एन्जियोप्लाष्टी” सेवा शुरु

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मुटु सम्बन्धि जटिल समस्याको निराकरण गर्ने प्रयास सफल भएको छ । पहाडी जिल्ला र तराईका क्षेत्रहरुको प्रमुख ठूलो मानिने सरकारी स्तरको अस्पतालमा यसअघि मुटु सम्बन्धि सेवा नहुँदा मुटु रोग भएका पीडित नागरिकहरु जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो । पछिल्लो समय स्वास्थ्यमा केही नयाँपन र सुधार भइरहेको अस्पतालमा मुटुमा जोडिएका रक्तसञ्चार नशाहरू ब्लक भएको समस्यालाई हात वा खुट्टाको नशाबाट प्रविधि हालेर मुटुमा रहेका ब्लक भएका नशालाई खुलाउन जाली राख्ने प्रक्रिया (एन्जियोप्लाष्टी) गर्ने काम सफल भएको अस्पतालका वरिष्ठ मुटु रोग बिशेषज्ञ डा रोसन घिमिरेले बताउनु भयो। उहाले…

स्वास्थ्य सचिब श्रेष्ठका भावी योजना:स्वास्थ्यलाई उचाइमा पुर्याउने लक्ष्य

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठले आफनो भावी योजना प्रस्तुत गर्नु भएको छ। भखरै स्वास्थ्य सचिब को जिम्मेबारी समाल्नु भएको उहाले लुम्बिनीको स्वास्थ्यलाई यसरी लैजाने योजना रहेको बताउनु भयो । उहाले स्वास्थ्य सेवामा सुधार ल्याउनका लागि स्थानीय तहसँग समन्वयको विशेष महत्व रहने बताउनु भयो। यस्ता रहेका छन योजना। महिला र बालबालिकाको स्वास्थ्य सुधार लुम्बिनी प्रदेशमा महिला र बालबालिकाको स्वास्थ्य र पोषण अवस्था कमजोर रहेको र मृत्युदर उच्च रहेको छ। यसलाई आधारभुत स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा संचालन गर्न स्थानीय तहसँग समन्वय गरी खास गरी लुम्विनी प्रदेशको प्रमुख समस्याका रुपमा…

स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलले बुझाएको प्रतिवेदन सार्वजनिक

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई सिंगो राष्ट्रको गौरवको योजना बनाउन आवश्यक रहेको बताउनुभएको छ । आइतवार मन्त्रालयमा स्वास्थ्य सुधार सुझाव समितिको प्रतिवेदन र कार्य योजनाको सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्वास्थ्य बीमा कार्यक्रमलाई केवल स्वास्थ्य मन्त्रालयको कार्यक्रमका रूपमा सिमित राख्न नहुने बताउनु भयो । उहाँले स्वास्थ्य बीमा कार्यक्रमलाई सफलतापूर्वक कार्यान्वयन गर्न सरकारका सबै निकायहरूको दृढ संकल्प, नीति-निर्माताहरूको सहयोग र समग्र राष्ट्रको एकीकृत प्रतिबद्धता अपरिहार्य रहेको बताउनु भयो । यसका लागि मन्त्रालयको तर्फबाट प्रधानमन्त्री तथा सिंगो संसदको सहयोगमा हाल विभिन्न निकाय तथा मन्त्रालयमार्फत…

स्वास्थ्य सेवा विभागको महानिर्देशक डा. बाराकोटीद्वारा पदभार ग्रहण

स्वास्थ्यसमाचार/ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा नियुक्त भएका डा टंक बाराकोटीले पदभार ग्रहण गरेका छन्।तीन दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय गर्दै डा बाराकोटीलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन्। डा बाराकोटी मन्त्रालयमा १२औं तहमा अतिरिक्त सचिवका रुपमा कार्यरत थिए। स्वास्थ्य विभागमा महानिर्देशक रहेका डा विकास देवकोटा सचिवमा बढुवा भएपछि उक्त पद रिक्त थियो।