बुटवलका औषधी ब्यवसायी गंगा ढकाल आईतबार देखि सम्पर्क बिहिन

स्वास्थ्यसमाचार/बुटवलका औषधी ब्यवसायी गंगा ढकाल गएको आईतवारका दिन देखि सम्पर्क बिहिन भएका छन्। लामो समयदेखि बुटवलको मैत्रीपथमा औषधी पसल सन्चालन गर्दै आएका ५३ बर्षिय ढकाल शनिवार अपरान्ह घरबाट हिडेपछि खवर बिहिन भएको पारिवारीक श्रोतले जनाएको छ।

पारिवारीक श्रोतका अनुसार ढकाल शनिवार सांझ बुटवलबाट चितवनको नारायणगढमा रहेको एक होटलमा बास बसेको खुलेको छ।आईतवार बिहान चितवनकै एक कुरीयर मार्फत आफुले लगाएका कपडा र आफुलाई अव नखोज्नु भन्ने सन्देश पठाएका थिए।

पारिवारीक श्रोतका अनुसार मोवाईल फोन र घडी समेत घरमै छोडेर गएका ढकाल आईतवार सांझ सवा ७ बजे सबैभन्दा पछिल्लो पटक नारायणी नदिको पुलमाथी देखिएका थिए। त्यस पछि उनको कुनै सम्पर्क नभएको र कतै नदेखिएको पारिवारीक श्रोतले बताएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक रामेश्वर कार्कीका अनुसार आईतवार सांझ करिव सवा सात बजेको समयमा एक ब्यक्ति नारायणी नदी पुलबाट हाम फालेको सुचना प्राप्त गरेको हाम फालेका ब्यक्तिको खोजतलास भई रहेको बताए।

हामी आईतवार सांझ देखि शसस्त्र प्रहरी र गोताखोर सहित नारायणी नदिमा खोजी गरि रहेका छौं तर कुनै ब्यक्ति नदिमा भेटीएका छैनन् कार्कीले भने।समयचक्रबाट।

 

 

सम्बन्धित शिर्षक :