लुम्बिनी प्रादेशिक अस्पताललाई बिरामी थेग्न हम्मे-हम्मे,क्षमता ५ सय, विरामी २५ सय बढी

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिका अस्पताल बुटवलको दैनिक विरामी उपचार क्षमता भनेको ५ देखि ७ सय जना मात्रै हो । यो अन्तरंग, बहिरंग लगायत सबै विभागमा विरामीले उपचार गराउँदा सहज रुपमा सेवा पाउन सक्ने अवस्था हुन्छ ।

तर अहिले अस्पतालमा दैनिक सवै क्षेत्रमा गरेर २५ सय भन्दा बढि विरामीले उपचार गराईरहेका छन् । लुम्बिनी प्रदेश सरकारले ओपिडीको टिकट र बेड निःशुल्क बनाएको कारण पनि विरामीहरुको संख्या ह्वात्तै बढेको हो ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका नायव शुब्बा चिरन्जीवी घिमिरेका अनुसार ५ सय बढी बेड क्षमतामा अस्पताल संञ्चालनमा रहेको छ। अस्पतालमा आईतबारको ओपीडी टिकट मात्रै १५ सय ९४ जनाले टिकट लिएको देखिन्छ ।

यो सामान्य तर्फको हो भने स्वाथ्य विमा बापतको संख्या यो भन्दा अझ बढि छ । प्रसुती हुने महिलाको संख्या पनि सोही अनुपातमा छ । भौतिक पुर्वाधार अभावको कारण सेवा प्रवाहमा कठिनाई भोगेको अस्पतालमा ओएनएम सर्वे २०७३ साल देखि यता भएको छैन । नेपाल सरकारबाट अस्पतालको सेवा प्रवाह, क्षमता लगायतको विषयमा प्रत्येक बर्ष ओएनएम सर्भे हुने गर्दछ ।

तर त्यो नहुँदा २०७३ सालकै दरबन्दीमा अस्पताल चलिहेको घिमिरेले वताउनु भयो । प्रदेश सरकार माहतमा आएको यो अस्पताल विशिष्टकृत अस्पतालको रुपमा विकास गरिने भनिएपनि सरकारले अस्पताल निर्माणको लागि चासो नदेखाउँदा ठेक्का प्रक्रिया समेत अगाडी बढ्न सकेको छैन । जसको कारण विरामीहरुले सास्ती खेप्नुपरेको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवल मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले अस्पतालमा देनिक १५ सय देखि २५ सय जना बिरामी दैनिक आउने गरेको वताउनु भयो। गर्मी बढेसँगै सिर्जन अनुसारका बिरामीको चाप थेग्न अस्पतालाई हम्मे-हम्मे परेको उहाँको भनाई छ ।

उहाँले पुरानो भवन भन्दा धेरै सेवा सुविधा भए पनि प्रयाप्त नभएको भन्दै सबै बिरामीको अपेक्षा पुरा गर्न नसकेको स्वीकार गर्नुभयो । उहाँले अहिले इमरजेन्सीमा ६० बेड, आइसियु ४० बेड जसमध्ये १० बेड शिशुका राखिएको जानकारी गराउनु भयो ।

पछिल्लो समयमा विरामीहरुको चाँप वृद्धि भएसंगै अस्पताल प्रसासनले महिला वालवालिकाको लागि छुट्टै काउन्टरको व्यवस्था गरेको छ भने अन्य मानिसको लागि छुट्टै काउन्टर छ । यसमा समाजिक सेवा एकाई र विमाको लागि छुट्टै काउन्टरको व्यवस्थापन गरिएकोे छ ।

अहिले खानेपानीको ट्रयाकी अस्पतालमा नागरिक वडा पत्रअस्पतालमा अहिले ८ बजे देखी बेलुका ८ बजे सम्म बिमा संञ्चालनमा आएको छ भने बन कार्यलय रहेको भबनमा जनरल मेडिसिन वाड संञ्चालनमा ल्याएको छ।  अस्पतालमा अरुपनि क्रमस ब्यबस्थापन गर्दै गईरहेको मेसु थापा क्षेत्रीले वताउनु भयो। अस्पतालमा टोकन प्रणाली लागू गरिएको छ । यद्यपी मानिसहरुको संख्या बढि हुने भएको कारण सेवा प्रवाहमा सास्ती भएको हो । अस्पतालमा अहिले ७ सय ५० भन्दा बढि कर्मचारीहरु रहेका छन् ।

जसमा विशेषज्ञ चिकित्सकहरुको संख्या १ सय २५ जना रहेको छ । अन्य नर्सहरु २ सय जना रहेका छन् । नर्सको संख्या न्यून भएको र प्रदेश लोकसेवा बाट ६५ जना आउने संभाबना रहेको छ त्यो आएपछि केहि समस्या हल हुने मेसुले बताउनु भयो।

अस्पतालमा प्रदेश सरकारले कोभिड करारको लागि नियुक्ती गरेका चिकित्सक तथा स्वाथ्य कर्मीहरु १ सय ९३ जनाको अहिले पनि म्याद थपेको छैन । जसको कारण असार यता ति कर्मचारीहरले तलब आएको छैन अस्पतालमा त्यो दरबन्दी नथपिए सेवा प्रवाहमा समस्या हुने मेसु थापाले बताउनु भयो ।

प्रदेश सरकारले यो विषयमा अस्थायी करारको रुपमा राख्ने र सोही अनुसार सेवा प्रवाह गर्न विशेष पहल गर्नुपर्ने अस्पताल विकास समितिको भनाई छ । लुम्बिनी प्रदेशको सबै भन्दा पुरानो र बढी बिरामीको चाँप रहेको यो अस्पताल रहेको छ। यो अस्पतालले १ सय १३औ वार्षिक उत्सव मनाएको छ।

सम्बन्धित शिर्षक :