लिम्स लुम्बिनीको दोस्रो अधिवेशन: अध्यक्षमा पुनः डा.पौडेल निर्वाचित

रुपन्देही — लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटी (लिम्स) लुम्बिनीको दोस्रो अधिवेशनबाट डा. विष्णु प्रसाद पौडेल पुनः अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।

अधिवेशनले  विधानअनुसार नयाँ कार्यसमिति चयन गर्दै आगामी कार्यकालका लागि जिम्मेवारी बाँडफाँट गरेको हो। समितीको वरिष्ठ उपाध्यक्षमा डा. नन्दु प्रसाद पाठक, उपाध्यक्षमा डा. महेन्द्रराज घिमिरे, महासचिवमा डा. हरी प्रसाद पन्थी र कोषाध्यक्षमा डा. विशाल के.सी. चयन भएका छन्।

त्यस्तै सचिवमा डा. प्रकाश भटराई र सह–कोषाध्यक्षमा डा. मोहनलाल तिवारी चयन भएका छन्। भने सदस्यहरूमा डा. मनिष विक, डा. कृष्ण खनाल, डा. शुभाष ज्ञवाली, डा. आयुष्मा भुसाल, डा. कृष्णचन्द्र गोदार, डा. मोहन भुसाल र डा. सागर पौडेल चयन  भएको   निर्वाचन समितिका सदस्य गुणानिधि खनाल ले जानकारी गराए । खनालका  अनुसार अध्यक्षसहित अधिकांश पदमा सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको हो।

लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटी (लिम्स) लुम्बिनी का अध्यक्षतामा  डा. विष्णु प्रसाद पौडेलको  अध्यक्षता   लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकाल प्रमुख  आतिथ्यता तथा अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा. यमबहादुर ओली विशिष्ट आतिथ्यतामा सम्पन्न अधिबेशनमा  शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि डा. ढकालले चिकित्सक पेशाको गरिमा जोगाउँदै बिरामीको हितलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्नुपर्ने वताए । उनले स्वास्थ्य सेवामा गुणस्तर अभिवृद्धि र सहकार्य आवश्यक रहेको उल्लेख गरे।

अधिवेशनपछि आयोजित वैज्ञानिक सत्रमा विभिन्न विषयमा प्रस्तुति गरिएको थियो। डा. सुन्दरले एन्डोक्राइनोलोजीसम्बन्धी विषयमा, डा. मनिष विकले पेट तथा मुटुसम्बन्धी समस्या विषयमा डा. दीपेश प्रधानले प्रस्तुति दिएका थिए।

सन् २०२३ मा स्थापना भएको लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटी (लिम्स) ले लुम्बिनी प्रदेशमा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि र चिकित्सकहरूबीच सहकार्य सुदृढ बनाउन सक्रिय भूमिका खेल्दै आएको जनाएको छ।  संस्थाका रूपमा स्थापना भएको लिम्सले छोटो समयमै चिकित्सकहरूलाई एकीकृत गर्दै ज्ञान आदान–प्रदान, अध्ययन–अनुसन्धान तथा पेशागत विकासमा योगदान पुर्‍याउँदै आएको छ।

संस्थाले निरन्तर अध्ययन, अनुसन्धान र सहकार्यमार्फत स्वास्थ्य क्षेत्रमा उत्कृष्टता हासिल गर्ने लक्ष्य राखेको छ। साथै चिकित्सकहरूलाई सशक्त बनाउँदै बिरामीको उपचार परिणाम सुधार गर्ने र समग्रमा स्वस्थ समाज निर्माण गर्ने उद्देश्य रहेको  संस्थापक सदस्य डा. सुभाष ज्ञवालीले उक्त जानकारी दिए ।

 

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :