भरतपुर पुरानो मेडिकल कलेजको आइसीयू छिरेर नर्समाथि मुक्का प्रहार

धारिलो हतियार प्रयोग गरी सुरक्षाकर्मीको हात काटिदिए

भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेजमा एक युवकले आईसियुमा कार्यरत नर्समाथि हातपात गर्नुका साथै सुरक्षा गार्डमाथि धारिलो हतियार प्रहार गरेर हात काटिदिएका छन् ।

स्वास्थ्यसमाचार/आईसियुमा उपचारत आमाको मृत्यु भएपछि आवेगमा आएका मकवानपुरका युवक रोशन सुनारले आईसियुमा कार्यरत नर्स जस्मिना श्रेष्ठ माथि हातपात गरेका थिए ।

हातपातपछि पक्राउ गर्न खोज्दा उनी भागेर अस्पतालको गेटमा पुगेका थिए । गेटमा खटिएका सुरक्षा गार्ड सागर परियारले समाउन खोज्दा झोलाबाट धारिलो हतियार निकालि हात काटिदिएको अस्पतालका प्रमुख सञचालन अधिकृत डा शुप्रभात श्रेष्ठले जानकारी दिए ।

नर्स तथा गार्डलाई हातपात गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ । सुनारकि आमाको अन्तिम चरणमा रहेको फोक्सोको क्यान्सरको आईसियुमा राखेर उपचार भईरहेका क्रममा मृत्यु भएको डा श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित शिर्षक :